Routine Of Butwal

Routine Of Butwal We are an officially registered news media under the name Routine of Butwal.

Condition of Helicopter after Accident in Khotang. Everyone is safe.
18/03/2026

Condition of Helicopter after Accident in Khotang. Everyone is safe.

योग र ध्यान गरेर रास्वपाका सांसदहरूले सुरु गरे दोस्रो दिनको अभिमुखीकरण तालिम
18/03/2026

योग र ध्यान गरेर रास्वपाका सांसदहरूले सुरु गरे दोस्रो दिनको अभिमुखीकरण तालिम

18/03/2026

तिलोत्तमा क्षेत्रमा पर्ने नयाँमिलमा ३ दिन अघि भएको दुर्घटनामा गोरु मरेको घटनापछि स्थानीय समूह “तिलोत्तमा गाइज” ले फलोअप प्रतिक्रिया दिएको छ। समूहले दुर्घटनाको प्रमुख कारण ट्राफिक व्यवस्थापनको लापरबाही भएको आरोप लगाएको छ।समूहका संयोजक पुजन केसी लगायतका प्रतिनिधिहरूका अनुसार सो क्षेत्रमा सवारीसाधनको अत्यधिक गति, ट्राफिक नियमको कमजोर कार्यान्वयन तथा नियमित अनुगमनको अभावका कारण यस्ता दुर्घटना बढ्दै गएका छन्।
“सडकमा पशुचौपाया समेत सुरक्षित छैनन्, यसले मानव सुरक्षामा समेत गम्भीर प्रश्न उठाएको छ,” उनीहरूको भनाइ छ। मादक पदार्थ सेवन गरि गाडी हुइकाएर सडकमा रहेको गोरु घटना स्थलमै मार्नेलाई कारबाहीको सट्टा संरक्षण गरेको उनीहरुको भनाई छ। मंगलापुर ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज भारत पन्थीलाई यस बारेमा पटक पटक जानकारी गराई फलोअप गरुडा समेत कारबाही गर्न नमिल्ने र कानुनमा त्यस्तो ब्यबस्था नभएको उल्लेख गरेका छन्।
तिलोत्तमा गाइजले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी ट्राफिक व्यवस्थापन, स्पीड कन्ट्रोल, र सडक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न माग गरेका छन्। साथै, दुर्घटनामा संलग्न सवारी चालकको पहिचान गरी कारबाही गर्नुपर्ने उनीहरूको जोड छ।स्थानीयवासीले पनि सो क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता बढाउन र जनचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।तिलोत्तमा गाइज्ले आफ्नो सामाजिक संजालमा प्रेस बिज्ञप्ति समेत प्रस्तुत गरेको छ,जहाँ लेखिएको छ।

विज्ञप्ति

सादर नमस्कार,
हामी “तिलोत्तमा गाइज” परिवारको तर्फबाट यस विज्ञप्ति मार्फत सम्बन्धित निकाय तथा सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहन्छौं।
गत आइतबार राति करिब ९:३० बजे तिलोत्तमा नगरपालिका अन्तर्गत नयामिल भन्दा माथि, जनसेवा क्लब नजिकै एक सवारी साधन अत्यधिक गतिमा आएर बाटोमा रहेको गोरुलाई ठक्कर दिँदा उक्त गोरुको मृत्यु भएको दुःखद घटना घटेको छ। यस घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं।
उक्त घटनापछि “तिलोत्तमा गाइज” का सदस्यहरूको पहलमा घटनाको व्यवस्थापन तथा आवश्यक समन्वयका लागि ट्राफिक बिट मङ्गलापुर तथा नगरपालिका कार्यालयसँग पटक–पटक सम्पर्क र प्रयास गरिए पनि अपेक्षित रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त हुन सकेन। बरु, सम्बन्धित ट्राफिक इन्चार्जबाट सवारी चालकलाई जोगाउने प्रयास गरिएको अनुभूति हुनुका साथै, सोधपुछ गर्दा “जे गर्न सक्नुहुन्छ गर्नुहोस्, मुद्दा हाल्नुहोस्” जस्ता धम्कीपूर्ण अभिव्यक्ति आएकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ। साथै, “नेपालको कानुन अनुसार गोरु मारेकोमा केही लाग्दैन” भन्ने गैरजिम्मेवार र भ्रामक अभिव्यक्ति समेत आएकोप्रति हाम्रो थप आपत्ति रहेको छ।
हामी स्वीकार गर्दछौं कि सडकमा रहेका छाडा चौपायाका कारण यस्ता दुर्घटना निम्तिने सम्भावना रहन्छ, जसप्रति हामी पनि उत्तिकै चिन्तित छौं। यस समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न निकायहरूसँग समय–समयमा पहल गरिँदै आएको छ।
तर, जिम्मेवार निकायबाट नै असहयोगी र धम्कीपूर्ण व्यवहार देखिनु अत्यन्त दुःखद र निन्दनीय विषय हो। त्यसैले, सम्बन्धित ट्राफिक इन्चार्जले आफ्नो व्यवहार र अभिव्यक्तिप्रति आत्मालोचना गर्दै यथाशीघ्र माफी मागी भविष्यमा सुधार ल्याउनुपर्ने हाम्रो जोडदार माग रहेको छ।
अन्त्यमा, यस्ता घटनाहरू पुनः नदोहोरिन र समग्र ट्राफिक व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्दछौं।
धन्यवाद।

09/03/2026

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Routine Of Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share