01/11/2025
राईको छोरा डा. स्वामी प्रपन्नाचार्य राष्ट्रगुरू भए। माझीको छोरा व्यास द्वारा वेद लिपिबद्ध भयो। विश्वकर्मा भगवान भए। मनिता सुन्दास, अनिता सुन्दास, ममता सुन्दास, मेलिना सुन्दास ४ दिदीबहिनी वेद वाचक भए। सबैले यी दिदीबहिनीहरु लाई ढोगि रहेकैछन। महर्षि कवष शुद्र पुत्र थिए तर महर्षि कहलिए। ऐलेषु ऋषिपनि दासको पुत्र थिए। स्वयं नितिवान विदुर पनि दाशीकै पुत्र थिए। सत्यकाम जाबाल बेश्याको पुत्र थिए। मातङ ऋषि चण्डाल पुत्र थिए - आखिरमा सबै पुजिएकै छन। त्यसैले हाम्रो शास्त्रमा प्रष्ट भनिएको छ कि - जन्मना जायते शूद्र: कर्मणा द्विज उच्यते। अर्थात जन्मले सबै शूद्र हुन्छन। कर्मले उ ब्राह्मण, क्षत्रि, वैश्य र शूद्र बन्दछन। त्यसैगरी मनुस्मृतिमा भनिएको छ कि - शुद्रेण हि समस्तावद्यावद्वेदे न जायते। अर्थात जबसम्म वेदको शिक्षा शुरू हुदैन, उ शुद्र नै रहन्छ। दलित शब्द त हिजोको दिनमा भारतीय अम्बेडकरवादी र ब्रीटिस मिलेर शुरूवात गरेको एक धन्दा हो। विवाहित नारीको गोत्र फेरिन्छ। अर्थात यहा गोत्र पनि परिवर्तनिय छ। वर्णको तय भने उसको कर्म र शिक्षानुसार हुन्छ। त्यसको ठोस प्रमाण त माथि उल्लेखित व्यक्तिहरु लाई अध्ययन गर्दापनि बुझिन्छ। हैन र ??