Nepal and Nepali

Nepal and Nepali We will proudly say
That We will provide you real news at anytime.

11/12/2025
म धेरै यति थोरै त भन्दिन तर जति सकिन्छ त्यति सहयोग गराऊ। शारिरिक समस्या कुनै एक ब्यक्ति लाई हुन्न। सबै लाइ एक न एकदिन हु...
28/04/2024

म धेरै यति थोरै त भन्दिन तर जति सकिन्छ त्यति सहयोग गराऊ। शारिरिक समस्या कुनै एक ब्यक्ति लाई हुन्न। सबै लाइ एक न एकदिन हुनेछ र हुने गर्दछ त्यसैले सकेसम्म हामी मिलेर आफु सक्दो सहयोग गर्नुपर्छ त्यो नै हाम्रो मानवता हो । मैले आफुले सक्ने जति सहयोग गरे अब पालो हजुर हरूको कृपया सहयोग गरिदिनु होला। हजुर हरू ले सोचेको थोरै सहयोग उहाँको लागि धेरै हो।‌ हामी सबैको प्रयास र सहयोग ले हाम्रो लुम्बिनी का एक होनहार र कर्तव्यशील युवा लाइ आगामी दिन का सफलता देखाउन सक्छौं र हामी सबैले तिनको मुस्कान देखन सक्छौं।

२५६७ औं बुद्ध जयन्तीको उत्सव।
06/05/2023

२५६७ औं बुद्ध जयन्तीको उत्सव।

आज चन्द्रमा ले नी भगवान गौतम बुद्ध को जन्मस्थान मायादेवी मन्दिर को दृश्यहरु लाई अवलोकन गरीरहेका छन्। २५६७ औं बुद.....

06/07/2021

Help post……..🙏🙏🙏🙏
छोरी हराएको सुचना
यहि मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे देखि घर बाट यहि पोसाकमा निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग पनि सम्पर्कमा नआएकाले देख्नुहुने र भेट्नुहुने महानुभावहरुले जति सक्दो नजिकैको प्रहरी कार्यालयमा गई वा तल दिइएको सम्पर्क नम्बर 9855063956 मा छिटो भन्दा छिटो सुचित गराइदिनु अनुरोध गर्दछु।

नाम : बिना सापकोटा
वर्ष:२१
ठेगानाःगैडाकोट -४,नवलपरासि
अध्ययन : बि बि एस तेस्रो वर्ष

हामी सबै संग पर्याप्त समय र शक्ति छ।हामी जे पनि गर्न सक्छौं। हामी खुसी पनि एक दिन अवश्य पाउने छौं।हामी आफ्नो छोराछोरीको ...
05/06/2021

हामी सबै संग पर्याप्त समय र शक्ति छ।
हामी जे पनि गर्न सक्छौं। हामी खुसी पनि एक दिन अवश्य पाउने छौं।
हामी आफ्नो छोराछोरीको लागि राम्रो कपडा, राम्रो घर, स्वादिलो खाना ब्यवस्था गरने गर्छौं र भविस्यकोलागी सम्पती पनि राख्ने गर्छौं।
तर हामी हाम्रो प्राकृतिकको लागि केही गरदैनम जसले आजसम्म हाम्रो अभिभावक भएर हाम्रो पालनपोषण गरिरहेको छ। जब तपाईहरूको मर्त्य हुन्छ हजुरहरुको छोराछोरीलाई यो प्राकृतिकले नै पालनपोषण गर्छ ।हजुरहरू आज रुख रोपेर प्राकृतिकको रूपमा आफ्नो छोराछोरीको पालनपोषण गर्न सक्नुहुन्छ। अहिले पनि समय छ, विचार गरौं ,रुख रोपौ।🙏🙏

तत्कालिन नेकपाका महासचिव, हाल नेकपा एमालेका संगठन बिभाग प्रमुख, बिष्णु पौडेल नेपाल सरकारको उपप्रधानमन्त्री अर्थ मन्त्राल...
04/06/2021

तत्कालिन नेकपाका महासचिव, हाल नेकपा एमालेका संगठन बिभाग प्रमुख, बिष्णु पौडेल नेपाल सरकारको उपप्रधानमन्त्री अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

ओली सरकारका महत्वपूर्ण सारथीका रुपमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट ...
04/06/2021

ओली सरकारका महत्वपूर्ण सारथीका रुपमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् । यसको सट्टा अर्थमन्त्री विष्णु पौडेललाई सिनियर उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

एमालेले ०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण ईश्वर पोखरेल र प्रदीप ज्ञवाली बहिर्गमनमा परेको स्रोतले बतायो ।

यो मापदण्ड अनुसार सरकारमा अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् ।

बाहिरिने एमालेका मन्त्रीहरुमा हृदयेश त्रिपाठी, पदमा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ लगायत पर्नेछन् ।

पोखरेल र ज्ञवालीले पार्टीको जिम्मेवारी सम्हाल्ने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउने स्रोतले बतायो । उनलाई वामदेव गौतमको ठाउँमा उपाध्यक्ष बनाउने र पार्टी कामको जिम्मा दिने सम्भावना छ ।

हाल पार्टीको प्रवक्ता रहेका प्रदीप ज्ञवालीले पनि पार्टीको काम सम्हाल्ने र उनलाई भावी महासचिवका रुपमा हेरिएको स्रोतले बतायो ।

त्यसो त एमाले महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्री सहित गृहमन्त्री पाउनुपर्ने ईच्छा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी वा महेश बस्नेतमध्ये एकजनालाई ल्याउन चाहेको स्रोतको भनाइ छ ।

उपप्रधानमन्त्रीमा तीनजना

कामचलाउ सरकारको उपप्रधानमन्त्री तीनजना बनाइने भएको छ । विष्णु पौडेल सिनियर उपप्रधानमन्त्री बन्ने भएका छन् भने जसपाका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्री बनाइएको छ ।

महतोलाई समानान्तर पोजिसनमा राख्नका लागि यसअघि मन्त्रीबाट हटाइएका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएर ल्याइँदैछ । यसअघि महासेठकी पत्नी जुली महतो मन्त्री बनेकी थिइन् । जुलीलाई हटाएर पतिलाई ल्याइएको छ ।

एमालेलाई चुनावमा आर्थिक योगदान समेत गर्न सक्ने हैसियत भएका महासेठ परिवार सरकारमा आलोपालो सहभागी बन्ने भाग्यमानी दम्पती ठहरिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन् । उनले बिहीबार सरो...
03/06/2021

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन् । उनले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन् ।

बुटवल । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट म...
03/06/2021

बुटवल । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ।

३५ वर्षीय डा. पशुपति रजौरियाको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङले जानकारी दिए।

हालचालै विवाह गरेका श्रीमान श्रीमती नै कोभिडसंगै लडिरहेका थिए। श्रीमति डा. हसिना वानु संक्रमणमुक्त भएपनि सिकिस्त डा. रजौरियाको उपचार चलिरहेको थियो। उनीहरु दुवै जना भैरहवाको सोहि अस्पतालमा कार्यरत थिए। गुरूङका अनुसार काभिड १९ का कारण सोही मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्।

France has provided material assistance to Nepal against the Corona epidemic. A special aircraft has arrived at  Tribhuv...
02/06/2021

France has provided material assistance to Nepal against the Corona epidemic.

A special aircraft has arrived at Tribhuvan International Airport Kathmandu carrying goods sent by the French government.

Representing French Embassy in Nepal - Ambassade de France au Népal French Ambassador to Nepal Francois Xavier Ledger handed over the supplies to Ministry of Health and Population-Nepal Hridayesh Tripathi at
Tribhuvan International Airport

France has sent 504,000 masks, 20,000 antigen kits, 12,000 glasses and other items to Nepal.

दरबार हत्याकाण्ड सम्झाउने  तस्बिरहरू।विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द...
02/06/2021

दरबार हत्याकाण्ड सम्झाउने तस्बिरहरू।

विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।

Address

Butwal
Butwal

Telephone

+9779811479973

Website

Alerts

Be the first to know and let us send you an email when Nepal and Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share