News Nepal

News Nepal you can see one this page news video nepali all activity

सुदन गुरुङको घोषणा: रवी, बालेन र कुलमानलाई मिलाएका ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फो...
29/12/2025

सुदन गुरुङको घोषणा: रवी, बालेन र कुलमानलाई मिलाएका ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन्। उनले भने, “यो फोर्स मार्फत टोलदेखि गाउँसम्मका समस्या मात्र हैन, सिधै केन्द्रसम्मका समस्यासम्म पुर्‍याएर समाधान गर्ने हाम्रो लक्ष्य हो। मैले गोरखनाथमा खाएको कसम पूरा गरें, र जनता खुसी हुने काम गरें। अब देशका लागि काम गर्ने समय हो।”

विशाल आमसभा  हुँदै ! भोलि बीहान 11 बजे बुटवलको ट्राफिक चोकमा श्रम संस्क्रीती पाटीको अध्यक्ष हर्क साम्पाङ राई आउदै हुनुहु...
19/12/2025

विशाल आमसभा हुँदै !
भोलि बीहान 11 बजे बुटवलको ट्राफिक चोकमा श्रम संस्क्रीती पाटीको अध्यक्ष हर्क साम्पाङ राई आउदै हुनुहुन्छ ।
हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परीबेश ! श्रम गरौ सबै मीली बनाऔं यो देश ! भन्ने मुल नारा सङ्गै देशमा उहाले ठुलो परीबर्तन गर्ने उदेश्य बोक्नु भएको छ।

फरक शैली एउटै गन्तव्य , देशलाई समृद्ध बनाउने मेरो देश मेरो नेपालसबैले कमेन्टमा लेखौ जय नेपाल।
19/12/2025

फरक शैली एउटै गन्तव्य , देशलाई समृद्ध बनाउने मेरो देश मेरो नेपाल
सबैले कमेन्टमा लेखौ जय नेपाल।

ब्राजिलको रियो डी जेनेरियोमा केही समय पहिले भएको एउटा घटनाले संसारभर चर्चा पाएको थियो। युएफसीकी महिला फाइटर पोलियाना भिय...
18/12/2025

ब्राजिलको रियो डी जेनेरियोमा केही समय पहिले भएको एउटा घटनाले संसारभर चर्चा पाएको थियो। युएफसीकी महिला फाइटर पोलियाना भियाना (Polyana Viana) आफ्नो अपार्टमेन्टबाहिर उबरको पर्खाइमा थिइन्। सोही बेला एक युवक नजिक आएर समय सोधेपछि अचानक आफू सशस्त्र रहेको दाबी गर्दै मोबाइल फोन लुट्न खोजे।

युवकले बन्दुक देखाएको जस्तो अभिनय गर्दै केही नगर्न चेतावनी दिए। तर, अनुभवी एमएमए फाइटर भियानाले तत्कालै परिस्थितिको मूल्यांकन गरिन्। युवकले देखाएको ‘हतियार’ अत्यन्तै नरम जस्तो देखिएपछि त्यो वास्तविक बन्दुक नभएको उनले बुझिन्।

त्यसपछि कुनै समय नखेराल्दै भियाना आक्रामक भइन्। उनले युवकलाई दुई मुक्का र एक लात्ती हानेर जमिनमा लडाउन सफल भइन्। त्यसपछि उनलाई ‘रियर नेकेड चोक’ प्रविधिबाट नियन्त्रणमा राखिन्। करिब पाँच सेकेन्डमै लुटेरा पूर्ण रूपमा असहाय बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

डरले काँपिरहेका युवकले उल्टै प्रहरी बोलाइदिन अनुरोध गरेपछि भियानाले प्रहरीलाई खबर गरिन्। घटनास्थलमा पुगेको प्रहरीले युवकसँग रहेको तथाकथित बन्दुक जाँच गर्दा त्यो कार्डबोर्डबाट बनाइएको नक्कली हतियार भएको खुलेको थियो।

कुटपिटका कारण युवकको अनुहार सुन्निएको र चोट लागेको थियो। उपचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो। भियानालाई भने कुनै चोट लागेन। प्रहरीमा बयान दिएपछि उनी सामान्य रूपमा घर फर्किइन् र रातिको खाना पकाएको बताएकी छन्।

घटनापछि युएफसी अध्यक्ष डाना ह्वाइटले भियाना र घाइते लुटेराको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै “ ***ingidea” क्याप्सन लेखेपछि यो घटना झन् भाइरल बन्यो। भियाना रातारात इन्टरनेट सनसनी बनिन्।

त्यस समयमा २६ वर्षीया भियानाको व्यावसायिक एमएमए करिअरमा १० जित र २ हारको रेकर्ड थियो र उनी युएफसीमा १–१ को नतिजामा थिइन्। उनले यस घटनाले चर्चा त ल्याएको भए पनि आफू सडक घटनाभन्दा अष्टकोण (अक्टागन) भित्रको प्रदर्शनबाट चिनिन चाहेको बताएकी थिइन्। उनको लक्ष्य युएफसी च्याम्पियन बन्ने नै रहेको उनले स्पष्ट पारिन्।

ईएसपीएन, सीएनएन, द गार्जियन, एबीसी न्युजलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो घटना विस्तृत रूपमा प्रकाशित गरेका थिए। प्रहरी पुष्टि, भिडियो र फोटो प्रमाणका आधारमा यो घटना पूर्ण रूपमा सत्य भएको मानिन्छ।

यो घटना अहिले पनि एउटा महत्वपूर्ण सन्देशका रूपमा लिइन्छ— कसैलाई कमजोर ठान्नु अघि दुई पटक सोच्नुहोस्, विशेषगरी जब तपाईं अगाडि उभिएको व्यक्ति पेशेवर फाइटर हुन सक्छ।

16/12/2025

पुर्व राजा ज्ञानेन्द्रले राजतन्त्रको श्रीपेच हाँसीहाँसी जनतालाई बुझाएर राजगद्ही छाड्नु भएको थियो। राजालाई सामन्ती भन्ने दलालहरु पार्टी भित्र सचिव पद नपाउँदा यसरी रुन्छन !! देशको अबस्था कम्जोर छ देशले वीर गोर्खाली खोजीरहेको छ अब जन्ताले भोट दीने बेला धेरै सोच्नु पर्ने भएको छ ।
तपाईको बीचार राख्नुहोला।

अक्टोबर २०२५ यता चीनमा दर्ता नभएको प्रोटेस्टेन्ट ‘हाउस चर्च’ जायन चर्चमाथि व्यापक दमन गरिएको छ। चिनियाँ सुरक्षाकर्मीहरूल...
16/12/2025

अक्टोबर २०२५ यता चीनमा दर्ता नभएको प्रोटेस्टेन्ट ‘हाउस चर्च’ जायन चर्चमाथि व्यापक दमन गरिएको छ। चिनियाँ सुरक्षाकर्मीहरूले बेइजिङ, शाङ्घाइ लगायत विभिन्न सहरहरूबाट करिब ३० जना पास्टर, प्रचारक तथा चर्च सदस्यलाई नियन्त्रणमा लिएका छन्। चीनका सबैभन्दा ठूला गैर–आधिकारिक चर्चहरूमध्ये एक मानिने जायन चर्चका संस्थापक पास्टर एज्रा जिन मिङ्री (जिन मिङ्री) पनि पक्राउ परेका छन्।

नोभेम्बर २०२५ सम्ममा चर्चका १८ जना अगुवाविरुद्ध ‘सूचना सञ्जालको गैरकानुनी प्रयोग’ लगायतका अभियोगमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ। दोषी ठहर भए उनीहरूलाई तीन वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ। मानवअधिकार संस्था चाइनाएड र ह्युमन राइट्स वाचले यसलाई पछिल्ला दशकहरूमा एउटै चर्चमाथि गरिएको सबैभन्दा ठूलो दमनको रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यो कारबाही राष्ट्रपति सी जिनपिङको ‘धार्मिक सिनिकीकरण’ नीति र अनलाइन धार्मिक गतिविधिमाथि लगाइएको कडाइसँग जोडिएको छ।

यस घटनाप्रति अमेरिकी सरकार तथा धार्मिक स्वतन्त्रताको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले कडा निन्दा गरेका छन् र पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन्। अमेरिकामा रहेका केही पारिवारिक सदस्यहरू, जसमा पास्टर जिनकी छोरी पनि छन्, ले राज्यको नियन्त्रण अस्वीकार गर्ने भूमिगत ख्रीष्टियन समुदायमाथि भइरहेको दमनबारे विश्व समुदायको ध्यानाकर्षण गराउन अभियान थालेका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा आकर्षक ‘सिग्नेचर पुल’ निर्माणका लागि ...
09/12/2025

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा आकर्षक ‘सिग्नेचर पुल’ निर्माणका लागि सरकारले टेन्डर आह्वान गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने घोषणाअनुसार तिनाउ पुलका लागि बोलपत्र प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो ।

सडक विभागले शुक्रबार ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमार्फत पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । विभागले यसअघि विस्तृत अध्ययन तथा प्रारम्भिक डिजाइनका नमुना तयार गरिसकेको छ ।

हाल विश्व बैंकको आर्थिक सहयोगमा बुटवल–गोरुसिङ्गे सडक विस्तार कार्यान्वयन भइरहेको छ । सोही विस्तार परियोजनाअन्तर्गत तिनाउ नदीमा नयाँ सिग्नेचर पुल बनाइने बताइएको छ ।

सडक विभागका अनुसार तिनाउ नदीमाथि चार लेनको आधुनिक सिग्नेचर पुल निर्माण हुनेछ जसको लम्बाइ करिब २३०–२४० मिटर रहनेछ । पुल बुटवलस्थित चेनेज ५८९–००० क्षेत्रमा पर्नेछ । सिग्नेचर पुलका कारण क्षेत्रको सौन्दर्य अभिवृद्धि भई पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ।

हालको पुल नहटाई छेउमै नयाँ संरचना

पूर्व–पश्चिम राजमार्गमा २०३८ सालमा बनेको हालको तिनाउ पुल पुरानो र साँघुरो भइसकेकाले नयाँ पुलको आवश्यकता देखिएको हो । सुरुमा पुरानो पुल भत्काएर नयाँ बनाउने योजना भए पनि यातायात व्यवस्थापनमा समस्या हुने र हालको पुलको आयु बाँकी रहेकाले छेउमै नयाँ पुल निर्माण गर्ने निर्णय गरिएको विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए ।

तिनाउ सिग्नेचर पुलको आर्किटेक्ट डिजाइन भारतको टोटल सिनर्जी कन्सल्टिङ ले तयार पारेको हो भने स्ट्रक्चर डिजाइन स्विस सरकारअन्तर्गतको स्विस डेभलपमेन्ट कोअपरेशनले गरेको छ । डिजाइन तयार गर्न चीन, भारत, स्विजरल्याण्ड र नेपालका पुल विज्ञहरू सहभागी भएका थिए ।

डिजाइनअनुसार पुलको दुवैतर्फ चेक ड्याम निर्माण गरी वरिपरि कृत्रिम ताल निर्माण गरिनेछ । त्यहाँ सन्ध्या आरती, रात्रिकालीन बजार, झिलिमिली बत्ती, क्याफे, हरियाली बगैँचा तथा विश्राम स्थलहरू समेत विकास गरिने प्रस्ताव छ । यसले जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवल पुरानो बस्ती, स्थानीय मन्दिर–मस्जिद जाने पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

तिनाउ सिग्नेचर पुलको लागत अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर सिग्नेचर पुल सामान्य पुलभन्दा धेरै महँगो हुने प्राविधिकहरू बताउँछन्।

हाल बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तारका लागि चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले काम थालिसकेका छन्। बाँकी गोरुसिङ्गे–चन्द्रौटा १९ किमि सडकको पनि टेन्डर प्रक्रिया तयारीमा छ । सरकार यो खण्डलाई अधिकतम ‘वन्यजन्तु–मैत्री’ सडकका रूपमा निर्माण गर्दैछ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा नारायणी नदीमाथि अर्को सिग्नेचर पुलको निर्माण पनि हालै सुरु गरिएको छ ।

Address

Butwal
03

Telephone

+9779867384082

Website

Alerts

Be the first to know and let us send you an email when News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepal:

Share