09/10/2026
एसियन पेन्टस च्याम्पियन्स कपको फाइनलमा जिवन ज्योति 🤘💥
सुदुरपश्चिमको श्री जिवन ज्योति मावि जारी एसियन पेन्टस च्याम्पियन्स कप अन्तरविद्यालय राष्ट्रिय छात्रा फुटबल प्रतियोगिताको समूह ए बाट फाइनलमा प्रवेश गरेको छ । बुटवल, रुपन्देहीमा भएको समूह ए तर्फको पहिलो खेलमा जिवन ज्योतिले लुम्बिनी प्रदेशको कान्ति माविलाई ५–० ले पराजित गरेको थियो । तीन टोली सहभागि समूह ए को अर्को खेलमा जिवन ज्योतिले गण्डकी प्रदेशको टोलीसँग खेल्ने तय भए तापनि विपक्षी टोलीले उपस्थिति नजनाएपछि जिवन ज्योति समूह ए को विजेता बन्दै फाइनलमा प्रवेश गरेको कार्यक्रम संयोजक तथा एन्फा टेक्निकल सेन्टर, बुटवलका निर्देशक बुद्धि बहादुर गुरुङले जानकारी दिए । अब जिवन ज्योतिले समूह बी को विजेतासँगै फाइनल खेल्नेछ । समूह बी मा कोशी, बागमती र मधेशका टोली सहभागि छन् । समूह बी का खेलहरु र फाइनल खेल काठमाडौंमा हुनेछ । ⚽🇳🇵