खानेपानी,सरसफाईमा समुदाय र चर्पीको आवश्यकता
रीमा बि.सी.
भनिन्छ स्वस्थ भएर बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो तर पनि स्वस्थ रहनका लागि मानिस आफैले पनि सजकता र सचेत अपनाउनु पर्छ त्यसका लागि हाम्रो वरपरको वातावरणलाई कसरी सफा र सन्तुलन बनाउन सकिन्छ त्यस तर्फ पनि ध्यान दिन जरुरी देखिन्छ । अझ भन्ने हो भने बातावरणलाई स्वास्थ्यको मुख्य आधारको रुपमा पनि लिन सकिन्छ । नेपालमा सरसफाइ प्रवर्धनको व्
यवस्थित प्रयासको शुरुवात सन् १९८० को दशकमा संयुक्त राष्ट्रसंघले खानेपानी आपूर्ति र सरसफाइको अन्तर्राष्ट्रिय दशक घोषणा गरेपछि मात्र भए पनि सरसफाइ प्रवर्धन खानेपानी आयोजनाहरुको एउटा अभिन्न अङ्गका रुपमा समावेश हुदै आएको अवस्थामा सरसफाइ सम्बन्धि मुख्य प्रयासहरु भने सन् १९९० को दशकको शुरुमा मात्र प्रारम्भ भएको देखिन्छ । हालका वर्षहरुमा सरसफाइलाई स्वास्थ्य, प्रतिष्ठा र विकासको आधारशीलाको रुपमा लिइएको छ । खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रमहरुको आयोजना विगतका वर्षहरुमा गरिए पनि समन्वय र सहकार्यको अभावका कारण काम गराई खाली पैसा खनाउने तर परिणाम आउने हिसावले नगरिंदा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रमले दीगो रुप दिन नसकेको यथार्थलाई नकार्न सकिदैन् ।
नेपालमा सरसफाइ प्रवर्धन कार्यक्रमहरु सन् १९९० को दशकको अन्त्यदेखि नै शुरु भए पनि शुरुका कार्यक्रमहरुमा सरसफाइलाई खानेपानी आयोजनासँग जोडेर हेर्ने गरिन्थ्यो । सन् २००० को दशकको शुरुका वर्षदेखि विभिन्न निकायहरुले विभिन्न नाममा सरसफाइ केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दे विभिन्न अनुभव ,पद्धति र तौरतरिकाहरुको सिकाइबाट क्रमशः विभिन्न समयमा ती पद्धतिहरु परिमार्जन भएका छन् । ती कार्यक्रम तथा पद्धतिहरु चर्पी प्रयोगको वृद्धि गर्नेतर्फ केन्द्रित थिए भने पद्धतिहरुमा मुख्य रुपमा बालबालिका देखि बालबालिकासम्म, बालबालिका देखि अभिभावकसम्म, प्रौढहरुको सिकाई, विद्यालय र समुदायमा आधारित रहेका थिए । सन् २००५ देखि समुदाय, विद्यालय सेवा क्षेत्र र गा.वि.स.लाई खुला दिसा मुक्त क्षेत्र विकास गर्नका लागि समुदायको अगुवाइमा पूर्ण सरसफाइ र विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ पद्धतिहरुको माध्यमबाट नेपालमा पूर्ण सरसफाइ पद्धतिको सुरुवात गरिएको हो । यी बाहेक विभिन्न संघ संस्थाहरुले आधारभूत सरसफाइ प्याकेज, विद्यालय सरसफाइ कार्यक्रम, एकिकृत खानेपानी तथा सरसफाइ कार्यक्रमहरु संचालन गरिसकेको स्थिती छ । अतः सुरुवातका दिनमा रहेको जनचेतना अभिवृद्धि गर्ने परम्परागत पद्धतिबाट आनीबानीमा नै परिवर्तन ल्याउने गरी अभियानकै रुपमा सरसफाइ कार्यहरु अघि बढाउन थालिएको छ ।
बास्तवमा भन्ने हो भने खानेपानी र सरसफाई सम्बन्धी कयौन रकम खर्च भैसकेको छ समुदायमा जाने हो भने जताततै फोहोरको थुप्रै थुप्रो देख्न पाइन्छ । हाम्रो मानसिकता परनिर्भरतामा अडेको छ , ताकी कहि कत्तैबाट सहयोग आउला र मैले घरमा चर्पी बनाउला हुन पनि कतिपय सहयोगी दाताहरुले बानी बिगारेका छन् आवश्यकता पहिचान नगरिकन, सामाजिक नक्साङ्क सहितको सर्वेक्षण नगरिकन सिधै समुदायमा गएर दुई चार वटा घरमा चर्पी बनाउने त्यो पनि हरेक हिसाबले पहँुच भएका ताकी उनीहरुले आफै पनि चर्पी बनाउन सक्ने स्थिती भएका घर परिवारमा गएर चर्पी बनाएपछि जसको चर्पी छैन उनीहरुलाई पनि आशा जागिरहने मेरो पालो कहिले आउँछ र कसैले कुनै पनि अभियान लिएर गएको बखत चर्पीका कुरा राखिहाल्छन् समुदायमा ।
खानेपानी र सरसफाईका हिसावले हेर्दा रुपन्देही जिल्ला पनि जोखिमपूर्ण अवस्थामा रहेको स्थानीय सरोकारवालाहरु बताउछन जिल्लामा हाईवयसँग जोडिएका केही गाविस र २ वटा नगरपालिका बाहेकका गाविसहरु अहिले पनि सरसफाईको दृष्ट्रिकोणले अत्यान्तै जोखिमपूर्ण स्थितीमा रहेको अवस्था छ । तपाई गाउँमा जानुहुन्छ भने जताततै खुल्ला रुपमा दिशा गरेको अवस्था छ हामीले खाने, खुल्ला रुपमा सजाइएका मिठाईहरु,साग सब्जी, गाजर,मूला, काउली,बन्दा,जस्ता तरकारीहरुको माध्यमबाट हामी दिशा खाइरहेका छौ । अझ हेण्डपम्पको पानी पिउँदा सिधै हामीले दिशाजन्य व्याक्टेरिया पिइदो रहेछ अनुमान गरौ हामी कति सुरक्षित छौ, कति स्वस्थ्य छौ ?
हुनत हामीलाई अरुका कुरा गर्न र अरुलाई औंला उठाउन बानी परिसकेको छ हामी अरुलाई दोष लगाउछौ आफूतिर फर्केको औलालाई कहिल्यै पनि हेर्देनौं ,सरसफाईको नाममा काम गर्ने संघसंस्थाले विगतका दिनमा च्भकगति दबकभम यचष्भलतभम भन्दा पनि परियोजना सकाउनका लागि गरेजस्तो देखियो त्यसलाई चुस्तदुरुस्त बनाउनका लागि समन्वय र सहकार्यसँगै एकद्धार प्रणाली लागु गर्न सकेमा र हरेक कृयाकलापको अनुगमन गर्दे कमीकमजोरीलाई सच्चाउदै लैजान सकेमा सफलता मिल्नेमा दुईमत छैन । यति हुदाहुदै पनि नेपालमा सरसफाइ तथा स्वच्छता प्रवर्धनको क्षेत्रमा प्रगति नहुनुको पछाडी निम्न कारणहरु देखिन्छन् ।
ड्ड सरसफाइ क्षेत्रलाई विगतमा पर्याप्त प्राथमिकता नदिइएको ।
ड्ड स्थानीय तहका राजनीतिक निकायहरुमा प्रतिवद्धताको कमी रहनु ।
ड्ड टुक्रे योजना र कार्यक्रमहरु रहनु– सरोकारवालाहरुमा चर्पीले समेटेको क्षेत्र सम्बन्धी लक्ष्य
ड्ड सरसफाइ तथा स्वच्छता प्रवर्धनका लागि आवश्यकता अनुसार अपर्याप्त लगानी हुनु ।
ड्ड गा.वि.स.÷न.पा. वा जिल्ला तह के हुने भन्ने सम्बन्धमा एकिकृत लक्ष्यको अभाव रहनु ।
ड्ड राष्ट्रिय लक्ष्यलाई स्थानीय तहको योजना र लक्ष्यमा विभाजन नगरिनु ।
ड्ड सरसफाइ तथा स्वच्छता प्रवर्धनका क्षेत्रमा गरिने लगानीका पद्धतिमा एकरुपताको अभाव ।
ड्ड गरिब, पिछडिएका र उच्च जोखिमयुक्त वर्ग सरसफाइको मूल प्रवाहमा ल्याउन नसक्नु ।
ड्ड स्थानीय सरकारी निकायहरुलाई मूल प्रवाहमा नल्याइएका कारण तिनीहरु सरसफाइ तथा स्वच्छता प्रवर्धनका कार्यक्रमहरुमा कमैमात्र संलग्न रहनु ।
ड्ड सरसफाइ तथा स्वच्छताको प्रवर्धनमा क्षेत्रीय तथा जिल्लास्तरीय खानेपानी तथा सरसफाइ समन्वय समितिहरु कमै मात्र क्रियाशील रहनु ।
ड्ड शहरी सरसफाइ (ठोस तथा तरल फोहोरमैला व्यवस्थापन) महंगो हुनु र यसमा उच्चस्तरको प्रविधिको आवश्यकता रहनु ।
ड्ड चार–आर (रियुज, रिफ्युज, रिड्युस र रिसाइकल) को सिद्धान्तका बारेमा शहरी जनतामा चेतनाको कमी र सरकारी तथा अन्य सारोकारवालाले पनि यस सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्न नसक्नु ।
माथि उल्लेखित बुँदाहरुलाई ध्यानमा राखी भएका कमी कमजोरीहरुलाई सच्चाउँदै समाजमा रहेको सरसफाई समबन्धी बुझाई र व्यवहारलाई परिवर्तन गरी रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त बनाउनका लागि प्रत्येक व्यक्ति,घरपरिवार र समाजका व्यक्तिहरुको व्यवहार परिवर्तन गर्दे उनीहरुको मनमा चर्पीको आवश्यकता महशुशिकरण गराउन सकियो भने यस जिल्लालाई खुल्ला दिशामुक्त जिल्लाको रुपमा चिनाउन बेर लाग्दैन त्यसका लागि सबै लाग्नुपर्छ जाग्नुपर्छ ।