Lumbini Sanjal लुम्बिनी सञ्जाल

  • Home
  • Nepal
  • Butwal
  • Lumbini Sanjal लुम्बिनी सञ्जाल

Lumbini Sanjal लुम्बिनी सञ्जाल butwal about educational news and latest update

29/10/2025

बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त समापन मन्तव्य

म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।
म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो।
जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।
मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।
हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पु¥याउँछौँ।
हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ। कामको प्रगतिविवरण लिन्छौँ। समस्याहरु फुकाउन लागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ।
प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।
३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।
अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।
हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।
अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौँ। हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ।
यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।
कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने।
मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।
म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ।
अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।

ॐ , दक्षिणकाली माताको दर्शन गर्नुहोस 🙏❤️
29/10/2025

ॐ , दक्षिणकाली माताको दर्शन गर्नुहोस 🙏❤️

एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि  #समाचार_कमेन्टमा छ है ।https://lumbinisanjal.com/news/6383/
29/10/2025

एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि

#समाचार_कमेन्टमा छ है ।
https://lumbinisanjal.com/news/6383/

🚨 Career Opportunity at Butwal Hospital Pvt. Ltd.  And Gautam Buddha Community Heart Hospital Butwal .
29/10/2025

🚨 Career Opportunity at Butwal Hospital Pvt. Ltd. And Gautam Buddha Community Heart Hospital Butwal .

उच्च अदालतले रिट खारेज गरेसँगै काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन
29/10/2025

उच्च अदालतले रिट खारेज गरेसँगै काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन

रेसुङ्गा नगरपालिकाले खोज्दै छ लगानीका सम्भाव्य क्षेत्र : पर्यटन, कृषि र होटल व्यवसायमा जोड  #समाचार_कमेन्टमा
29/10/2025

रेसुङ्गा नगरपालिकाले खोज्दै छ लगानीका सम्भाव्य क्षेत्र : पर्यटन, कृषि र होटल व्यवसायमा जोड
#समाचार_कमेन्टमा

नेपालले घरेलु टोली भारतलाई अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ। नेपालले टाइब्रेकरमा भारतलाई ३-० ले हरायो ।
29/10/2025

नेपालले घरेलु टोली भारतलाई अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ। नेपालले टाइब्रेकरमा भारतलाई ३-० ले हरायो ।

लुम्बिनी लायन्सको ‘होम बैंक पार्टनर’ बन्यो शाइन रेसुंगा #समाचार_कमेन्टमा
29/10/2025

लुम्बिनी लायन्सको ‘होम बैंक पार्टनर’ बन्यो शाइन रेसुंगा
#समाचार_कमेन्टमा

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना : लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण कार्य जारी ।
29/10/2025

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना : लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण कार्य जारी ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । #समाचार_कमेन्टमा
29/10/2025

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
#समाचार_कमेन्टमा

अर्घाखाँचीको खिल्जीमा जीप दुर्घटना, २ जना घाइते!सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको देउराली यातायातको जिप (लु १ ज १७०६) ...
29/10/2025

अर्घाखाँचीको खिल्जीमा जीप दुर्घटना, २ जना घाइते!
सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको देउराली यातायातको जिप (लु १ ज १७०६) आज अनियन्त्रित भई करिब ३० मिटर तल खसेको छ।
जिपमा सवार ११ मध्ये २ जना घाइते, बाँकी ९ जना सकुशल रहेका छन्। घाइतेहरुको स्थानीय स्तरमै उपचार भइरहेको छ।

#अर्घाखाँची #दुर्घटना #खिल्जी

सुसाइड नोट लेखेर अस्थाइन २७ बर्षिय शिक्षिका जानकी खड्का, शिक्षा अधिकृत रावल पक्राउ  #समाचार_कमेन्टमा
29/10/2025

सुसाइड नोट लेखेर अस्थाइन २७ बर्षिय शिक्षिका जानकी खड्का, शिक्षा अधिकृत रावल पक्राउ
#समाचार_कमेन्टमा

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Lumbini Sanjal लुम्बिनी सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Sanjal लुम्बिनी सञ्जाल:

Share