news adda

news adda समाचार संकलन, सत्यतथ्यमा आधारित रिपोर्टिङ, र जनताको आवाज उजागर गर्न समर्पित News adda Hd TV

30/06/2026

Breaking: Nepal Oil Corporation has reduced fuel prices! ⛽🔥

* Petrol: ↓ Rs. 20 per liter
* Diesel: ↓ Rs. 30 per liter 😮

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको छ। बुधबार मन्त्रालय अगाड...
25/06/2026

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको छ। बुधबार मन्त्रालय अगाडि पार्किङ गरिएको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गर्नुका साथै गाडीमा राखिएको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेजमा एक व्यक्ति परिसरमा प्रवेश गरी केही समय गाडी वरिपरि घुमेपछि झण्डा भाँचेर फालेको देखिएको छ। घटनापछि प्रदेशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
pic:-ai

कसैको पोस्ट देखेर हैरान हुनुहुन्छ ? फेसबुकको यो फिचर उपयोगी हुन सक्छ फेसबुकको ‘टेक अ ब्रेक’ फिचरले कुनै व्यक्तिलाई अनफ्र...
25/06/2026

कसैको पोस्ट देखेर हैरान हुनुहुन्छ ? फेसबुकको यो फिचर उपयोगी हुन सक्छ फेसबुकको ‘टेक अ ब्रेक’ फिचरले कुनै व्यक्तिलाई अनफ्रेन्ड वा ब्लक नगरी उनीसँगको अनलाइन अन्तरक्रिया सीमित गर्न मद्दत गर्छ। यो फिचर प्रयोग गरेपछि सम्बन्धित व्यक्तिका पोस्ट, तस्बिर र अपडेटहरू न्युज फिडमा कम वा नदेखिने बनाउन सकिन्छ। साथै, आफ्ना निजी पोस्टहरूमा उनीहरूको पहुँच पनि सीमित गर्न सकिने भएकाले व्यक्तिगत गोपनीयता कायम गर्न यो उपयोगी मानिन्छ।

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजमा सिट संख्या बढाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्। ...
25/06/2026

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजमा सिट संख्या बढाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षामा विदेशीसहित विद्यार्थी भर्ना संख्या वृद्धि गर्ने निर्णयले क्षेत्रलाई थप व्यापारीकरण गर्ने भन्दै आपत्ति जनाएका हुन्। निर्णय नसच्याइए अनसन बस्न बाध्य हुने चेतावनी समेत उनले दिएका छन्।

लुम्बिनी प्रदेश सरकारको बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन सकेक...
25/06/2026

लुम्बिनी प्रदेश सरकारको बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन। असार १ गते प्रस्तुत बजेटमाथि छलफलका लागि पटक–पटक सदन बोलाइए पनि सत्तारुढ र विपक्षी सांसदहरूको विरोधका कारण कार्यसूची अघि बढ्न सकेको छैन। सांसदहरूले बजेट मन्त्रीहरूको क्षेत्र केन्द्रित भएको आरोप लगाउँदै संशोधन नभएसम्म सदन सञ्चालन हुन नसक्ने बताएका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गर्न थालेको छ। यसअ...
25/06/2026

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गर्न थालेको छ। यसअन्तर्गत पाँचखाल नगरपालिका–४ की जन्मजात पूर्ण अपाङ्गता भएकी विनिता बोलखेलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। प्रशासनले सेवाग्राहीको सहजताका लागि यस्तो व्यवस्था गरेको जनाएको छ।

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्ने समाचारको खण्डन गरेकी छन्। रास्व...
24/06/2026

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्ने समाचारको खण्डन गरेकी छन्। रास्वपाको प्रथम महाधिवेशनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै सुरक्षाकर्मीले बोकेको झोला आफ्नै भएको बताएकी हुन्। उनले समाचार प्रकाशनअघि तथ्य बुझ्न सञ्चार माध्यमलाई आग्रह गरेकी छन्।

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन्। नत...
24/06/2026

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको तथा पुनर्मूल्याङ्कन र रिटोटलिङ व्यवस्था प्रभावकारी नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार पदबाट राजीनामा दिने घोषणा गरेका छन्। लेबर पार्टीभित्र बढ्दो असन्तुष्टि र दब...
22/06/2026

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार पदबाट राजीनामा दिने घोषणा गरेका छन्। लेबर पार्टीभित्र बढ्दो असन्तुष्टि र दबाबका बीच उनले देशको हितलाई प्राथमिकता दिँदै नेतृत्वबाट अलग हुने निर्णय गरेका हुन्। नयाँ नेता चयन नभएसम्म स्टार्मर कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहनेछन् भने नेतृत्व चयन प्रक्रिया जुलाई ९ बाट सुरु हुनेछ।

२४ घण्टामा दुई हजार ७६ सवारीचालक ट्राफिक कारबाहीमा ,
22/06/2026

२४ घण्टामा दुई हजार ७६ सवारीचालक ट्राफिक कारबाहीमा ,

Address

Chabahil
Chabahil

Telephone

+9779801359346

Website

Alerts

Be the first to know and let us send you an email when news adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share