30/04/2026
१० दिनमै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण, तर बालेनको 'स्ट्याण्ड' उस्तै: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शक्तिशाली दूत सर्जियो गोर आज काठमाडौं ओर्लिंदै गर्दा १० दिनभित्रै अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण भएको छ। ट्रम्पनिकट मानिने गोरले प्रधानमन्त्री बालेन शाहलाई भेट्न विभिन्न माध्यमबाट निकै पहल गरे पनि प्रधानमन्त्री कार्यालयले 'कार्यव्यस्तता' देखाउँदै समय उपलब्ध गराएको छैन। विदेशी पाहुना आउनेबित्तिकै सीधै प्रधानमन्त्री भेट्न बालुवाटार पुग्ने पुरानो भद्दा प्रचलनलाई तोड्दै बालेनले कुटनीतिक भेटघाटको जिम्मा परराष्ट्रमन्त्रीलाई सुम्पेका छन्। यसअघि आएका सहायक विदेशमन्त्री समिर पल कपुरले पनि प्रधानमन्त्रीलाई भेट्न नपाएरै फर्केका थिए। ठोस एजेन्डाबिना विदेशी दूतहरूसँग भेटेर समय खर्च नगर्ने र आफू पूर्ण रूपमा शासकीय सुधारमा केन्द्रित हुने बालेनको यो कदमले कुटनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। ***n ***n