Routine of Chainpur Banda

Routine of Chainpur Banda News and entertainment 24 Hrs service

संङ्खुवासभा कांग्रेसले फागुन -२१ गते हुने सांसदको निर्वाचन र राष्ट्रियसभा सदश्य निर्वाचनका लागि
11/12/2025

संङ्खुवासभा कांग्रेसले फागुन -२१ गते हुने सांसदको निर्वाचन र राष्ट्रियसभा सदश्य निर्वाचनका लागि

नवलपरासीस्थित पुनर्वास–आवास कम्पनीका अधिकृतलाई मलमूत्र दलेर दुब्र्यबहार गरिएको छ । धमेन्द्र बास्तोला नेतृत्वमा रहेको कम्...
09/12/2025

नवलपरासीस्थित पुनर्वास–आवास कम्पनीका अधिकृतलाई मलमूत्र दलेर दुब्र्यबहार गरिएको छ । धमेन्द्र बास्तोला नेतृत्वमा रहेको कम्युनिस्ट युवा संगठनको पाँच नम्बर ब्युरोका कार्यकर्ताहरूले पुनर्वास अधिकृत महेन्द्र थापालाई कार्यकक्षमै पुगेर मलमूत्र दलेका हुन् । संगठनका अनुसार, अधिकृत थापाले पुनर्वास कार्यक्रममार्फत अबौँ रुपैयाँको अनियमितता गरेको तथा जग्गा हिनामिना गरेको आरोप छ । नेकपा बहुमत निकट युवा संगठनले सुरुमा सामान्य रुपमा कार्यालयमा प्रवेश गर्दै उनीहरुले मलमुत्र निकालेर एक्कासी अधिकृत थापाको अनु्हारमा दल्दै नेकपा बहुमत जिन्दाबाद भन्दै नारा लगाउँछन् । मलमुत्र दल्नु अघि मुस्कुराईरहेका अधिकृत थापा भने त्यसपछि निराश देखिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

केलाङ नाचसङ्खुवासभाको सभापोखरी गाउँपालिका –६ स्थित बाह्रबिसे बजारमा लिम्बू समुदायको तङ्नाममा केलाङ नृत्य गर्दै कलाकारहरु...
08/12/2025

केलाङ नाच
सङ्खुवासभाको सभापोखरी गाउँपालिका –६ स्थित बाह्रबिसे बजारमा लिम्बू समुदायको तङ्नाममा केलाङ नृत्य गर्दै कलाकारहरु ।

तस्बिर : भविन कार्की/रासस

मेयर राइको पहलमा बन्नेभयो बेलिबृज - संखुवासभाबासी भन्छन मेयर होस त बिपिन राई जस्तो हिजो सम्म पाँचखपन नगरपालिका हरेक सूचक...
04/12/2025

मेयर राइको पहलमा बन्नेभयो बेलिबृज - संखुवासभाबासी भन्छन मेयर होस त बिपिन राई जस्तो

हिजो सम्म पाँचखपन नगरपालिका हरेक सूचकांकमा कमजोर मानिन्थ्यो। तर आज, पाँचखपन प्रदेशकै उत्कृष्ट र आदर्श नगरपालिकाका रूपमा स्थापित हुनुका पछाडिको मूल शक्ति हुनुहुन्छ—मेयर बिपिन राई।

लगातार दुई कार्यकालको नेतृत्वमा उहाँले प्रशासनदेखि विकास, शिक्षा, स्वास्थ्य, सुशासन र सेवाप्रवाहसम्म प्रत्येक क्षेत्रमा उल्लेखनीय रूपान्तरण गर्नुभएको छ। 'समस्या होइन, समाधान' भन्ने मूल सोचका साथ काम गर्दै उहाँले नगरपालिका मात्र होइन, जनताको अपेक्षा र विश्वासलाई पनि नयाँ उचाइमा पुर्‍याउन सफल हुनुभएको छ।

त्यसैले आज हामी आत्मविश्वासका साथ भन्छौँ—
प्रणाली चलाउने हो भने यिनै जस्ता नेतृत्व चाहिन्छ।
प्रदेश माननीय होस् वा संघीय भूमिकामा—बिपिन राई योग्य, सक्षम र प्रमाणित नेताका रूपमा उदाएका छन्।

मेयर होस त बिपिन राई जस्तो।

संखुवासभा सदरमुकाम खाँदबारीमा श्रम सँस्कृति पाटीको र्याली । शनिबार खाँदबारी स्थित बसपार्कमा आयाेजित समाराेहलाई पार्टीका ...
29/11/2025

संखुवासभा सदरमुकाम खाँदबारीमा श्रम सँस्कृति पाटीको र्याली । शनिबार खाँदबारी स्थित बसपार्कमा आयाेजित समाराेहलाई पार्टीका केन्द्रीय अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङले सम्बाेधन गर्नेछन् ।
श्रोत : Khandbari fm

29/11/2025

संखुवासभा खादबारिमा श्रम सस्कृती पार्टी हर्क साम्पाङ सहितको बृहत् र्याली

LIVE ƠN:  #सभापोखरी_भलिबलकाङ्सोरेहाङ्ग युथ क्लब चैनपुर नगरपालिका-४ मैदाने सङ्खुवासभाद्वारा चासोक तङ्नाम,उधौली पर्ब तथा म...
26/11/2025

LIVE ƠN: #सभापोखरी_भलिबल

काङ्सोरेहाङ्ग युथ क्लब चैनपुर नगरपालिका-४ मैदाने सङ्खुवासभाद्वारा चासोक तङ्नाम,उधौली पर्ब तथा मङ्सिरे पुर्णिमा मेलाको अवसरमा आयोजित यहि मिति २०८२ मङ्सिर २४ गते देखी २७ गते सम्म खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ मा सम्पुर्ण खेलाडीहरु तथा खेलप्रेमी महानुभाबहरुमा उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दछौ । 🙏💐🏐❣️

नोट:बसाईसराईलाई मान्यता दिईनेछैन ।

आयोजक:काङ्सोरेहाङ्ग युथ क्लब चैनपुर नगरपालिका ४ मैदाने सङ्खुवासभा

Help post ......संखुवासभाको चैनपुर बजारबाट हिजो बेलुकी ५ बजे तिर बतासे जादै गर्दा आइफोन X फोन हराएको हुदाँ भेट्नुहुने मह...
24/11/2025

Help post ......
संखुवासभाको चैनपुर बजारबाट हिजो बेलुकी ५ बजे तिर बतासे जादै गर्दा आइफोन X फोन हराएको हुदाँ भेट्नुहुने महानुभावहरुलाई उचित पुरस्कारको व्यवस्था गरिने छ । भेट्नुहुने महानुभावको हरुको लागी सम्पर्क नम्बर : 9843418099

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी  ।  मेन्छ्यायाम डाँडाको काखमा लमतन्न परेको यो पोखरी ...
22/11/2025

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी । मेन्छ्यायाम डाँडाको काखमा लमतन्न परेको यो पोखरी समुद्री सतहबाट करिब २ हजार ८९० मिटरको उचाइमा रहेको छ ।

तस्बिर : सुरेन्द्र तामाङ

21/11/2025

काठमाडौं बाट संखुवासभा आउदै गरेको हाईश पाख्रीबास भइसे मा दुर्घटना, १४ जना घाइते, सबै मा स्वास्थ लाभको कामना ।🙏😥😥

सशस्त्र प्रहरी बलका संस्थापक प्रहरी महानिरीक्षक स्व श्रेष्ठको शालिकसङ्खुवासभाको चैनपुर नगरपालिका–६ स्थित जिरोप्वान्टमा  ...
20/11/2025

सशस्त्र प्रहरी बलका संस्थापक प्रहरी महानिरीक्षक स्व श्रेष्ठको शालिक

सङ्खुवासभाको चैनपुर नगरपालिका–६ स्थित जिरोप्वान्टमा सशस्त्र प्रहरी बलका संस्थापक प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठ तथा उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठको शालिक । चैनपुर शस्त्र प्रहरीका संस्थापक महानिरीक्षक श्रेष्ठको गृह जिल्ला हो ।

तस्बिर : भविन कार्की/रासस

Address

Chainpur

Alerts

Be the first to know and let us send you an email when Routine of Chainpur Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share