Routine of Chainpur Banda

Routine of Chainpur Banda News and entertainment 24 Hrs service

01/09/2026

Highlights for ChildrenGreatestHighlights

Very Very Important: बाढीबाट प्रभावित भएकाहरुले NDRRMA को system मार्फत उद्धार र राहत आवस्यक माग विवरण form भर्न सकिन्छ।...
26/08/2026

Very Very Important: बाढीबाट प्रभावित भएकाहरुले NDRRMA को system मार्फत उद्धार र राहत आवस्यक माग विवरण form भर्न सकिन्छ।

Link.

Setu Rapid: a rescue and duty coordination system connecting responders, fleet and command in real time.

पत्रकार सम्मेलनसङ्खुवासभाको सदरमुकाम खादबारीमा मङ्गलबार एड्भान्स क्लब मानेभञ्ज्याङले गरेको सङ्खुवासभा गोल्ड कप फुटबल प्र...
25/08/2026

पत्रकार सम्मेलन

सङ्खुवासभाको सदरमुकाम खादबारीमा मङ्गलबार एड्भान्स क्लब मानेभञ्ज्याङले गरेको सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता २०८३ को पत्रकार सम्मेलनमा जिल्ला फुटबल सङ्घका अध्यक्ष भरतकुमार घिमिरे, एडभान्स क्लबका अध्यक्ष प्रकाश घिमिरेसहित । आगामी कात्तिक १४ गतेदेखि हुने गोल्ड कपमा कोशी प्रदेशका ८ वटा राष्ट्रिय ए डिभिजन क्लबले सहभागिता जनाउने छन् ।

तस्बिर : भविन कार्की/रासस

24/08/2026

मोहन कुमार राई
संखुवासभा चैनपुर, भदौ ८
संखुवासभाको चैनपुर ३ स्थीत शिद्धकाली मन्दीरमा चोरी भएको छ । भाद्र ६ गते मन्दीरको मुल गेटमा लगाईएको ताला फोरि दानपेटिका तोडफोट गरिएको मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष भरत कुमार खत्रीले जनाए ।

मन्दीरमा धेरै दिन अघि देखि संकलित रकम गन्न बाँकि रहेकाले के कति रकम चोरी भएको हो त्यसबारे कुनै यकिन नभएको उनको भनाई थियो । यस अघि पनि उक्त मन्दिरमा चोरिको घटनाहरु हुने गरेको मन्दीर ब्यवस्थापन समितिले जनाएको छ ।
भाद्र ७ गते बसेको मन्दीर ब्यवस्थापन समितिको बैठकले २०२८ साल देखि नै पटक पटक चोरी र तोडफोडका घटना हुनेगरेकाले उक्त मन्दिर क्षेत्रमा अस्थायी प्रहरी चेकपोष्ट राख्न जिल्लाा प्रहरी कार्यालय संखुवासभामा माग गर्ने निर्णय समेत गरेको छ ।

मन्दिरको भेटि लगायत मुर्तिमा समेत पटक पटक तोडफोड हुने गरेकाले उक्त क्षेत्रमा सिसि क्यामेरा जडान गर्नका लागि मन्दिर ब्यवस्थापन समितिको कोषबाट रकम बिनियोजन गर्ने समेत सर्वसम्मत निर्णय गरिएको मन्दिर ब्यवस्थापन समितिका सचिव पदम अधिकारीले जानकारी दिए ।

मन्दिरमा रहेको संकलित रकम राखिएको लकर फुटाउन नसकेपछि चोरी गर्ने ब्यक्तिले त्यसै छाडेर हिडेको पाईएको थियो। उक्त लकर सर्वपक्षिय उपस्थीतिमा खोलेर हेर्दा भक्तजनले चढाएका १४ हजार ६ सय पन्ध्र रुपैयाँ सुरक्षित अवस्थामा फेला परेको सचिव अधिकारीले जनाए । उक्त घटनाका सम्वन्धमा थप अनुशन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।

🩸मानव सेवामा एकता, रक्तदानमा समर्पण🅰️🅱️🆎🅾️११० जना रक्तदाता🩸🙏जिल्ला समन्वय प्रमुखज्यूको समन्वय र सद्दभावमाःचैनपुर नगरपालि...
24/08/2026

🩸मानव सेवामा एकता, रक्तदानमा समर्पण🅰️🅱️🆎🅾️११० जना रक्तदाता🩸🙏

जिल्ला समन्वय प्रमुखज्यूको समन्वय र सद्दभावमाः
चैनपुर नगरपालिकाको व्यवस्थापन सहयोग, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चैनपुरको आयोजना तथा विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोगमा चैनपुर नगर अस्पतालमा बृहत् रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला अस्पताल खाँदबारीबाट आउनुभएका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।

आफ्नो अमूल्य रगत दान गरी मानव जीवन बचाउने पुण्य कार्यमा योगदान गर्नुहुने सम्पूर्ण चैनपुर नगरवासी रक्तदाताहरू, नेपाल रेडक्रस सोसाइटी सुनसरी ब्लड बैंक, संखुवासभा ब्लड बैंकका प्राविधिक टोली, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र खाँदबारी, नेपाल रेडक्रस पालिका शाखा चैनपुर, नेपाल स्काउट, सशस्त्र प्रहरी बल चैनपुर, इलाका प्रहरी कार्यालय चैनपुरलगायत सम्पूर्ण संघसंस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
रक्तदान मानव जीवन संरक्षणका लागि गरिने अत्यन्त महत्वपूर्ण सामाजिक सेवा हो। यस कार्यक्रममा सहभागी भई देखाउनुभएको सद्भाव, सहयोग, सहकार्य र सेवाभाव प्रशंसनीय तथा अनुकरणीय रहेको छ।
रक्तदाताहरूले प्रदान गर्नुभएको प्रत्येक थोपा रगत आवश्यकतामा रहेका व्यक्तिका लागि जीवनदायी सहयोग बन्न सक्छ। यस मानवीय सेवामा योगदान पुर्‍याउनुहुने सम्पूर्ण रक्तदाता तथा सहयोगी संस्थाहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछौँ।

21/08/2026

हिले जात्रा विशेष मिलन नेवारको साथमा । संखुवासभा चैनपुर ।।

रास्वपा संखुवासभाद्वारा अग्नि पीडितलाई सहयोगसंखुवासभा, भदौ ४गत श्रावण २१ गते खाँदबारी नगरपालिका–४ सेकाहामा भएको आगलागीबा...
20/08/2026

रास्वपा संखुवासभाद्वारा अग्नि पीडितलाई सहयोग

संखुवासभा, भदौ ४
गत श्रावण २१ गते खाँदबारी नगरपालिका–४ सेकाहामा भएको आगलागीबाट प्रभावित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाले राहत वितरण गरेको छ ।

साउन २१ गते राति करिब १२ बजे भएको आगलागीका कारण घरधनी वसन गुरुङसहित डेरा गरेर बस्दै आएका पाँच परिवारका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए । उक्त घटनाबाट प्रभावित परिवारहरू हाल समस्यामा परिरहेका छन् ।

वडा नम्बर ४ का कार्यपालिका सदस्य तथा कार्यवाहक वडा अध्यक्ष पवित्रा गुरुङको समन्वयमा आयोजित राहत वितरण कार्यक्रममा रास्वपाका जिल्ला सभापति भक्त नारायण श्रेष्ठ, जिल्ला सचिव सुनिल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा पीडित परिवारलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव सुनिल श्रेष्ठले विपद्को समयमा सबैले एकअर्कालाई साथ दिनुपर्ने बताउँदै पीडित परिवारको पुनःस्थापनामा सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गरे । उनले आगामी दिनमा पनि यस्ता विपद्का घटनामा पार्टीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय तह, राजनीतिक दल तथा विभिन्न संघसंस्थाको सहकार्यबाट पीडित परिवारलाई राहत उपलब्ध गराउने कार्य भइरहेको बताइएको छ ।

शिलिचोड•–४ माङ्तेवामा पहिलो पटक २१ मुखे दाना फल्योसंखुवासभाको शिलिचोड• गाउँपालिका–४ माङ्तेवामा मिन बहादुर राईले पहिलो पट...
20/08/2026

शिलिचोड•–४ माङ्तेवामा पहिलो पटक २१ मुखे दाना फल्यो

संखुवासभाको शिलिचोड• गाउँपालिका–४ माङ्तेवामा मिन बहादुर राईले पहिलो पटक २१ मुखे दाना फलाउन सफल भएका छन्। स्थानीय कृषकले उत्पादन गरेको उक्त दाना अहिले स्थानीयवासीका लागि आकर्षणको विषय बनेको छ।
एउटै दानामा २१ वटा मुख देखिनु असामान्य मानिने भएकाले कृषक तथा स्थानीयवासीले यसलाई विशेष रूपमा हेरेका छन्। उक्त दानाको तस्बिर सामाजिक सञ्जालमा समेत चर्चामा आएको छ।
स्थानीयस्तरमा कृषि उत्पादनमा देखिएको यस्तो अनौठो र आकर्षक उत्पादनले कृषकहरूमा नयाँ उत्साह थपेको

18/08/2026

✍️आउनुहोस यस विशाल रक्तदान अभियान एवम् विशेषज्ञ सहितको एक दिवसिय नि: शुल्क स्वास्थ शिविरको मौकाको फाइदा उठाउनुहोस 🙏🙏
मिति : २०८३ भाद्र ७ गते आइतबार
समय: बिहान ९ बजे देखि
स्थान : चैनपुर अस्पताल चैनपुर ६ संखुवासभा

17/08/2026

संखुवासभाको चैनपुरमा आजबाट लाखे जात्रा सुरु भएको छ । 🤗🤗
भिडियो- मोहन राई सरको फेसबुक वालबाट🙏🙏

GreatestHighlightsHighlights for Children

Address

Chainpur

Alerts

Be the first to know and let us send you an email when Routine of Chainpur Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share