Mystic Time

Mystic Time Timeless, Boundless. Mystic

31/07/2026

गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ। विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको छ।

२०८३ साल  श्रावण १० गते देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा  भएको दुःखद घटनापछि पीडित पक्ष र गृह मन्त्रालयबीच भएको सम्झ...
31/07/2026

२०८३ साल श्रावण १० गते देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनापछि पीडित पक्ष र गृह मन्त्रालयबीच भएको सम्झौतामा सरकारका तर्फबाट महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरिएका थिए।
सम्झौताअनुसार:
•मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने।
•मृतकका परिवारलाई रु. १० लाख राहत उपलब्ध गराउने।
•घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने।
•सम्बन्धित विषयहरूको कानुनी हैसियतबारे आवश्यक छानबिन गर्ने।
•प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने।
•छानबिन समितिको प्रतिवेदनका सुझावहरू कानुनबमोजिम कार्यान्वयन गर्ने।
•मृतकहरूको सम्झनामा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने।
• मिति २०८३ श्रावण १५ गते दिनको २ बजे मृतकहरूको अन्तिम संस्कार गर्ने
गर्ने गरि नेपाल सरकारका तर्फबाट गृह मन्त्री सुधन गुरुङ र मृतकका पक्षबाट मृतको आफन्तजनले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता सँगै झन्डै एक हप्ता सम्म चर्किएको आन्दोलन अत्य हुने अपेक्षा गरिएको छ।

30/07/2026

प्रधानमन्त्री बालेन्द्र शाह B***n ले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ।

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर: - कार, भ्यान, पिकअप, ट्या...
27/07/2026

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर:

- कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु. ६५, जादा रु. ६०)
- मिनी बस, मिनि टिपर/ट्रक (काठमाडौं आउँदा ११५, जादा रु. ८०)
- बस, ट्रक (काठमाडौं आउँदा रु.२६०, जादा रु. २००)
- मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण (काठमाडौं आउँदा रु. ६००, जादा रु. २५०)

🧤🏆 गोल्डेन बल जित्न गोल र असिस्ट मात्रै पर्याप्त हुँदैन ।FIFA World Cup 2026 सम्पन्न भएसँगै सर्वोत्कृष्ट खेलाडीको सम्मान...
23/07/2026

🧤🏆
गोल्डेन बल जित्न गोल र असिस्ट मात्रै पर्याप्त हुँदैन ।

FIFA World Cup 2026 सम्पन्न भएसँगै सर्वोत्कृष्ट खेलाडीको सम्मान गोल्डेन बल स्पेनका कप्तान Rodri ले जिते। प्रतियोगिताभर सर्वाधिक गोल गरेका फ्रान्सका कप्तान Kylian Mbappé, उत्कृष्ट खेल प्रदर्शन गरेका अर्जेन्टिनाका कप्तान Lionel Messi लगायतका खेलाडीहरू पनि यो अवार्डका बलिया दाबेदार मानिएका थिए। त्यसैले नतिजापछि समर्थकहरूबीच विभिन्न धारणा र बहस हुनु स्वाभाविक पनि हो।
तर विश्वकपको इतिहासले एउटा कुरा स्पष्ट देखाएको छ—गोल्डेन बल केवल गोल र असिस्टको पुरस्कार होइन। यो प्रतियोगिताभर खेलाडीले आफ्नो टोलीमा पारेको समग्र प्रभाव, नेतृत्व, निरन्तर उत्कृष्टता र निर्णायक भूमिकाको मूल्यांकन पनि हो।
यसको सबैभन्दा प्रेरणादायी उदाहरण सन् २००२ को विश्वकप हो।
त्यो विश्वकपमा ब्राजिलका Ronaldo Nazário ले ८ गोल गर्दै गोल्डेन बुट जिते। Rivaldo र Ronaldinho ले पनि ब्राजिललाई विश्वविजेता बनाउन असाधारण योगदान दिए। तर प्रतियोगिताको गोल्डेन बल भने जर्मनीका कप्तान तथा गोलरक्षक ओलिभर कानको हातमा पुग्यो।
कानले समूह चरणदेखि सेमिफाइनलसम्म केवल १ गोल मात्र बेहोरे र ५ क्लिन सिट राख्दै जर्मनीलाई फाइनलसम्म पुर्‍याए। पाराग्वे, अमेरिका र दक्षिण कोरियाविरुद्ध उनका अविश्वसनीय बचाउहरूले जर्मनीको यात्रालाई सम्भव बनाएका थिए।
यद्यपि फाइनलमा ब्राजिलसँग २–० ले हार बेहोर्नुपर्‍यो, प्रतियोगिताभर देखाएको असाधारण प्रदर्शनका आधारमा उनी नै सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने यासिन अवार्ड (हालको गोल्डेन ग्लोभ) पनि जिते।
🏆 आजसम्म ओलिभर कान फिफा विश्वकपको एउटै संस्करणमा "गोल्डेन बल" र "गोल्डेन ग्लोभ" दुवै जित्ने इतिहासकै एकमात्र खेलाडी हुन्।
उनको यात्रा फुटबलप्रेमीका लागि एउटा गहिरो सन्देश हो—
हरेक महान खेलाडी गोलकर्ता हुँदैन। कहिलेकाहीँ एउटा निर्णायक बचाउ नै एउटा गोलभन्दा ठूलो साबित हुन्छ। आँकडाभन्दा माथि उठेर टोलीलाई कठिन घडीमा जोगाउने क्षमता, नेतृत्व र निरन्तर उत्कृष्ट प्रदर्शनले नै खेलाडीलाई इतिहासमा अमर बनाउँछ।
🧤🇩🇪 ओलिभर कानले २००२ को विश्वकपमा यो सत्य संसारलाई देखाएका थिए। त्यसैले गोल्डेन बल केवल गोलको पुरस्कार होइन, प्रतियोगितामा सबैभन्दा ठूलो प्रभाव पार्ने खेलाडीको सम्मान हो। 🏆⚽
GEN-Z Dolakha

नाम फेरियो, सेवा कहिले फेरिन्छ?वागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउँदै कार्यालयहरू पनि गाभ्यो। त्यससँगै दोलखाको...
21/07/2026

नाम फेरियो, सेवा कहिले फेरिन्छ?
वागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउँदै कार्यालयहरू पनि गाभ्यो। त्यससँगै दोलखाको साविक उद्योग वाणिज्य कार्यालय अहिले उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय बनेको छ।
तर प्रश्न उठ्छ—नाममा "यातायात" थप्दैमा सेवा पनि थपिएको हो कि केवल साइनबोर्ड मात्र फेरिएको हो?
साविक उद्योग वाणिज्य कार्यालय हुँदा पनि यस कार्यालयले पूर्णकालीन कार्यालय प्रमुख पाउन सकेन। कार्यालय प्रमुखले दुई जिल्ला हेर्नुपर्ने अवस्था थियो। अब थप जिम्मेवारीसहित सञ्चालन हुने यो कार्यालयले दोलखाका नागरिकलाई गुणस्तरीय सेवा कसरी दिने?
"यातायात" शब्द थपिएपछि दोलखावासीमा ठूलो आशा पलाएको छ। काठमाडौं र जनकपुर धाएर लाइसेन्स, ट्रायल, सवारीसाधन नामसारी, नवीकरण लगायतका सेवा लिनुपर्ने बाध्यता अब अन्त्य हुन्छ कि भन्ने अपेक्षा सबैको छ।
तर यदि कार्यालयको नाम मात्र फेरिएको हो र सेवा तथा अधिकार थपिएको छैन भने, जनतामा भ्रम सिर्जना गर्ने काम किन?
सम्बन्धित कार्यालय र वागमती प्रदेश सरकारसँग स्पष्ट माग छ— दोलखामा अब कुन-कुन यातायात सेवा उपलब्ध हुन्छन्? कुन सेवा कहिलेदेखि सञ्चालन हुन्छ? र यदि सेवा सञ्चालन नहुने हो भने कार्यालयको नाममा "यातायात" किन थपियो?
दोलखाका नागरिक अब आश्वासन होइन, स्पष्ट जवाफ र व्यवहारिक सेवा चाहन्छन्।
GEN-Z Dolakha

⚠️ भीमेश्वरवासीहरूका लागि महत्वपूर्ण सूचना ⚠️🌧️ जल तथा मौसम विज्ञान विभागले भीमेश्वर नगरपालिकाका लागि "मध्यम प्रभावको उच...
18/07/2026

⚠️ भीमेश्वरवासीहरूका लागि महत्वपूर्ण सूचना ⚠️
🌧️ जल तथा मौसम विज्ञान विभागले भीमेश्वर नगरपालिकाका लागि "मध्यम प्रभावको उच्च सम्भावना" सहित भारी वर्षाको चेतावनी जारी गरेको छ।
मिति- २०८३|०४|०२ गते साँझ ५ बजे देखि मिति -२०८३|०४|०४ गते बिहान १० बजे सम्म भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध छ।

सम्भावित जोखिमहरू:
🔸 बाढी, डुबान तथा पहिरो
🔸 सडक अवरुद्ध र यातायात प्रभावित
🔸 नदी तथा खोलामा पानीको सतह बढ्ने
🔸 विद्युत, सञ्चार र खानेपानी सेवामा अवरोध
🔸 कृषि बाली तथा भौतिक संरचनामा क्षति के गर्ने?
✅ अनावश्यक यात्रा नगर्नुहोस्।
✅ नदी, खोल्सा र पहिरोको जोखिम भएका क्षेत्रबाट टाढा रहनुहोस्।
✅ मौसमको आधिकारिक सूचना नियमित रूपमा हेर्नुहोस्।
✅ आपत्कालीन अवस्थाका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्।
✅ जोखिम देखिएमा स्थानीय सरकार तथा सुरक्षा निकायको निर्देशन पालना गर्नुहोस्।
सचेत बनौँ, सुरक्षित रहौँ। एक सानो सावधानीले ठूलो दुर्घटना हुनबाट बचाउन सक्छ।
Mystic Time

काठमाडौँ, असार २३ : प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेट...
07/07/2026

काठमाडौँ, असार २३ : प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपाको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ।
​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।
​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताउनुभएको छ।
​उहाँले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।
नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उहाँको भनाइ छ।
PMO Nepal

एउटा युगको अन्त्य, अर्कोको सुरुआत!मैदानको यो दृश्यले हरेक फुटबल प्रेमीको छाती भारी बनाउँछ। विश्वकप २०२६ को मैदानमा फुटबल...
07/07/2026

एउटा युगको अन्त्य, अर्कोको सुरुआत!

मैदानको यो दृश्यले हरेक फुटबल प्रेमीको छाती भारी बनाउँछ। विश्वकप २०२६ को मैदानमा फुटबलका सर्वकालीन महान खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अङ्गालो हालेर लामिन यमालले एउटा स्वर्णिम युगको बिदाइलाई हार्दिकतापूर्वक स्वीकारेका छन्।

दुई दशकसम्म फुटबल जगतमा एकछत्र राज गरेका रोनाल्डोको यो सुखद बिदाइको साक्षी बन्दै गर्दा, यमालको आँखामा त्यो इतिहासप्रति अगाध आदर मात्र देखिँदैन, बरु फुटबलको आगामी भविष्य र सिङ्गो नयाँ पुस्ताको नेतृत्व सम्हाल्ने गहिरो आँट र जिम्मेवारी पनि प्रस्ट झल्किन्छ।

रोनाल्डोले आफ्नो काँधको विशाल विरासत र गर्विलो इतिहास यमालको काँधमा सुम्पिँदै गर्दा यो क्षण निकै भावुक बनेको छ। यो केवल दुई खेलाडीको मिलन होइन, इतिहासले भविष्यलाई सुम्पिएको एउटा महान् जिम्मेवारी हो।

नर्वेसँग स्तब्ध ब्राजिल, पाँचपटकको विश्वविजेता अन्तिम १६ बाटै घर फर्कियोफिफा विश्वकपमा पाँचपटकको विश्वविजेता ब्राजिल नर्...
06/07/2026

नर्वेसँग स्तब्ध ब्राजिल, पाँचपटकको विश्वविजेता अन्तिम १६ बाटै घर फर्कियो

फिफा विश्वकपमा पाँचपटकको विश्वविजेता ब्राजिल नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै घर फर्किएको छ । अमेरिकाको न्यु जर्सीमा भएको खेलमा अर्लिङ हल्यान्ड चम्किएपछि ब्राजिलसँगको अपराजित यात्रा नर्वेले कायम राख्यो । नर्वे २-१
ले विजयी भयो ।

ब्राजिलसँग कहिल्यै पराजित नभएको नर्वेका लागि हल्यान्डले २ गोल गरे । पहिलो हाफ बराबरी हुँदा दुवै गोल दोस्रो हाफमा हल्यान्डले गरे । २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेलाई क्वार्टर फाइनलमा पुर्‍याउन हल्यान्डले ७९ औँ र ९० औँ मिनेटमा गोल गरे । आजको खेलमा दुई गोल गरेसँगै हल्यान्डले जारी विश्वकपमा ७ गोल गरी गोल्डेन बुटको प्रतिस्पर्धामा आफूलाई एमबाप्पे र मेस्सीसँगै बराबरीमा उभ्याएका छन् ।
FIFA World Cup 2026

Address

M28V+H4W, Bhimeshwor Municipality 45500
Charikot

Website

Alerts

Be the first to know and let us send you an email when Mystic Time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share