30/10/2025
बेदिङ गाे हिमाल सफल आरोहण !!!
दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–९ का एक जना, सोलुखुम्बु थामे क्षेत्रका तीन नेपाली र दुई जापानी नागरिकले गौरीशंकर हिमाल श्रृंखलाभित्र पर्ने बेदिङ गो हिमाल (उचाइ ६,१२५ मिटर) सफलतापूर्वक आरोहण गरेका छन्।
वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार, टोलीले कार्तिक ८ गते बिहान ११:३५ बजे उत्तरतर्फको टेक्निकल रुट (North Side) बाट दोस्रो पटक मानव पाइला टेक्न सफल भएको हो।
यसअघि सन् २०१५ अक्टोबर २९ मा नेपालतर्फको नर्मल रुट हुँदै दोलखाकै छेरिङ पेमा शेर्पा सहितको टोलीले पहिलोपटक सो हिमालको शिखरमा पाइला टेक्न सफल भएको थियो।
📸 स्रोत: वडा अध्यक्ष निमगेली शेर्पा