ssavc56

ssavc56 You can contact 24/7 and you can book

Happy Father’s Day
23/08/2025

Happy Father’s Day

चार जना भन्दा बढी ब्यक्तीले एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दै गरेको यो ठुलो बाकस कुनै मेशिन नभई 5 MB भण्डारण  ...
21/08/2025

चार जना भन्दा बढी ब्यक्तीले एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दै गरेको यो ठुलो बाकस कुनै मेशिन नभई 5 MB भण्डारण क्षमता भएको हार्ड ड्राईभ हो। IBM कम्पनी द्वारा उत्पादित यो हार्ड ड्राईभ सन् 1956 मा अमेरिकास्थित एक भण्डारण कम्पनीले मासिक 3000 डलरमा भाडामा दिने गर्दथ्यो।
फोटोको कुरा गर्ने हो भने यो हार्ड ड्राईभले छ सात वटा फोटो मात्र स्टोरेज गर्न सक्दथ्यो। अहिले 512 GB को स्मार्ट फोनमा हजारौं फोटो र भिडियोहरु स्टोर गर्ने बर्तमान पुस्ताको लागी प्रबिधीमा भएको यो परिवर्तन अचम्मको बिषय हुनसक्छ।
साभार:अन्तराष्ट्रीय मिडियाबाट ゚viralシfypシ゚

KFC Style Chicken Recipe🔶Ingredients:5 chicken leg piecesFor marination:1 egg1/2 lemon juice4 teaspoons milk1 bowl oats1...
26/07/2025

KFC Style Chicken Recipe
🔶Ingredients:
5 chicken leg pieces

For marination:
1 egg
1/2 lemon juice
4 teaspoons milk
1 bowl oats
1/2 bowl all-purpose flour (maida)
A pinch of dry ginger powder (saunth)
A pinch of turmeric
2 teaspoons cornflour
1 teaspoon red chili powder
1 teaspoon black pepper
1 teaspoon salt
1 teaspoon ginger-garlic-green chili paste
Oil for deep frying as needed

🔶Preparation:
Wash the chicken pieces thoroughly. Use a knife to gently score the chicken pieces so the spices can pe*****te inside. Mix ginger-garlic-green chili paste, salt, black pepper, red chili powder, turmeric, and taste-adjusted salt into the chicken. Marinate for 1 hour.

In a separate bowl, mix all-purpose flour, cornflour, dry ginger powder, red chili powder, black pepper, and salt. Keep aside.

In another bowl, beat the egg and milk together well.

Take oats in a bowl and crush them lightly with your hands.

Dip the marinated chicken pieces into the dry flour mixture, coating them well. Then dip them into the egg-milk mixture. After that, coat them thoroughly with crushed oats.

Heat oil in a deep pan. Fry the coated chicken pieces in hot oil for 5 minutes on high heat. Then reduce the flame and fry for an additional 5-7 minutes until they are crispy, golden brown, and cooked through.

Serve hot. These crispy, crunchy, and juicy chicken pieces are similar to KFC style. Serve with tomato ketchup or your favorite dip.

Enjoy the delicious homemade chicken that is crispy outside and tender inside. Kids love this recipe, and making it at home is a great way to treat them without going outside.

Baby Shower, Maternity, दही चिउरा खुवाउने कार्यक्रम  (Purusotam & Manisha)
15/07/2025

Baby Shower, Maternity, दही चिउरा खुवाउने कार्यक्रम (Purusotam & Manisha)

कस्तो लाग्यो हजुरहरूलाई..?
23/06/2025

कस्तो लाग्यो हजुरहरूलाई..?

Fireworks , Eid Celebrations, Al wakra Souq, Qatar
10/06/2025

Fireworks , Eid Celebrations, Al wakra Souq, Qatar

🎇 Eid Al-Adha 2025 • Dates: June 6–9, 2025 • Time: Every night around 8:30 PM • Details: Mesmerizing fireworks by the waterfront at Old Al Wakrah Souq, fre...

भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरेवापत् कान्तिपुरको जागिर गुमाएका पत्रकार देवेन्द्र भट्टराई लेख्छन् - ७ अर्ब...
16/04/2025

भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरेवापत् कान्तिपुरको जागिर गुमाएका पत्रकार देवेन्द्र भट्टराई लेख्छन् -
७ अर्बभन्दा बढीको सहकारी ठगी हुँदा पनि सबै मौन छन्।
- गीता बस्नेत : पक्राउ पुर्जी लागेकी सांसद, फरार — तर बिदा पास!
- अञ्जला कोइराला : सहकारी रकम हिनामिना — १० लाख धरौटीमा छुट, किनकि एमाले
- धनराज गुरुङ : केन्द्रीय अनुसन्धान ब्युरोको फाइलमा — तर खुला आकाशमा किनकि कांग्रेस
- जयवीर देउवा : ४ वर्षमा ७३ रोपनी! — सम्पत्ति शुद्धीकरण आयोगको नजर बाहिर
तर…
रवि लामिछाने?
न संचालक, न ऋणी, न सदस्य — तर सिधा थुना!
जसको अपराध होइन, अडान ठूलो देखियो।
यति धेरै सहकारी ठग–ठगीको घनचक्करमा ‘रविलाई मात्रै किन?’ भनेर नाम लिइदियो भने घण्टी पार्टी होइएला कि भन्ने त्रास छ।
असन्तुष्टि, निराशा र प्रतिरोधको कुरा गर्‍यो भने कतै ‘राजावादीमा दर्ज भइएला’ कि भन्ने भय छ।
यो कस्तो न्याय हो जहाँ रवि थुनामा, अरु ठगहरु बिजनेस क्लासमा ?.


CP
#नेपालमा

नव बर्ष २०८२ साल २०८१ सालभन्दा अझै राम्रो रहोस सुख सम्बृद्धि र दिर्ग रहोस हजुरहरूले सोचेको र आटेको काम सिद्ध होस स्वदेश ...
13/04/2025

नव बर्ष २०८२ साल २०८१ सालभन्दा अझै राम्रो रहोस सुख सम्बृद्धि र दिर्ग रहोस हजुरहरूले सोचेको र आटेको काम सिद्ध होस स्वदेश तथा बिदेशमा आफ्नो कर्मगरिरहने हातहरूमा थकाईको महसुश कहिल्लै नहोस नेपालको राजनितीले राम्रो बाटोबाट देशको उन्नती र प्रगती देख्न र सुन्ने मौका प्रदान गरोस् यहिनै सम्पुर्णमा नव बर्षको हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2082 B.S. #नेपालमा

SEE 2081 आजदेखि परीक्षा सुरु हुँदैछ। विद्याकि देवी सरस्वती माताको आशीर्वादले  सबै प्रश्नहरूको उत्तर सहजै सुल्झियोस् र पर...
20/03/2025

SEE 2081 आजदेखि परीक्षा सुरु हुँदैछ। विद्याकि देवी सरस्वती माताको आशीर्वादले सबै प्रश्नहरूको उत्तर सहजै सुल्झियोस् र परिक्षार्थीहरूले गरेको कडा मेहनतको प्रतिफल अवश्य प्राप्त हुनेछ।

आत्मविश्वास राखेर आफ्नो क्षमता अनुसार परीक्षा दिनु हुन सम्पुर्ण परिक्षार्थीलाई शुभकामना साथै उज्जवल र समृद्ध भविष्य कामना !🙏

16/02/2025

beautiful place in Al wakra old souq 2025

‘आज २०८०/१२/१५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको सफलत...
27/03/2024

‘आज २०८०/१२/१५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको सफलता र उज्ज्वल भविष्यको कामना गर्दछु ।’ Best Of Luck

अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले ...
21/03/2024

अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !

भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो। त्यसको एक वर्षपछि यस्तै एक अर्को बिदाइमा इन्दिरा फुँयालको सर्टमा लेखिएको खरिदारदेखि सहसचिवसम्मको सपना सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पहिलो सन्देश रोजगारी नपाएर बिदेसिनुपर्ने लाखौं युवाको बाध्यताको प्रतिविम्ब थियो। दोस्रो सन्देशमा स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर काम गर्न सकिन्छ भन्ने आशाको किरण झल्कन्छ।

विद्यालयबाट मंगलबार बिदाइ हुँदै गरेकी फुँयालको सर्टमा ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०–सहसचिव’ भन्ने टाइमलाइन लेखिएको छ। ‘कक्षा १२ को परीक्षा सकिएपछि विद्यालयमा आयोजित बिदाइ कार्यक्रममा धेरैले आफ्नो उद्देश्य विदेश जाने सुनाए,’ एभरेस्ट आवासीय विद्यालयमा अध्ययनरत फुँयालले भनिन्, मैलेचाहिँ स्वदेशमै बसेर देशको सेवा गर्ने रहर सुनाएँ।’ स्वदेशमै बसेर देशको सेवा गर्ने रहर रहेको भनेपछि विद्यालयका शिक्षक डम्बर थापा मगरले सर्टमा टाइमलाइनसहितको सन्देश लेखिदिएको उनले बताइन्।

नुवाकोट बेलकोटगढी घर भएकी उनी बाबुआमाकी एक्ली सन्तान हुन्। देशमा भ्रष्टाचार तथा अनियमितताका खबर बारम्बार सुनेकी उनले आफूमा यहीं बसेर काम गर्ने रहर पलाएको बताइन्। ‘गाली गरेर विदेश भाग्नुभन्दा यहीं देशमा बसेर काम र सेवा गर्न चाहन्छु,’ उनले भनिन्, ‘मेरो यो रहरको धेरैले तारिफ गरिदिएकोमा थप खुसी मिलेको छ।’

यो सन्देशले युवा वर्गमा सरकारी सेवाप्रति मोह देखाउँछ। यसको प्रतिविम्ब लोकसेवा आयोगको पछिल्लो एउटा तथ्यांकले पनि देखाएको छ। आर्थिक वर्ष २०७९-८० मा आयोगले ३ हजार ३ सय ५७ पदका लागि आह्वान गरेको विज्ञापनमा ४ लाख ८३ हजार २ सय ३ जनाले दरखास्त दिएका थिए। कुल दरखास्तमध्ये २१–२५ उमेर समूहका १ लाख ६० हजार ४५४ (३३.५४%) र २६ देखि ३० वर्ष उमेर समूहका १ लाख ३२ हजार ४३७ जना थिए।

फुँयालको सर्टमा लेखिएको टाइमलाइनसहितको तस्बिर भाइरल भएसँगै त्यसमा प्रतिक्रिया जनाउने पनि धेरै छन्। धेरैजसोले एक वर्षअघि खाडीको ‘विरक्त’ सन्देश सम्झँदै नयाँ सन्देशमा आशाको किरण भएको प्रतिक्रिया दिएका छन्।

यो सकारात्मक इच्छा हो,’ इन्दिराको सन्देशयुक्त तस्बिर सार्वजनिक गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत वर्ष यही समयमा विदेशमा भेटौंला भन्ने लेखिएको तस्बिर देखेको थिएँ। विदेश जानु पनि नराम्रो होइन तर स्वदेशमै उद्यम र सेवा गर्नु त्योभन्दा राम्रो हो।’

ओलीजस्तै धेरै यो सन्देशले खुसी भएका छन्। ‘खाडी मुलुकमा भेट्ने है भन्नेहरूलाई सांकेतिक झटारो हान्दै देशमा केही गर्न चाहनेका लागि यो सन्देश निकै आशालाग्दो छ,’ सामाजिक सञ्जालमा उन्नति रिमाल लेख्छिन्, ‘यसले खुसियाली छाएको छ, युवा स्वदेशमा नै रहन चाहन्छन् भन्ने भाव दिएको छ।’

त्यतिबेला साथीको सर्टमा खाडीमा भेटौंला भन्ने सन्देश लेख्ने निराजन मैनाली पनि यो सन्देशप्रति सकारात्मक छन्। खाडी जानु आफ्नो रहर नभएर बाध्यता भएको बताउने उनी त्यही बाध्यताको सन्देश त्यतिबेला लेखेको सुनाउँछन्। उनले लेखको बिदाइ सन्देशले सामाजिक सञ्जालमा धेरैको मन छोएको थियो। धेरैले यसलाई नेपाली समाजको तितो यथार्थ भनेका थिए।

‘यो प्लस टु पछि सबै विद्यार्थीको दिमागमा चल्ने तरंग हो,’ पोहोर सामाजिक सञ्जालमा अजय श्रेष्ठले लेखेका थिए, ‘यो नेपालको दुःखद यथार्थता पनि हो।’ पछिल्लो सन्देश आशालाग्दो छ। ‘स्वदेशमै उद्यम र सेवा गर्नु त्यो सबैभन्दा राम्रो हो,’ मैनाली भन्छन्, ‘यसका लागि स्वदेशमै वातावरण बने हरेक विद्यार्थी यहीं बसेर केही गर्न चाहन्छन्।’

वैदेशिक रोजगार नेपालीको बाध्यताको उपज रहेको वैदेशिक रोजगारविज्ञ समाजशास्त्री डा. गणेश गुरुङ बताउँछन्। अहिलेसम्म पनि वैदेशिक रोजगारलाई केबल विकल्पका रूपमा राखेर सरकारले देशभित्रै रोजगारका अवसर दिन नसक्नु दुःखद रहेको उनी बताउँछन्। ‘अवसर पाए युवा स्वदेशमै रोकिन चाहन्छन्,’ उनी भन्छन्, ‘राज्यको पहिलो कर्तव्य युवालाई स्वदेशमै काम गर्ने वातावरण तयार गर्नु हो।’

एक वर्षअघि भक्तपुरको एक विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा काभ्रेपलान्चोकको तिमाल घर भएका नीराजन मैनालीले आफ्ना साथी नीरज तामाङको सर्टमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका थिए। ‘साथीले मेरो सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे,’ मैनालीले भने, ‘तर मलाई त्यसमा विश्वास लागेन, त्यसैले खाडीमा भेटौंला भनेर उसको सर्टमा लेखें।’

उनले पछिल्लो सन्देश निकै आशालाग्दो रहेको बताए। उनी यो सन्देश यथार्थमा परिणत भएको हेर्न चाहन्छन्। उनले भने, ‘बरु हाम्रो सन्देश पूरा नभए पनि उन (इन्दिरा फुयाँल) को रहर पूरा भएको हेर्न चाहन्छौं।’

Address

Araniko Highway
Chautara
00977

Website

Alerts

Be the first to know and let us send you an email when ssavc56 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ssavc56:

Share

Category