Jugal Digital

Jugal Digital Hello namaste welcome all of you respectable & honour person. just a like us find more any composition for mind freshness & entertainment.

welcome all of you then if you visit this page and you're don't forget like the page

08/01/2025

Nepali Songs

२०८१-०४-१४पोखरा पोखरा महानगरपालिका  वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाक...
29/07/2024

२०८१-०४-१४
पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्।
बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए।
उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए।
बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ।

श्रोत : सेतोपाटी

२०८१-०४-०५ शनिबार,दोलखाको भिमेश्वर मन्दिरको सिलामा दिउसो ०१:४७ बजेबाट पसिना आएको छ । सुरूवाती २ घण्टा सिलाको बाँयातिरबाट...
20/07/2024

२०८१-०४-०५ शनिबार,

दोलखाको भिमेश्वर मन्दिरको सिलामा दिउसो ०१:४७ बजेबाट पसिना आएको छ । सुरूवाती २ घण्टा सिलाको बाँयातिरबाट आएर राेकिएकाे पसिना पुन: अपरान्ह ०४:०५ बजेबाट शिरबाट पसिना आउन सुरू भएको छ । स्थानीयको घुइँचो लागेको छ । भिमेश्वर मन्दिरमा पसिना आउँदा देशमा अनिष्ट हुने जनविश्वास छ ।

15/07/2024

२०८१-०३-३१,सिन्धुपाल्चोक

सिन्धुपाल्चोक अरनिको राजमार्ग अन्तर्गत बारबिसे नगरपालिका वडा नं ३-५ जोड्ने खाग्दल खोलाको पुल गएराति को बर्षाको कारण बगाएको छ साथै खाग्दल बस्तिमा क्षति पुगेको छ ।

२०८१-०३-३१सिन्धुपाल्चोकपाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक लार्के खोलामा गए राती आएको भीषण बाढीले मेलम्ची भोताङ सड...
15/07/2024

२०८१-०३-३१
सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक लार्के खोलामा गए राती आएको भीषण बाढीले मेलम्ची भोताङ सडक, वडा नं १ र २ जोड्ने झोलुङ्गो पुलहरू र तटिय क्षेत्रको खेती योग्य जमिन बगाएको छ । अहिलेसम्म मानविय क्षति भने भएको छैन तर पनि विपत न्युन भईसकेको अवस्था छैन । चिनियापुल,माझीरुम्टी, तीपेनी, खस्रेबालुवा र खाल्डेखोला,तीपेनीको ड्याम र हस्पिटल,याङरी बस्ती,सुनचौर र मइखर्कमा बस्ने सबै जोखिममा रहेको छ । उच्च सतर्कता अपनाऔं ।

स्रोत: चिरन तामाङ

२०८१-०३-२८दुखद खबर :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् ...
12/07/2024

२०८१-०३-२८
दुखद खबर :
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेकाे बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ
सतर्क रहौं, सुरक्षित यात्रा गरौं, ईमर्जेन्सी बाहेक यात्रा नगरौं ।

२०८१-०३-२६धुलिखेल खावा सडकको ताजा अवस्था,यात्रा गर्दै हुनुहुन्छ भने बैकल्पिक बाटो प्रयोग गर्नुहुन सम्पुर्णमा अनुरोध 🚌
10/07/2024

२०८१-०३-२६
धुलिखेल खावा सडकको ताजा अवस्था,
यात्रा गर्दै हुनुहुन्छ भने बैकल्पिक बाटो प्रयोग गर्नुहुन सम्पुर्णमा अनुरोध 🚌

07/07/2024

काठमाडौ - २०८१-०३-२३

शिक्षामा सुधार आवश्यक

सिन्धुपाल्चोक - २०८१-०३-२२सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हिन्दीमा निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको ढलान...
06/07/2024

सिन्धुपाल्चोक - २०८१-०३-२२

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हिन्दीमा निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको ढलान खसेर बेपत्ता भएका दुई मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।

शुक्रबार करिब साँढे १ बजे घटना भएलगत्तै उद्धारकार्य थालिए पनि बिहान चार बजे मात्रै मृत अवस्थामा उनीहरुलाई भेट्टाइएको हो । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारु छन् । उनीहरुको शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जोशीले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेकाले निकाल्न अप्ठ्यारो भएको थियो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । गत बर्षको साउन महिनाबाट निर्माण सुरु गरिएको भोटेकोशी-१ जलविद्युत्को सुरुङभन्दा माथि शुक्रबार मजदुर काम गरिरहेको समयमा एक्कासी स्ल्याब भत्किएको थियो । जिल्ला प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले १३ जना फसेकामध्ये ११ जनाको उद्धार गरिएको बताए । उनले अधिकाशंको टाउको ,पेट र हातपाउमा चोट लागेको बताए ।

‘घाइतेमध्ये एकको अवस्था गम्भीर छ, केहीको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल रेफर गरिएको छ,’ डीएसपी भट्टराईले भने । उनका अनुसार घाइते हुनेमा दोलखाका बढी छन् । दोलखाका रामचन्द्र रिमाल, साइला थामी, गोपाल थामी, पदम थामी, विजय थामी, विशाल थामी, बर्दियाका दुर्गा थारु, रोल्पाका साशन थापा, इलामका शाकबहादुर श्रेष्ठ छन् । बर्दियाका लाहनु थारुको अवस्था गम्भीर भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

भोटेकोशी १ आयोजनाले चीनसँग सीमा जोडिएको भोटेकोशी गापा १, ३, ४ र ५ वडाको करिब ४ दशमलव २५ हेक्टर जमिन प्रयोग गर्ने अनुमति पाएको थियो । आयोजना इलेक्ट्रिको पावर कम्पनी लिमिटेडले करिब ८ अर्बको लागतमा निर्माण गर्न लागेको हो ।

- khullapana.com

05/07/2024

२०८१-०३-२१
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएका छन् । सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ । बाँकी २ जना बेपत्ता रहेको र खोजी संगै उद्धारको प्रयास भइरहेको छ ।
मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो । उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्‍याइएको छ । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउन देखि निर्माणा सुरु भएको हो ।
-Routine of Sindhupalchok

04/07/2024

Address

Chautara

Alerts

Be the first to know and let us send you an email when Jugal Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jugal Digital:

Share