Halkaro TV

Halkaro TV हल्करोल टि.भी.को आधिकारिक फेसबुक पेजमा तपाईँलाई स्वागत छ। हामी देश तथा बिदेशका ताजा खबरहरु सम्प्रेषण गर्नेछौं। हामीलाइ Like अनि Follow गरी साथ दिनुहोला ।
(1)

जय पाथीभरा माता !  सांसद हर्क साम्पाङले पाथीभरा माताको दर्शन गरेका छन् । ❤️
14/07/2026

जय पाथीभरा माता ! सांसद हर्क साम्पाङले पाथीभरा माताको दर्शन गरेका छन् । ❤️

14/07/2026

चितवनको खैरहनी–६ सुनगाभा टोल डुबानमा, अविरल वर्षापछि बस्ती जलमग्न

चितवन, असार ३०।
अविरल वर्षापछि चितवन जिल्लाको खैरहनी नगरपालिका–६ स्थित सुनगाभा टोल डुबानमा परेको छ। लगातारको वर्षासँगै सडक, घरआँगन तथा आसपासका क्षेत्र बाढीको पानीले जलमग्न बनेपछि स्थानीयवासीको जनजीवन प्रभावित भएको छ।

स्थानीयबाट प्राप्त भिडियो तथा तस्बिरमा सडकमा बाक्लो भेल बगिरहेको, घरहरू चारैतिरबाट पानीले घेरिएको तथा आसपासका कृषि योग्य जमिनसमेत डुबानमा परेको देखिन्छ। डुबानका कारण स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ।

स्थानीयवासीले पानी निकासको उचित व्यवस्था, प्रभावित क्षेत्रको अनुगमन तथा आवश्यक राहत र उद्धारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

📹 भिडियो/तस्बिर: स्थानीयवासी
📍 स्थान: खैरहनी नगरपालिका–६, सुनगाभा टोल, चितवन

शरिरमा पेट्रोल खन्याई आत्मदा'ह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा मृ' त्यु भएको छ। उनको गएराति २ बजे कीर...
14/07/2026

शरिरमा पेट्रोल खन्याई आत्मदा'ह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा मृ' त्यु भएको छ। उनको गएराति २ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा मृ' त्यु भएको अस्पतालले जनाएको छ।

14/07/2026

भरतपुर ४ यज्ञपुरीमा बढ्यो चोरी, शंकास्पद गतिविधिबारे प्रहरीलाई खबर गर्न अपिल

14/07/2026

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै पानी कहाँ-कहाँ पर्यो त? 🌧️

१. चितवन, देवघाट (२५०.२ मिलिमिटर)
२. चितवन, नारायणी फिल्ड कार्यालय (२२२.२ मिलिमिटर)
३. ४. नवलपरासी, डुम्कौली (१६४.८ मिलिमिटर)
४. चितवन, रामपुर (१५९.८ मिलिमिटर)
५. कास्की, लामापाटन (१५८.६ मिलिमिटर)
६. चितवन, त्रिशूली खोला (१४२.४ मिलिमिटर)
७. स्याङ्जा, पञ्चमूल (१२०.२ मिलिमिटर)
८. तनहुँ, खोटागाउँ (११४ मिलिमिटर)

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏
14/07/2026

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

लगातारको बर्षाका कारण निकास नहुदा पर्यटकीय नगरी सौराहा डुवानमा परेको छ।
14/07/2026

लगातारको बर्षाका कारण निकास नहुदा पर्यटकीय नगरी सौराहा डुवानमा परेको छ।

२०८३ असार ३० गते मङ्गलबार,आजको दैनिक राशिफल♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आत्मविश्वासका साथ अघि बढ्दा रोकिए...
14/07/2026

२०८३ असार ३० गते मङ्गलबार,आजको दैनिक राशिफल

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वासका साथ अघि बढ्दा रोकिएका काममा गति आउनेछ। नयाँ योजना बनाउन वा पुराना कार्य पूरा गर्न समय अनुकूल देखिन्छ। परिवार तथा साथीभाइको सहयोगले मनोबल बढ्नेछ। खर्चमा नियन्त्रण गर्न सके आर्थिक सन्तुलन कायम रहनेछ। हतारभन्दा योजनाबद्ध निर्णयले राम्रो परिणाम दिनेछ।
आजको मन्त्र : ॐ मंगलाय नमः
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक विषयमा सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। आम्दानीका नयाँ अवसर देखिए पनि अनावश्यक खर्चबाट बच्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध अझ सुमधुर बन्ने संकेत छ। अनुभवको सही उपयोगले कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ। धैर्य र विनम्रताले सफलता दिलाउनेछ।
आजको मन्त्र : ॐ श्रीं महालक्ष्म्यै नमः
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्र राशिमा रहेकाले आत्मविश्वास, निर्णय क्षमता र बोल्ने प्रभाव बढ्नेछ। नयाँ काम सुरु गर्न, अध्ययन वा व्यापार विस्तारका लागि समय राम्रो छ। साँझपछि पारिवारिक जिम्मेवारी बढ्न सक्छ। आफ्ना विचार स्पष्ट रूपमा राख्दा राम्रो सहयोग प्राप्त हुनेछ। सकारात्मक सोचले दिन सफल बनाउनेछ।
आजको मन्त्र : ॐ बुधाय नमः
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साँझपछि चन्द्र आफ्नै राशिमा प्रवेश गर्ने भएकाले मानसिक शान्ति र आत्मबल बढ्नेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। नयाँ योजना वा व्यक्तिगत निर्णयमा सफलता प्राप्त हुने संकेत छ। भावनामा सन्तुलन कायम राख्दा सम्बन्ध अझ प्रगाढ बन्नेछन्। धार्मिक कार्यमा रुचि बढ्न सक्छ।
आजको मन्त्र : ॐ सोमाय नमः
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज केही समय आत्मविश्लेषण र भविष्यको तयारीमा खर्चिनु लाभदायी हुनेछ। गोप्य योजना वा अनुसन्धानसम्बन्धी कार्य सफल बन्न सक्छ। स्वास्थ्यमा विश्राम र नियमित खानपान आवश्यक देखिन्छ। शिव वा गणेश आराधनाले मानसिक शान्ति प्रदान गर्नेछ। धैर्यले कठिनाइलाई अवसरमा बदल्न सक्छ।
आजको मन्त्र : ॐ सूर्याय नमः
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मित्र, शुभचिन्तक तथा सामाजिक सम्बन्धबाट राम्रो सहयोग प्राप्त हुनेछ। नयाँ अवसर वा सहकार्यको सम्भावना देखिन्छ। आफ्नो अनुभव र सीपले अरूको विश्वास जित्नुहुनेछ। आर्थिक पक्षमा पनि क्रमशः सुधार आउनेछ। सकारात्मक व्यवहारले सम्बन्धलाई अझ बलियो बनाउनेछ।
आजको मन्त्र : ॐ बुधाय नमः
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्ने अवसर प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारीसँगै सम्मान पनि बढ्ने संकेत देखिन्छ। निर्णय गर्दा व्यावहारिक सोच अपनाउनु राम्रो हुनेछ। निरन्तर प्रयासले दीर्घकालीन सफलता दिलाउनेछ।
आजको मन्त्र : ॐ शुक्राय नमः
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्य पक्ष बलियो रहनेछ। अध्ययन, धार्मिक कार्य, यात्रा वा नयाँ ज्ञान प्राप्तिका लागि समय शुभ छ। गुरुजनको मार्गदर्शन लाभदायी हुनेछ। नयाँ अवसरलाई आत्मविश्वासका साथ स्वीकार गर्नुहोस्। सकारात्मक सोचले भविष्यका बाटा खुलाउनेछ।
आजको मन्त्र : ॐ नमः शिवाय
♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आर्थिक लेनदेन, लगानी वा साझेदारीका विषयमा सावधानी अपनाउनु आवश्यक छ। भावनामा बगेर निर्णय नगर्नु नै उचित हुनेछ। स्वास्थ्यमा नियमितता र अनुशासन आवश्यक देखिन्छ। पुराना अनुभवले सही निर्णय लिन सहयोग गर्नेछन्। धैर्यले सफलता नजिक ल्याउनेछ।
आजको मन्त्र : ॐ बृहस्पतये नमः
♑ मकर (भो, ज, जि, ख, खु, खे, खो, गा, गि)
वैवाहिक जीवन, साझेदारी तथा व्यापारिक सहकार्यका लागि दिन शुभ रहनेछ। स्पष्ट संवादले सम्बन्धलाई अझ सुदृढ बनाउनेछ। नयाँ सम्झौता वा सहकार्यबाट लाभ मिल्ने सम्भावना छ। अरूको भावनाको सम्मान गर्दा प्रतिष्ठा बढ्नेछ। संयमित व्यवहारले दीर्घकालीन सफलता दिलाउनेछ।
आजको मन्त्र : ॐ शनैश्चराय नमः
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दैनिक कार्यमा व्यस्तता बढे पनि मेहनतको उचित फल प्राप्त हुनेछ। स्वास्थ्यमा खानपान र विश्राममा ध्यान दिनु आवश्यक छ। सहकर्मी तथा सहयोगीबाट राम्रो साथ प्राप्त हुनेछ। समय व्यवस्थापनले कठिन कामलाई पनि सहज बनाउनेछ। अनुशासन नै आजको सफलताको आधार हुनेछ।
आजको मन्त्र : ॐ शनैश्चराय नमः
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सिर्जनशील कार्य, अध्ययन, सन्तान तथा प्रेम सम्बन्धका विषयमा शुभ संकेत देखिन्छ। आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। विद्यार्थीका लागि दिन फलदायी रहनेछ। नयाँ सोच र सिर्जनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। आत्मविश्वासका साथ अघि बढ्नुहोस्।
आजको मन्त्र : ॐ नमो भगवते वासुदेवाय

वर्षाका कारण भरतपुर–११ भोजाड–पदमपुर भित्री सडकमा ढलेका दुई रुख नेपाल प्रहरी, वन, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रय...
13/07/2026

वर्षाका कारण भरतपुर–११ भोजाड–पदमपुर भित्री सडकमा ढलेका दुई रुख नेपाल प्रहरी, वन, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा हटाइएपछि दुईतर्फी यातायात सुचारु भयो।

13/07/2026

'जनतालाई दुःख कहिलेसम्म ... ?' बाटो नबन्दा वडा अध्यक्ष
प्रकाश सापकोटाको आक्रोश...

Address

Bharatpur-9
Chitwan
44200

Telephone

+9779845611081

Website

Alerts

Be the first to know and let us send you an email when Halkaro TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Halkaro TV:

Shortcuts

Share