14/06/2026
मोनाष्टिक स्कुलका प्रबन्धक डा. सोनु कुमार शाह प्रतिष्ठित Google for Education Certified Innovator बन्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई विद्यालय, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रकै लागि गौरवको विषय हो। उहाँको नेतृत्व, नवीन सोच र प्रविधिमैत्री शैक्षिक अभ्यासले आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न थप प्रेरणा र योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
उहाँको यस सफलताले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने शुभेच्छा। 🎉📚👏