25/08/2026
कमल–५ पाडाजुङ्गीमा करिब एक करोड लगानीमा ‘Banmara Café’ सञ्चालनमा आउँदै
कमल, झापा । झापाको कमल गाउँपालिका–५, पाडाजुङ्गीमा Asian Highway सँगै करिब एक करोड रुपैयाँको लगानीमा Banmara Café सञ्चालनमा आउने भएको छ। युवा महिला उद्यमीहरूको उत्साही तथा सिर्जनशील टिमको लगानी र व्यवस्थापनमा सञ्चालनमा आउन लागेको क्याफेले स्वादिष्ट परिकारसँगै पारिवारिक वातावरण, कार्यक्रम आयोजना गर्ने सुविधा तथा आरामदायी बसाइको समेत व्यवस्था गरेको छ।
Banmara Café मा विभिन्न स्वादिष्ट खानाका परिकारसँगै ग्राहकको रोजाइलाई ध्यानमा राखेर खानाका विविध विकल्प उपलब्ध हुनेछन्। पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट तथा फुर्सदको समय बिताउन उपयुक्त शान्त र आत्मीय वातावरण तयार गरिएको सञ्चालक पक्षले जनाएको छ।
क्याफेको अर्को विशेष आकर्षणका रूपमा सुविधासम्पन्न हल तथा Rooftop लाई लिइएको छ। जन्मदिन, बैठक, सेमिनारलगायत विभिन्न सामाजिक तथा व्यावसायिक कार्यक्रम आयोजना गर्न सकिने हलको व्यवस्था गरिएको छ। यस्तै, Rooftop बाट वरपरको मनमोहक दृश्यावलोकन गर्दै खानपिनको आनन्द लिन सकिनेछ।
Banmara Café मा बसाइका लागि सुविधासम्पन्न तथा आरामदायी Room हरूको समेत व्यवस्था गरिएको छ। छोटो समयका लागि आराम गर्नेदेखि बाहिरबाट आउने पाहुनाका लागि सहज बसाइको विकल्पका रूपमा यी Room हरू उपयोगी हुने सञ्चालक पक्षको अपेक्षा छ।
Asian Highway सँगै रहेको सहज पहुँचयुक्त स्थान, पर्याप्त पार्किङ, सुविधासम्पन्न Room, कार्यक्रमका लागि हल, आकर्षक Rooftop तथा शान्त र पारिवारिक वातावरण Banmara Café का प्रमुख विशेषता हुन्।
Banmara Café को भव्य शुभारम्भ भदौ १० गते दिउँसो १ बजेदेखि कमल–५, पाडाजुङ्गीमा हुने भएको छ। सञ्चालक पक्षले उद्घाटन समारोहमा उपस्थित भई नयाँ स्वाद, नयाँ अनुभव र नयाँ गन्तव्यसँग परिचित हुन सबैलाई निमन्त्रणा गरेको छ।
🌿 Banmara Café
Good Food. Warm Vibes. Memorable Moments.
📍 स्थान: कमल–५, पाडाजुङ्गी, झापा
📅 उद्घाटन: भदौ १० गते
⏰ समय: दिउँसो १ बजेदेखि
📞 सम्पर्क: 9804948204 / 9769695341
Banmara Café — स्वाद, आत्मीयता, आराम र सम्झनाका लागि नयाँ गन्तव्य।