Tarai Times National Daily

Tarai Times National Daily Tarai Times is a National Daily newspaper publish daily from Janakpur Dham. The official Tarai Times National Daily page.

News from Nepal: Politics, Society, Business, Sports, Entertainment and more.

14/04/2016

Like & Share

Sajilo Net is a licensed company authorize by NTA to provide internet service throughout the country

13/04/2016
खोटाङ बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, ११ जनाको सनाखत ------------------------------------------------------------...
12/04/2016

खोटाङ बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, ११ जनाको सनाखत
-------------------------------------------------------------------------
३० चैत, दिक्तेल । खोटाङको महादेवस्थान-४ बर्खेटारस्थित काभ्रेपानी भिरमा मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६३७६ नम्बरको बस सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा १५ पुरुष र ७ महिलाको मृत्यु भएको हो । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

मृतकमध्ये ११ जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुर ताम्ली-७ का शान्त राई, उनका छोरा ओमश्री राई, उदयपुरकै बर्जुनारायण श्रेष्ठ र हेम सुनुवार छन् ।

यसैगरी खोटाङ निर्मली डाँडाकी बिमला राई, खोटाङ क्यात्मीटारका प्रेम राई, मेजर राई र याम्खाका भैरव राईको पनि दुर्घटनामा मृत्यु भएको छ ।

नेत्र कुमार राई, गोविन्द तिमल्सिना, सोलुखुम्बुकी सुष्मा राई र सोम सुन्दासको मृत्यु भएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका इन्सपेक्टर फुर्गेली शेर्पाले जानकारी दिए ।

घाइतेमध्ये २३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश केएमले जानकारी दिए ।

शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ग्रीनसिटी अस्पतालमा १ जना, नेपाली सेनाको छाउनी अस्पतालमा १ जना र बी.एण्ड बी अस्पतालमा १ जनाको उपचार भइरहेको छ । सामान्य घाइतेहरुको ताप्ले अस्पताल हलेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी अर्खौले, नुनथला, लामीडाँडा र बुईपाबाट उद्धार टोली खटिएका थिए ।

सबै मिलेर संविधान कार्यान्वयन गरौं: पूर्वराष्ट्रपति यादव----------------------------------------------------------३० चैत...
12/04/2016

सबै मिलेर संविधान कार्यान्वयन गरौं: पूर्वराष्ट्रपति यादव
----------------------------------------------------------
३० चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । संविधानसभाबाट संविधान जारी भएसँगै नेपाली जनताको सात दशक लामो चाहना पूरा भएको उनले बताए ।

एण्टेना फाउण्डेशनले मंगलबार आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले संविधानको कार्यान्वयनमा चुनौती देखापरे पनि सबै दल आपसमा मिले सबै त्यस चुनौतीलाई पार लगाउन सकिने धारणा राखे ।

संविधानले सबै जाति, भाषा, वर्ग, समुदाय र भूगोललाई समान अवसर दिएको भन्दै उनले सबै दलहरु अब संविधानको प्रभावकारी कार्यान्वयनमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘दलहरु आपसमा मिलेर संविधानको प्रभावकारी कर्यान्वयन गरे मुलुकको समृद्धि धेरै टाढा छैन ।

सरकारको ६ महिने कार्यकाल प्रचारबाजीमै सीमित : सांसद डा. महतो------------------------------------------------------------...
12/04/2016

सरकारको ६ महिने कार्यकाल प्रचारबाजीमै सीमित : सांसद डा. महतो
--------------------------------------------------------------------------
काठमाडौं, ३० चैत्र । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् केन्द्रीय सदस्य डा. वीरेन्द्र महतोले वर्तमान सरकारको ६ महिने कार्यकाल प्रचारबाजीमै सीमित भएको आरोप लगाएका छन् । सोमबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद महतोले ओली नेतृत्वको सरकारले जनतालाई राहत दिने कुनै काम नै गर्न नसकेको बरु सस्तो प्रचारबाजीमै ६ महिना खेर फालेको बताएका हुन् । उनले भने,“यो बीचमा बरु प्रधानमन्त्री तथा मन्त्रीहरु विदेश घुम्न मै समिति हुनुभयो, जनता अभावमा जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।”

सांसद डा. महतोले मोर्चाले सहमतिबाटै मुलुकलाई निकास दिनका लागि एक महिनासम्म आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर वार्ता तथा सहमतिको लागि अथक प्रयास गर्दापनि सरकार पक्षले कुनै गम्भिर चासो नदेखाएको गुनासो पोखे । उनले भने,“मोर्चाले सहमतिको लागि दिएको समय सरकारले त्यतिकै खेर फालेको र आन्दोलन घोषणा गरिसकेपछि मात्रै सरकारले वार्ताको नाटक रचिरहेको छ, यसले मुलुकलाई निकास दिँदैन ।”

मधेश आन्दोलनले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको उल्लेख गर्दै सभासद महतोले अन्र्तराष्ट्रिय लगानी भित्र्याउन पनि चाँडो भन्दा चाँडो वार्ता तथा सहमतिबाटै निकास दिनुपर्ने सुझाव दिए ।

नयाँ संविधानमा आफ्ना हकअधिकार सुनिश्चित् नगरेकोले बाध्य भएर मधेशी समूदायले आन्दोलन गर्नुपरेको बताउँदै महतोले सरकारमा बसेकाहरुले आन्दोलनरत समूदायलाई होच्याउने काम गर्न नहुने जिकिर गरे ।

उनले भने,“मेधशीलगायत विभिन्न पिछडीएका समूदायलाई मुलुक टुक्र्याउन लागि परेको भनेर सरकारले झुठो आरोप लगाउने काम गरेको छ, यो कुनैपनि हालतमा न्यायसँगत छैन, भोलि यही आवाज विस्फोटनमा रुपान्तरण हुन्छ ।”

मधेशी जनताले आफ्नो अधिकार सुनिश्चितको लागि गरेको आन्दोलनलाई भारतबाट सञ्चालित भनेर सरकारले सस्तो टिप्पणी गरेर आन्दोलन तुहाउँने प्रपञ्च रचेको समेत उनले गुनासो पोखे । उनले भने, “सरकारले जबरजस्ती मधेशी जनतालाई राष्ट्रघातीको बिल्ला भिराउने काम गरिरहेको छ, यो देशको लागि समेत राम्रो हुँदैन ।”

दुवै पक्षले मेरो गोरुको बाहै« टक्का भनेर मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै उनले अविलम्ब वार्ताको माध्यमबाट निकास खोज्न समेत सरकारलाई आग्रह गरेका छन् । त्यस्तै सभासद महतोले आउँदै गरेको नया ँवर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीजनतामा सुख, समृद्धि र शान्ति छाओस् भन्ने कामना समेत गरेका छन् ।

महतो र प्रचण्ड बीच फोनमा भनाभन, महतोले भने, २० हजार मारेको मान्छेलाई मुद्धा नलाग्ने मधेशी कार्यकर्तालाई मुद्धा लगाउने ?-...
11/04/2016

महतो र प्रचण्ड बीच फोनमा भनाभन, महतोले भने, २० हजार मारेको मान्छेलाई मुद्धा नलाग्ने मधेशी कार्यकर्तालाई मुद्धा लगाउने ?
-----------------------------------------------------------------------------------
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच फोनमा चर्काचर्की बहस भएको छ । करिब ११ बजे तिर महतो र प्रचण्ड बीच गम्भीर चर्काचर्की भएको महतो निकटले जनाएको छ । सरकारले एकतर्फी रुपमा उच्चस्तरिय राजनीतिक समिति गठन गरे पछि प्रचण्डले महतोलाई फोन गरी मिलेर जान आग्रह गर्दा महतोले फोनमा प्रचण्डले सत्तारुढ दलहरुले मिलेर एकतर्फी रुपमा संयन्त्र गठन गरेर षडयन्त्र गरेको आरोप लगाएको श्रोतले जनाए ।फोनमा सरकारले एकतर्फी रुपमा आन्दोलनकारी माथि विभिन्न आरोप लगाएर समातेको र आन्दोलनमा घाइतेहरुको उपचार खर्च समेत नदिएर सहमतीको बातावरण समेत बिगारेको आरोप लगाउँदै सरकार र सत्तारुढ दल वार्ता र सहमती प्रति गम्भीर नभएको आरोप लगाए । महतोले एकतर्फी रुपमा बनाइएको संयन्त्रमाथि आफ्नो सहमति नरहने जवाफ दिएका थिए ।प्रचण्डले प्रहरी मारिएको भन्दै त्यसको छानविन मात्र हुने भनेपछि महतोले चर्काे श्वरमा प्रचण्डलाई भने, तपाईहरु २० हजार मान्छे मारेर आएको होइन, तपाईहरुलाई किन मुद्धा लागेन, अहिले आन्दोलनको क्रममा मारिएको मान्छेलाई मुद्धा लगाउने हो भने, तपाईहरुलाई पनि मुद्धा लाग्नु पर्छ, तपाईको पार्टीको गृहमन्त्रीले कति मान्छे मारेर आएका छन्, उनलाई पनि मुद्धा लाग्नु पर्ने बताए पछि प्रचण्डले तत्कालै गृहमन्त्रीलाई फोन गरी मोर्चाका कार्यकर्ताहरुको पक्राउ तथा मुद्दा लगाउने कार्य तत्काल रोक्न निर्देशन दिने महतोलाई बताएका थिए ।फोनमा महतोले भने, सरकार र शिर्ष दल एकलौटी रुपमा अगाडि बढेको छ । हामीले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेशको माग सम्बोधन गर्न तपाईहरुलाई एउटा अवसर दिएका थियौं, तर तपाईहरु यो अवसरलाई पनि सदुपयोग नगरी एकलौटी रुपमा उच्चस्तरिय संयन्त्र गठन गरेर मधेशी जनता सँग षडयन्त्र गरेको आरोप लगाए ।

नेसपामा पुनः झा, ५२ सदस्यीय केन्द्रीय समिति--------------------------------------------------जनकपुरधाम, २९ चैत्र । नेपाल...
11/04/2016

नेसपामा पुनः झा, ५२ सदस्यीय केन्द्रीय समिति
--------------------------------------------------
जनकपुरधाम, २९ चैत्र । नेपाल सदभावना पार्टीको ६औं जनकपुर महाधिवेशनबाट अध्यक्षमा निर्विरोध रुपमा अनिल झा निर्वाचित भएका छन् । नेपाल सदभावना पार्टीको आइतबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट २३ पदाधिकारीसहित ५२ सदस्यीय केन्द्रीय कार्य समिति चयन भएको छ ।

पदाधिकारीमा चार जना उपाध्यक्ष छन् भने सात जना महासचिव रहेका छन् । त्यस्तै पार्टीका संसद डा.डिम्पल झा प्रवक्तामा निर्वाचित भएकी छन् भने आठ वटा सह–महासचिव रहेका छन् । त्यस्तै एक जना कोषाध्यक्ष र एक जना सहकोषाध्यक्ष रहेका छन् ।

संजय साह टकला लाइ सिंघानिया हत्या केस मा आज अदालतमा पेश गरियोराजेन्द्र महतो का सदभावना पार्टी ले बिभिन्न अपराधमा संलग्न ...
11/04/2016

संजय साह टकला लाइ सिंघानिया हत्या केस मा आज अदालतमा पेश गरियो
राजेन्द्र महतो का सदभावना पार्टी ले बिभिन्न अपराधमा संलग्न कुख्यात अपराधी संजय साह लाई पार्टी बाट निष्कासन गर्नु को सट्टा अपराधी लाई बचाउन र अदालत को फैसला लाई प्रभाव मा पार्न बिरोध प्रदर्शन गर्यो
जनकपुरधाम, २८ चैत ।
सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याको मुख्य योजनाकार देखिएको धनुषा–४ का निलम्बित सांसद सञ्जय कुमार साहलाई आइतबार अदालतमा पेश गरिने बताइएकोछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सरकारी वकिल कार्यालयमा पेश गरिसकेको साहलाई अदालतमा पेश गरिने तयारी भएको बताइएकोछ ।
५ जनाको ज्यान जानेगरि रामानन्द चोकमा भएको बम काण्डको मुख्य योजनाकार रहेको अभियोगमा पुर्पक्षका लागि धनुषा जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि उनी कारागारमा छन ।
हातहतियार खरखजाना मुद्दामा सर्वोच्च अदालतबाट २१ महिनाको कैद सजाय पाएका साह रामानन्द चोक बम काण्डको मुख्य योजनाकार देखिएपछि भारतको राजधानी दिल्लीबाट पक्राउगरि ल्याइएको थियो ।
उनका सहयोगी चनरदिप यादव पक्राउ परेपछि साह सञ्चार उद्यमी सिंघानियाको हत्याको समेत मुख्ययोजनाकार रहेको खुलेको स्रोतहरुले जनाएका छन ।स्रोतहरुका अनुसार साहले जिल्ला प्रहरी कार्यालयमा चिन्न अस्विकार गरेपछि चनरदिप निकै आक्रोसित बनेको स्रोतहरुले जनाए । रामानन्द चौक बम काण्ड, सञ्चार उद्यमी सिंघानिया हत्या लगायत कयौं अपराधिक घटनाको अभियुक्त बनाइएका मुकेश चौधरीले साहको दबाबमा सिंघानिया हत्याको जिम्मेबारी लिएको लिखित वयान दिइसकेका छन ।
चनरदिप यादवलेपनि आफनो वयानमा साह नै मुख्य योजनाकार रहेको र उनकै निर्देशनमा हत्यामा संलग्न भएको वयान दिएको स्रोतहरुको कथन छ ।ओम यादवलेपनि साहले दिएको पैसा चनरदिप सम्म पु¥याएको खुलासा गरेको स्रोतहरुले जनाए ।
तर साहले सिंघानिया हत्यामा आफू संलग्न नरहेको दावीगर्दै रामविनोद यादवलाई जानकारी भएको वयान दिएपनि उनलाई चिन्न अस्विकार गरेका छन ।साहले दिएको लिखित वयानमा रामविनोद यादव, चनरदिप यादव, ओमप्रकाश यादव, एकलाल भन्ने योगेन्द्र सहनीलाई चिन्न अस्विकार गरेको स्रोतहरुले जनाएका छन ।
चनरदिप, मुकेश र एकलालसित आमुने सामुन्ने हु“दा साह टाउको तल निहुराएर चुपचाप बस्ने गरेको स्रोतहरुले बताए । पोलीग्राफ जाच गराउन परिवारजनबाट माग गराएका साहले उक्त जाच गराउन समेत अस्विकार गरेका छन ।उनले पोलिग्राफ जांचमा समेत लिखित वयान सरकारी वकिलको कार्यालयमा दिइसकेको एकहोरो बताएपछि जांच हुन नसकेको स्रोतहरुले जनाए ।
साह हाल राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका उपाध्यक्ष हुन ।तर उनले नै त्यै पार्टीका केन्द्रिय सदस्य बनाएका रामबिनोद यादवलाई चिन्न अस्विकार गरेपछि उनका सहयोगीहरु समेत अप्ठ्यारोमा परेका छन ।
‘साहलाई वयानका लागि प्रयाप्त अवसर दिइयो’स्रोतले भने–तर उनी कसैलाई नचिनेको बताउदै वयान दिन अस्विकार गरेका छन ।

Address

Thapa Chowk
Chowk
00977

Alerts

Be the first to know and let us send you an email when Tarai Times National Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tarai Times National Daily:

Share