Jaleshwor Today

Jaleshwor Today Jaleshwor Today is one of the best media organisations in Terai. We publish news via our National Da

https://www.jaleshwortoday.com/news/36486
11/05/2026

https://www.jaleshwortoday.com/news/36486

धार्मिक ग्रन्थ रामायणमा देखाए झै जसरी माता सितालाई पटक—पटक अग्नि परीक्षा दिनलाई उक्साईयो त्यसैगरी जनकपुरधाममा ...

11/05/2026
https://www.jaleshwortoday.com/news/36475
10/05/2026

https://www.jaleshwortoday.com/news/36475

प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद विकास शाखाले निजि विद्यालयको सं.....

10/05/2026
09/05/2026
जनकपुरधाम उपमहानगरपालिकाका अभिभावकहरुका लागि खुशिको खबर ।ज.उप.म.न.पा. शिक्षा,युवा तथा खेलकुद विकास शाखालाई विशेष धन्यवाद...
08/05/2026

जनकपुरधाम उपमहानगरपालिकाका अभिभावकहरुका लागि खुशिको खबर ।
ज.उप.म.न.पा. शिक्षा,युवा तथा खेलकुद विकास शाखालाई विशेष धन्यवाद ।।
२०८३ साल बैशाख २४ गतेमा प्रकाशित जलेश्वर टुडे दैनिक पत्रिकाको सम्पादकीयको प्रभावले अवदेखि सामुदायिक विद्यालयले कुनै बहानामा ईङ्लिश मेडियम वा नेपाली मेडियममा पढाए बापत अभिभावकबाट आर्थिक सहयोग वा बस र मासिक वा अन्य शुल्क मागेर लिन पाउने छैनन् । अर्थात नि:शुल्क नाम लेख्न वा पढाउन आलटाल गरेमा अभिभावकले जनकपुरधामको कुनै पनि सम्बन्धित वडा कार्यालय वा सिधै जनकपुरधाम उपमहानगरपालिकामा उजुरी गर्न पाउनेछन् ।

ईङ्गलिस मेडियमको नाउँमा अबैध रकम असुली बन्द गराऊजनकपुरधाम उपमहानगरभित्र संचालित केहि सामुदायिक विद्यालयहरुले ईङ्गलिस मेड...
06/05/2026

ईङ्गलिस मेडियमको नाउँमा अबैध रकम असुली बन्द गराऊ

जनकपुरधाम उपमहानगरभित्र संचालित केहि सामुदायिक विद्यालयहरुले ईङ्गलिस मेडियमको नाउँमा विद्यार्थीहरुबाट अबैध रकम असुली गरेको पाइएको छ । यस पालिकाभित्र संचालित श्री गोगल प्रसाद नमुना मा.वि.,श्री संकट मोचन मा.वि.तथा श्री याज्ञबाल्क्य संस्कृति मा.वि.ले विद्यार्थीहरुबाट ईङ्गलिस मेडियमको नाउँमा विद्यार्थीहरुबाट कक्षा अनुसार मासिक १ हजारदेखि माथिसम्म शुल्क अबैध रुपमा लिने गरेको तथ्य अभिभावक तथा विद्यार्थीहरुबाट बाहिरिएको छ । यति मात्र होइन श्री गोगल प्रसाद नमुना मा.वि. तथा श्री याज्ञबाल्क्य संस्कृत मा.वि.ले विद्यार्थीहरुबाट बस प्रयोग गरे बापत मासिक रुपमा कम्तिमा २ हजारको दरले लिने गरेको अभिभावकहरुबाट बुझिएको छ जबकी यी विद्यालयका सबारी साधनहरु नेपाल भारत सहयोग,जनकपुरधाम उपमहानगरपालिका तथा विद्यालयको स्रोतबाट खरिद गरि संचालन गरिएका छन् । केहि दिन अघि जनकपुरधाम उपमहानगरपालिका वडा नं.— ४ को वडा सदस्य प्रशन्न झाले समेत श्री संकट मोचन मा.वि.ले विद्यार्थीहरुबाट १ हजार २ सयको दरले अबैध रुपमा रकम असुलि गरेको तथ्य सामाजिक संजाल मार्फत जानकारी गराएका थिए । नेपाल सरकारले ईङ्गलिस मेडियममा सामुदायिक विद्यालयले कक्षा संचालन गर्नै पर्छ भनेर कहि पनि भनेको छैन । यसरी ईङ्गलिस मेडियमको नाउँमा विद्यार्थीहरुबाट असुलि हुने शुल्क र खर्च कटाई बाँकी रहेको रकम कहाँ जम्मा हुने गरेको तथ्य समेत स्पष्ट नभएकोले यसलाई खोजि गर्नु पर्ने जरुरी रहेको देखिन्छ । ईङ्गलिस मेडियममा सामुदायिक विद्यालयमा पढाउनु राम्रो कुरा हो तर नेपाल सरकारले कुनै पनि बहानामा सामुदायिक विद्यालयले विद्यार्थीहरुबाट रकम असुलि गर्न पाईदैन भनेर निर्देशन दिए पनि अहिलेसम्म सोझा तथा गरिब अभिभावकहरुबाट अबैध रुपमा रकम असुलि गर्नु कहाँसम्म जायज हो ? धनुषा शिक्षा तथा समन्वय ईकाई,जनकपुरधाम उपमहानगरपालिका,अभिभावक संघ तथा नागरिक समाजले यस कार्यलाई अबिलम्ब रोक्न लगाई विद्यालयको स्रोत साधनबाट चल्न सक्ने सामुदायिक विद्यालयले अबैध रुपमा वर्षाैदेखि लिने गरेको निःशुल्क बसको बस भाडा तथा अन्य शुल्क अभिभावकहरुलाई फिर्ता समेत गराउँनु पर्ने आवश्यकता रहेको देखिन्छ ।

Address

Jaleshwor Municipality-4, Suga Bhawanipatti
Chowk
45700

Alerts

Be the first to know and let us send you an email when Jaleshwor Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaleshwor Today:

Share