Vide Law Origin

Vide Law Origin This is a Volunteer institute for legal information.

वास्तवमै सीट बढ्यो है त ।
11/12/2024

वास्तवमै सीट बढ्यो है त ।

08/12/2024
हेर्नुहोस।
07/12/2024

हेर्नुहोस।

सर्वोच्च अदालतले गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्न थालेको ३ वर्ष नाघेको छ। त्यसअघि प्रधानन्यायाधीशले कुन म...

11/03/2024

25/09/2023

न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न सकेनन्’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन । पेसीमा रहेको मुद्दा न्यायाधीशको सङ्ख्या कम रहेकाले सुनुवाइको सूचीमा नपरेको अदालतले जनाएको छ । गत कात्तिकदेखि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा २६ पटकसम्म पेसी चढिसकेको छ । यो मुद्दामा १३ जना छुट्टाछुट्टै न्यायाधीशको इजलासमा सुनुवाइसमेत भइसकेको छ । बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ हुँदा अनेक टिप्पणी गर्न थालिएको छ ।

निकै चासोपूर्वक हेरिएको मुद्दा हालसम्म चार पटकसम्म छुट्टाछुट्टै न्यायाधीशले प्रमाण बुझ्ने आदेश गरिसकेका छन् । तीनपटक हेर्न नभ्याइनेमा परेको मुद्दा ६ पटक स्थगित भएको छ । २०७९ कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा लम्बिँदै गएको हो । हेर्न नभ्याइने, हेर्न नमिल्ने र प्रमाण माग्ने भन्दै अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको छ । जबर्जस्तीकरणीसम्बन्धी विषयका मुद्दा निकै संवेदनशील मानिन्छन् । यस्ता खालका मुद्दालाई फास्ट ट्र्याकबाट टंगो लाउने कानुनी प्रावधान पनि छ । १८ वर्षमुनिका किशोरकिशोरीसँगै जोडिएका मुद्दा झनै छिटो टुंगो लगाउनुपर्ने हुन्छ । कतिपय कानुन व्यवसायीले न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न नसकेको आकलन गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

29/07/2023

काे हुन् ९२ दिनमै १४ हिमाल चढेर निर्मल पुर्जाकाे रेकर्ड ताेड्ने महिला ?
-
| शनिबार १३ साउन, २०८०
काे हुन् ९२ दिनमै १४ हिमाल चढेर निर्मल पुर्जाकाे रेकर्ड ताेड्ने महिला ?

उनले एक दुर्लभ रेकर्ड बनाएकी छन् । नाम हाे उनकाे क्रिस्टिन हारिला । उनी नर्वेली पर्वताराेही हुन् ।

८ हजार मिटरमाथिका सबै १४ वटा हिमालको आरोहण अहिलेसम्मकै सबैभन्दा छोटो समयमा गरेर उनले विश्वकीर्तिमान बनाएकी हुन् । गत बिहीबार पाकिस्तानको केटु हिमालको चुचुरोमा पाइला राखेसँगै क्रिस्टिनको १४ शिखर आरोहण सफल भएको थियो ।

‘सी मुभ्स माउन्टेन’ नाम दिइएको पर्वतारोहण अभियानका लागि क्रिस्टिनले ६ महिना ६ दिनको समय छुट्याएकी थिइन् । याे पूरै समय लागेकाे हुन्थ्याे भने पनि उनी रेकर्ड राख्न सफल हुन्थिन् । तर, ९२ दिनमै उनले ८ हजारमाथिका १४ वटा शिखर उक्लेर देखाइदिइन् ।

उनले नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को रेकर्ड तोडिदिएकी छन् । चार वर्षअघि मात्र पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर कीर्तिमान राखेका थिए ।

गत अप्रिलदेखि १४ शिखरकाे यात्रा थालेकी क्रिस्टिनले २७ जुलाई बिहीबारको दिन अभियान सफल पारिन् । 'लगभग सबै हिमालमा मरेका मान्छे छन् । मलाई त्यस्तो हुन्थ्यो भने म खुसीखुसी मर्थें,' हिमालय हेभनलाई दिएको प्रतिक्रियामा उनले भनेकी छन् ।

नेपालका तेन्जेनले हारिलाका लागि सहयोगी (गाइड) को काम गरेका थिए । यसअघि उनी एक वर्ष ५ दिनमा ८ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने पहिलो महिला पर्वतारोही बनेकी थिइन् । चीनका चो ओयु र सिसापाङ्मा फेरि चढेमा उनको अर्को रेकर्ड बन्नेछ- ८ हजार मिटरमाथिका १४ वटा हिमाल दुईपल्ट पूरा गर्ने पहिलाे पर्वतारोही ।

काे हुन् क्रिस्टिन हारिला ?

सन् १९८६ मा नर्वेमा जन्मेकी उनी त्यहाँकी पूर्वक्रस कन्ट्री स्काइयर हुन् । नर्वेमा उनी प्रसिद्ध एथ्लेट हुन् । हाल क्रिस्टिना आफ्नै ट्रेकिङ कम्पनी पनि चलाउँछिन् । सन् २०१५ मा पहिलाेपल्ट हिमाल चढेकी उनले सन् २०२१ मा सगरमाथा र लोत्सोको आरोहण सबैभन्दा छिटो गर्ने पर्वतारोहीको रिकर्ड बनाएकी थिइन् । यसका लागि उनले १२ घण्टाको समय लगाएकी थिइन् ।

15/07/2023

सुदूरपश्चिममा बजेटको पक्षमा मतदान गर्न माओवादी र एकीकृत समाजवादीको ह्वीप

२०८० असार ३० गते १८:४३

३० असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटको पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाएको छ ।

सुदूरपश्चिममा शनिबार आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने तयारी छ । सत्तारुढ दलहरुले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।

बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने, प्रदेशसभा सदस्यहरुले छनोट गरेका योजना बजेटमा समावेश गर्ने लगायतका सहमति गरेको थियो ।

त्यसपछि दलहरुले बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाउन थालेका हुन् । सत्तारुढ नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक पनि शनिबार नै बसेको छ ।

14/07/2023

इप्पान निर्वाचन प्रक्रियामा कारण देखाउ आदेश
संग्रह

असार २९, २०८०— निर्वाचन प्रक्रियामा भाग लिनबाट वञ्चित गरिएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) विरुद्ध इञ्जिनियर किरण मल्लले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद पौडेलको इजलाशले शुक्रबार कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश पौडेलको एकल इजलाशले जिल्ला प्रशासन कार्यालय ललितपुरसहित ७ जनाको नाममा कारण देखाउ आदेश जारी गरेको हो । गत जेठ अन्तिममा भएको इप्पानको वार्षिक साधारणसभामा विधान विपरित निर्देशिका बनाएको र निर्वाचनमा आफूलाई भाग लिन नदिएको भन्दै मल्लले अदालतामा मुद्दा दायर गरेका थिए ।
मल्लको मुद्दामा शुक्रबार सुनुवाई गर्दै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यसबारे कुनै आधार, कारण र प्रमाण भए सो सहित सूचना तामेल भएको मितिबाट बाटाको म्याद बाहेक १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश दिएको छ । इप्पानले गत जेठ ३२ गते नै चुनावमा भाग लिन योग्यता नपुगेको भन्दै उम्मेदवारी खारेज गरी गणेश कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरिसकेको छ ।

14/07/2023

फ्याट ब्वाई'को सहयोगमा अन्तरिक्षमा चन्द्रयान-३


असार २९, २०८०
अगस्ट पहिलो साता चन्द्रमाको कक्षमा पुग्ने
— भारतको चन्द्रयान-३ मिसनको सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको छ ।

प्रक्षोपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताए । इसरोले गरेको प्रत्यक्ष प्रसारणका क्रममा बोल्दै सोमनाथले भने, 'हाम्रो एलभीएम ३ ले चन्द्रयान ३ लाई पृथ्वीको कक्षमा पुर्‍याएको छ । अबको केही दिनमा चन्द्रयान-३ पृथ्वीको कक्ष हुँदै चन्द्रमाको कक्षतिर जाने छ ।' इसरोका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान-३ चन्द्रमाको कक्षमा पुग्ने छ । सही समय र अनुकुलन अवस्था भएपछि चन्द्रयानको रोभरलाई चन्द्रमामा अवतरण गराउने इसरोले जनाएको छ ।
चन्द्रयान-३ मिसनमा चन्द्रामको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाको पनि अध्ययन यो मिसनमा हुँदै छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अगस्ट २३ मा अवतरण गराउने इसरोको योजना छ । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान-३ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायत सबै किसिमका कमजोरी अध्ययन गरिएको छ ।

चन्द्रमा छुने भारतीय योजना
यस पटक विक्रम ल्यान्डरले चन्द्रमाको सतह छुनेमा इसरोका वैज्ञानिकहरू ढुक्क छन् । चन्द्रयान-३लाई पृथ्वीको कक्षसम्म पुर्‍याएको इसरोको एलभीएम ३ रकेट ४३.५ मिटर अग्लो छ । यसलाई ‘फ्याट ब्वाई’ नामले समेत चिनिन्छ । यो भारतको सबैभन्दा ठूलो र धेरै भार बोक्न सक्ने रकेट हो । यसले यसअघि ६ वटा मिसन

सफलतापूर्वक सम्पन्न गरिसकेको छ । भारत मंगल ग्रहको कक्षमा पुग्ने पनि चौथो मुलुक हो । उसले सन् २०१४ मा आफ्नो मंगलयान मंगल ग्रहमा पुर्‍याएको थियो ।

14/07/2023

एफपीओको प्रिमियम र मर्जरबाट भएको पूँजीगत प्राप्तिमा कर लिने व्यवस्था संसारमा कतै पनि छैन
पूँजी प्राप्तिमा कर लगाउने चलन संसारका कुनै पनि मुलुकमा छैन । भारतमा पनि यस्तै विवाद हुँदा मुम्बईको एउटा अदालतले यसरी हुने पूँजी प्राप्तिमा कुनै कर नलाग्ने फैसला गरेको पनि पाइयो । बंगलादेश, पाकिस्तान जस्ता देशमा पनि यसरी हुने लाभलाई पूँजी प्राप्ति नै मान्ने र त्यसमा आयकर नलाग्ने व्यवस्था पाइयो ।

14/07/2023

रिहा भएपछि बल्छी धुर्वेसहितका कलाकारले भने- काममा चाँडै फर्कन्छौ

रिहा भएपछि काठमाडौं जिल्ला अदालत बाहिर अभिनेता मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) बुधबार बेलुका ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन् ।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए ।

अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए ।

बल्छी धुर्वेले चाहिँ तत्काल नबोल्ने बताए भने पवन खतिवडा म्याकुरीले आफूहरुबाट गल्ती भएको बताउँदै काममा चाँडै फर्कने बताए । उनीहरुलाई स्वागत गर्न अन्य कलाकार पनि अदालत बाहिर पुगेका थिए ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

बल्छी धुर्वे

२०८० असार २८ गते ११:४५
त्यो अनुहारमा बिजेता होइन, ग्लानीको भाव देखिनु पर्थ्यो l आफुले गर्नु नहुने काम गरेको र अदालतको सदासयताले धरौटीमा छुटेको अब आइन्दा अरुले पनि यस्तो नगरुन भन्ने खालको संदेश दिन पनि, अनुहार चम्किलो बनाउन जरुरी थिएन l शिक्षाको महत्व यी तस्बिरहरुमा पनि देखिन्छ l

सम्बन्धित खबर
राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

14/07/2023

शुक्रबारकाे संसदमा बैठकमा राष्ट्रिय स्वन्तन्त्र पार्टीका सभापति रवि लामिछानेले भने, 'सरकारलाई मिटरब्याजसम्बन्धी विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छौं । मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन् । उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ । कसको स्वार्थले ल्याएन ? यो सदनलाई थाहा हुनुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले पनि मिटरब्याजसम्बन्धी विधेयक संसदमा किन पेस नभएको भन्दै आक्रोश पोखे । उनले भने, ‘एमालेको अवरोधका कारण विधेयक पास भएन भन्दै हिँड्नुभएको थियो ।आज हामीले हाउस रोकेका छैनौं, तर विधेयक छैन ।’ पन्तले सो विधेयक संसदमा ल्याउन के कारणले रोकिएको हो त्यसबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताए ।

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षीलाई पनि आवश्यक देखिएकाे याे विधयेक सरकारले किन राेक्ने भन्दै विधयेक ल्याउन आग्रह गरे ।

शुक्रबारकाे संसद बैठकमा यही विधेयककाे विषयले हंगामा भयाे ।

संसदकाे माथिल्लाे सदन पारित गरिसकेकाे विधयेक प्रतिनिधसभामा अगाडि नबढ्नुकाे कारण सत्ता गठबन्धनमा देखिएकाे विवाद हाे । विशेष गरेर मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू यो विधेयकको विरोधमा छन् । सत्ता गठबन्धनकाे जसपा याे विधेयककाे विराेधमा छ ।

मिटरब्याजसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० समयमा संसदबाट पारित हुन नसकेपछि अहिले साे अध्यादेश निष्क्रिय छ । त्यतिबेला एमालेले संसद अवराेध गरेपछि विधेयक पारित हुन सकेन । अहिले सत्ता गठबन्धनमा सहमति नहुँदा सरकारले विधेयक अगाडि बढाएकाे छैन ।

मधेशकेन्द्रित दलहरू मात्र होइन सबै राजनीतिक दलका नेताहरू यसको विरुद्धमा रहेको बताइन्छ ।

यतिबेला अध्यादेश निष्क्रिय भएपछि प्रतिस्थापन विधेयक पनि निष्क्रिय हुने तर्क प्रतिपक्ष दलका नेताहरूको मात्र होइन सत्ता गठबन्धनका नेताहरूको पनि रहेको माओवादी केन्द्रका एक नेताले बताए । ती नेताले भने, ‘मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै नेताहरू मिटरब्याजसम्बन्धी विधेयकको विरुद्धमा छन् । कसैले बाहिर बोल्न सकेका छैनन् । भित्र-भित्र यो विधेयक रोक्न हरदम कोसिस गरिरहेका छन् । मिलापत्र भइरहेका ठाउँमा पनि पीडकको पक्षमा नै मधेशका सबै नेताहरू सहभागी हुन्छन

Address

Dadeldhura

Telephone

+9779749751424

Website

Alerts

Be the first to know and let us send you an email when Vide Law Origin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vide Law Origin:

Share