Rabi

Rabi Sharing ideas, updates & inspiration

22/04/2026

Sudan gurung say:
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.

सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारीलाई जानकारी दिए अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय...
05/04/2026

सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारीलाई जानकारी दिए अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू बुँदागत रूपमा:

१. सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय (चैत २३ गतेदेखि लागू)

२. डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एडीबी र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

३. दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

४. सबै मन्त्रालय, आयोग र मातहत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गर्न पूर्व स्वीकृति दिने

५. राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने

६. डिजेल तथा पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने

७. आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय

28/03/2026

तपाईंलाइ सरकारको कुन चै निर्णय सबैभन्दा धेरै मन पर्यो..??

1. कक्षा ५ सम्म परीक्षा हटाइने ।
2 Betting एप बन्द गरिने ।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने ।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने ।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने ।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने ।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने ।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने ।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने ।
10. सेवा प्रवाह सरल र छिटो बनाइने ।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने ।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने ।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने ।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने ।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने ।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने ।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने ।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने ।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने ।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने ।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने ।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने ।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने ।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ…
28/03/2026

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ…

27/03/2026
Sapati grahan gardai  # B***n Pm
27/03/2026

Sapati grahan gardai # B***n Pm

Bigypti
27/03/2026

Bigypti

आज केवल राम नवमी मात्र होइन, नेपालका लागि एउटा नयाँ आशा बोकेको दिन पनि हो। आज एक युवा प्रधानमन्त्रीको आगमनसँगै देशमा परि...
27/03/2026

आज केवल राम नवमी मात्र होइन, नेपालका लागि एउटा नयाँ आशा बोकेको दिन पनि हो। आज एक युवा प्रधानमन्त्रीको आगमनसँगै देशमा परिवर्तनको आशा पलाएको छ।
मलाई आज २०७६ साल जेठ १५ र असोज ११ गतेका ती दिनहरू सम्झना भइरहेका छन्, जब मैले भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदा सुर्खेत र चितवनमा ममाथि ज्यानै जाने गरी हमला गरिएको थियो। संसद सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म भ्रष्टाचार विरुद्ध चिच्याउँदा घाँटी दुख्यो, तर कार्यान्वयन भने हुन सकेन।
तर आज आशा जागेको छ—
भ्रष्टाचारीहरू कारबाहीमा पर्नेछन्, निर्मला पन्तका हत्याराहरू पक्रिनेछन्।
यी काण्डका मुख्य दोषीहरू जेलको कटघरामा देख्न चाहन्छु प्रिय माननीय बालेन्द्र शाहज्यू।
१) लाउडा जहाज भ्रष्टाचार
२) वाइडबडी जहाज खरिद प्रकरण
३) सुडान घोटाला
४) लडाकु शिविर अनियमितता
५) ललिता निवास जग्गा प्रकरण
६) पतञ्जलि जग्गा प्रकरण
७) गिरीबन्धु टी–इस्टेट
८) टीकापुर जग्गा घोटाला
९) लिची बगान जग्गा प्रकरण
१०) बालमन्दिर र बाँसबारी जग्गा प्रकरण
११) नक्कली भुटानी शरणार्थी प्रकरण
१२) भिजिट भिसा प्रकरण
१३) ओम्नी औषधि खरिद प्रकरण
१४) नेपाल ट्रस्टको जग्गा प्रकरण
१५) ३३ किलो सुन तस्करी
१६) ६० किलो सुन तस्करी
१७) सहकारी ठगी
१८) सेक्युरिटी प्रेस खरिद (७० करोड)
१९) टेरामक्स प्रकरण
२०) अन्तःशुल्क स्टिकर प्रकरण
२१) मेलम्ची आयोजना
२२) Ncell प्रकरण
यी सबै काण्डहरूको निष्पक्ष छानबिन होस्, दोषीहरूलाई जेल सजाय होस्— यही हाम्रो सपना हो।
सात वर्षअघि सडकमा उत्रिएर यही सपना बोकेर संघर्ष गरिरहेको म, आज भाबी प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्वमा अपराधीहरूलाई कारबाही हुनेछ भन्ने आशा गर्दछु।
प्रिय माननीय बालेन्द्र शाहज्यू,
भगवान रामजस्तै सत्य र न्यायको मार्गमा हिँड्नुहोस्। यदि सत्यका लागि १२ वर्ष वनवास बस्नुपरे पनि पछि नहट्नुहोस्। हामी तपाईंको साथमा छौं।
तर कहिल्यै पनि अन्याय र भ्रष्टाचारको बाटो नअँगाल्नुहोस्।
यही हार्दिक शुभकामना। ***n

12/03/2026

किन सधैं नेताबाट मात्र प्रतिज्ञा खोज्ने?
आज तपाईं र हामी पनि आफैँसँग केही प्रतिज्ञा गरौँ।

• कुनै पनि कामका लागि “मेरो दाइ/भाइ” भनेर नेताको नाम लिएर काम गराउँदिन।
• नेताहरूको काम देशको विकास गर्नु हो, त्यसैले अनावश्यक उद्घाटन र कार्यक्रमहरूमा निमन्त्रणा गर्दिनँ।
• घुस लिनु र दिनु दुवै अपराध हो, त्यसैले आजदेखि सिस्टमअनुसार नै काम गर्ने र गराउनेछु।
• सानो होस् वा ठूलो, सधैं नियम र कानुनको पालना गर्नेछु।
• सार्वजनिक सम्पत्तिलाई आफ्नै सम्पत्ति जस्तै सम्झेर संरक्षण गर्नेछु।
• गलत काम गर्ने नेतालाई समर्थन गर्दिनँ।
• कर (Tax) तिर्नुपर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्नेछु।
• सडक, सार्वजनिक ठाउँ वा प्रकृतिलाई फोहोर बनाउने काम गर्दिनँ।
• सामाजिक सञ्जालमा झुटा खबर वा अफवाह फैलाउदिनँ।
• जात, धर्म, भाषा वा क्षेत्रको नाममा घृणा फैलाउने काम गर्दिनँ।
• ट्राफिक नियमको पालना गर्नेछु र अरूलाई पनि पालना गर्न प्रेरित गर्नेछु।
• लाइनमा बस्ने संस्कार अपनाउनेछु, अरूको अधिकारको सम्मान गर्नेछु।
• देशभित्र बनेका सामान र उत्पादनलाई प्राथमिकता दिनेछु।
• मेहनत, इमानदारी र अनुशासनलाई आफ्नो जीवनको आधार बनाउनेछु।
• समाजमा राम्रो उदाहरण बन्ने प्रयास गर्नेछु।
• भ्रष्टाचार देखेमा त्यसको विरोध गर्ने हिम्मत राख्नेछु।
• देशको विकासका लागि सकारात्मक सोच राख्दै आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्नेछु।
देश परिवर्तन नेताबाट मात्र होइन, हामी नागरिकबाट पनि सुरु हुन्छ।
आजैदेखि आफू परिवर्तन गरौँ।

22/02/2026

धादिङको बेनिघाटमा ठूलो दुर्घटना भएको खबरले स्तब्ध बनाएको छ !

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस त्रिशुली नदि किनारमा खसेको र धादिङको बेनीघाट रोराङको चरौदिनजिक दुर्घटना भएको भन्ने खबर छ साथै घटनास्थल बाट अहिलेसम्म १७ शव निकालिएको भन्ने खबर प्राप्त भएको छ उहाँहरु प्रति गहिरो समवेदना साथै घाईतेहरु लाई सिक्र उद्दार गर्न म सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।

Address

Dailekh
Dailekh
21600

Telephone

+9779840757938

Website

Alerts

Be the first to know and let us send you an email when Rabi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rabi:

Share