Public Samachar

Public Samachar Please like and follow us

दुर्घटनामा परी दाङ देउखुरीको लमहीमा एकजनाको ज्यान गयो :दाङ देउखुरीको लमहीमा बसको ठक्करबाट राप्ती गाउँपालिका–५ सिंगे निवा...
23/10/2025

दुर्घटनामा परी दाङ देउखुरीको लमहीमा एकजनाको ज्यान गयो :

दाङ देउखुरीको लमहीमा बसको ठक्करबाट राप्ती गाउँपालिका–५ सिंगे निवासी अन्दाजी ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्युु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले लमही बजार प्रतिष्ठा पेट्रोल पम्प ( पुरानो बसपार्क ) नजिकै आज दिउँसो १ बजेको समयमा ठक्कर दिएपछि घाइते भएका उनलाई लमही अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मृतक भट्टराई आफ्नो दिदीको हातबाट तिहारको टिका लगाएर घर फर्किंदै थिए।
ठक्कर दिने बस र चालक अहिले प्रहरी नियन्त्रणमा छन।

भोलि देखि दाङ का निजी  विद्यालयहरू खुल्ने भएका छन्।😮Source: PABSON
13/09/2025

भोलि देखि दाङ का निजी विद्यालयहरू खुल्ने भएका छन्।😮

Source: PABSON

कलाकार सागर लम्साल (बले) भन्छन्: यदि GenZ  कै पुस्ता ल्याउने हो भने हृदयन्द्र शाहलाई अगाडि सारौं ।
11/09/2025

कलाकार सागर लम्साल (बले) भन्छन्: यदि GenZ कै पुस्ता ल्याउने हो भने हृदयन्द्र शाहलाई अगाडि सारौं ।

गायक राजेश पायलले मागे सञ्चार र विदेश मन्त्रालय -।गायक राजेश पायल राई लेख्छन् - "  भाइहरू मलाई सञ्चार र विदेश मन्त्रालय ...
11/09/2025

गायक राजेश पायलले मागे सञ्चार र विदेश मन्त्रालय -।

गायक राजेश पायल राई लेख्छन् - " भाइहरू मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस प्रधानमन्त्री मागेको छैन किनकि म सञ्चार र पर्यटन सम्हाल्न सक्छु । यदि म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ मेरो PASSPORT र तिम्रो Passport Check गरौँ यो मेरो दावा हो,मलाई थाहा छ पर्यटन र संगीतको बिकास ! आँट गर्नै हो भने असम्भव केही छैन ।"

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा ...
11/09/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।

आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले अन्नपूर्णलाई बताए। ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।
साभार: अन्नपुर्ण पोष्ट

09/09/2025
जेन्जी प्रदर्शन : नयाँ बानेश्वर क्षेत्रमा देखिएका दर्दनाक दृश्य
08/09/2025

जेन्जी प्रदर्शन : नयाँ बानेश्वर क्षेत्रमा देखिएका दर्दनाक दृश्य

गारो छ: युट्युब र फेसबुक बन्द भएपछि भाग्य न्यौपानेले आफ्नो क्यामेरा र माइक बिक्रीमा रहेको जानकारी गराएका छन्। 😅
05/09/2025

गारो छ: युट्युब र फेसबुक बन्द भएपछि भाग्य न्यौपानेले आफ्नो क्यामेरा र माइक बिक्रीमा रहेको जानकारी गराएका छन्। 😅

तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ स्यालीबजारस्थित...
04/09/2025

तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ स्यालीबजारस्थित खुल्ला मैदानमा भएको खसी कप फुटबल प्रतियोगितामा युवाहरूबिच सामान्य विवाद हुँदा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले जानकारी दिए ।
घाइते हुनेहरुमा तुलसीपुर ५ बस्ने २० वर्षिय आयुष विक र १९ वर्षीय प्रवेश योगी रहेका छन् ।
घाइते योगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात् थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
डिएसपी ठकुरीका अनुसार घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ भने अन्य फरार रहेका छन् । फरार रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

अन्तत ओली सरकारसँग झुक्यो फेसबुक, दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण😳फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथ...
04/09/2025

अन्तत ओली सरकारसँग झुक्यो फेसबुक, दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण😳

फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले मन्त्रीका स्वकीय सचिवलाई दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका थिए। त्यसपछि मन्त्रालयले तत्कालै इमेलमार्फत आवश्यक विवरण पठाएको जनाइएको छ। ठाकुरका अनुसार इमेल साँझ करिब ५ बजे पठाइएको हो।

नेपालमा फेसबुक–ट्वीटर–युट्युब बन्द!सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावले बन्द...
04/09/2025

नेपालमा फेसबुक–ट्वीटर–युट्युब बन्द!
सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावले बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले बिहीबार दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो। अब नेपालमा दर्ता नगरेका कुनै पनि सामाजिक सञ्जाल चल्न पाउने छैनन्। स्रोतका अनुसार दर्ता प्रक्रिया पूरा गरेपछि मात्र ती प्लेटफर्म फेरि खोलिनेछन्। अदालतले अनुमति नलिएका डिजिटल मिडिया, ओटीटी एप्स र विदेशी प्रसारणलाई नियमन गर्न सरकारलाई बाध्य पारेको हो। यस निर्णयले करोडौं प्रयोगकर्तामाझ ठूलो हलचल पैदा गरेको छ।

सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको सरकार विद्युतीय सामाजिक सञ्जालको मेल कुरेर बसेको छ । त्यस्ता सञ्जाल सञ्चालक कम्पनीब...
03/09/2025

सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको सरकार विद्युतीय सामाजिक सञ्जालको मेल कुरेर बसेको छ । त्यस्ता सञ्जाल सञ्चालक कम्पनीबाट राति १२ बजेसम्म कुर्ने र नआए बन्द गर्ने सरकारी अधिकारीहरूले बताएका छन्‌ ।फेसबुक, इन्टाग्राम, ट्वीटर, लिङ्क्डइन, युट्यूब, गुगल र जीमेल लगायत सूचीकरण नभएका सबै सञ्जाललाई सूचीकरण हुन आउन सरकारले गत बिहीबार एक सूचना जारी गरेको थियो ।सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारले दिएको सात दिनको अल्टिमेटम आज सकिँदैछ । तर, हालसम्म कुनै पनि सञ्जाल सञ्चालकले नेपालमा सूचीकरण निम्ति निवेदन दिएका छैनन्‌ ।

Address

Dang District

Telephone

+9779849268117

Website

Alerts

Be the first to know and let us send you an email when Public Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share