
11/10/2023
अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प: अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको हाे । भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो । अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ ।