उदाहरण समूह

उदाहरण समूह Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उदाहरण समूह, Media/News Company, Dang District.

पोखरामा निम्तो !
08/04/2025

पोखरामा निम्तो !

कवि Prem Prakash को कविता सङ्ग्रह रगतको तर्पणमाथि केशव सिलवालको लेख्नुहुन्छ- “जब रोल्पा कविता लेख्छ“
16/03/2025

कवि Prem Prakash को कविता सङ्ग्रह रगतको तर्पणमाथि केशव सिलवालको लेख्नुहुन्छ- “जब रोल्पा कविता लेख्छ“

कवि प्रेमप्रकाशको नयाँ कविता संग्रह– ‘रगतको तर्पण’ माथि लेखिएको संस्मरणबाट थाहा हुन्छ– कविको यो प्रथम किताब हो.....

सम्पूर्णमा नमस्कार!उदाहरण समूह र प्राणमञ्च राष्ट्रिय मासिकको आयोजनामा हिजो सम्पन्न “समाज रूपान्तरणका लागि सबै सधैं र संग...
16/02/2025

सम्पूर्णमा नमस्कार!

उदाहरण समूह र प्राणमञ्च राष्ट्रिय मासिकको आयोजनामा हिजो सम्पन्न “समाज रूपान्तरणका लागि सबै सधैं र संगै” भन्ने मूल ध्येयका साथ आयोजित “जन्मदेखि मृत्युसम्मका हाम्रो संस्कार: कति रूढीवादी, कति वैज्ञानिक?” विषयक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

हाम्रो विशेष धन्यवाद वक्ता शशिधर भण्डारी, जनक सी, र रिता सुवेदीलाई, जसले विषयलाई गहिराइमा लिएर विश्लेषण गर्नुभएको थियो। साथै, फ्लोरबाट आएका विभिन्न प्रश्नहरू कार्यक्रमको मुख्य आकर्षण बने।

कतिपयले “सबै परम्परा रूढीवादी हुँदैनन्”, भने केहीले “१६ संस्कार पूर्णतः रूढीवादी छन्” भन्ने तर्क प्रस्तुत गर्नुभयो। हाम्रा संस्कार, परम्परा, र धार्मिक अभ्यास कति उपयोगी वा अनुपयोगी छन्? कति भ्रम हुन् वा वास्तविकता? कति वैज्ञानिक छन्? यी विषयमा फरक-फरक दृष्टिकोण प्रस्तुत भए।

हाम्रो उद्देश्य विमर्श सिर्जना गर्नु हो, निष्कर्ष निकाल्नु होइन। यो विमर्शको सिर्फ प्रारम्भ हो, र हामी यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा अगाडि बढाउनेछौं। हामी निष्कर्षमा एकै दिन वा घण्टामा पुग्न सक्दैनौं, तर लामो समयसम्म घनिभूत विमर्श भएमा मात्र ठोस निष्कर्ष निकाल्न सकिन्छ।

केही सहभागीहरूले यो विमर्श आवश्यक र उपयोगी छ भन्नुभयो, भने केहीले यस विषयमा विमर्श गर्नु नै आवश्यक छैन भन्ने प्रतिक्रिया दिनुभयो। हामी दुवै प्रकारका प्रतिक्रियालाई सम्मानपूर्वक आत्मसाथ गर्छौं।

भविष्यमा यस्ता विमर्शहरूलाई झन् प्रभावकारी बनाउँदै लैजानेछौं। सहभागी सम्पूर्णलाई धेरै धेरै धन्यवाद! वक्ताहरूलाई विशेष धन्यवाद!

हामी निरन्तर यस्ता गहन विषयहरूमा छलफल गर्न प्रतिबद्ध छौं!

उदाहरण समूह, नेपाल
प्राणमञ्च राष्ट्रिय मासिक

15/02/2025

सम्पूर्णमा नमस्कार!

समाज रूपान्तरणका लागि “सबै सधैं र सँगै” भन्ने मूल ध्येयका साथ, आज हामी “जन्मदेखि मृत्युसम्मका संस्कार: कति रूढीवादी, कति वैज्ञानिक?” भन्ने विषयमा विमर्श गर्दैछौं।

यस महत्वपूर्ण विमर्शमा शशिधर भण्डारी, रीता सुवेदी र जनक सीसंग उदाहरण समूहका अभियन्ता घनश्याम अस्तित्वले विमर्श गरिरहनुभएको छ।

तपाईं सबैलाई यस लाइभ विमर्शमा हार्दिक स्वागत छ!

धन्यवाद!

उदाहरण समूह, नेपाल र प्राणमञ्च राष्ट्रिय मासिकको संयुक्त आयोजनामा यस पटक अलि फरक विषयमा हामी विमर्श गर्दै छौं।हाम्रो जीव...
12/02/2025

उदाहरण समूह, नेपाल र प्राणमञ्च राष्ट्रिय मासिकको संयुक्त आयोजनामा यस पटक अलि फरक विषयमा हामी विमर्श गर्दै छौं।

हाम्रो जीवन हाम्रा पुर्खादेखि चल्दै आएका संस्कार र संस्कृति को निरन्तरतामा आधारित छ। हाम्रो हरेक दिनको सुरुवातदेखि अन्त्यसम्म, जीवनका विभिन्न चरणहरूमा तथा सामाजिक व्यवहारमा धर्म र परम्परा कुनै न कुनै रूपमा जोडिएका छन्। तर, यी परम्परा र संस्कार कति जायज, कति वैज्ञानिक र कति अर्थपूर्ण छन्?

हाम्रा जन्मसंस्कारदेखि छैंठी, न्वारान, विवाह, विभिन्न प्रकारका पूजाआजा, संस्कार तथा मृत्युसम्मका अभ्यासहरूलाई निरन्तरता दिनु आवश्यक छ कि तिनमा परिमार्जन गर्नुपर्छ? कि नयाँ खालको संस्कृतिको विकास आवश्यक छ?

यी प्रश्नहरूको खोजी गर्दै, हामी यसपटकका विमर्शमा रुढिवाद र विज्ञानको सन्दर्भमा आफ्ना दृष्टिकोणहरू आदान-प्रदान गर्नेछौं। परम्परागत रूपमा चलिरहेका संस्कारहरू वैज्ञानिक छन् कि छैनन् भन्ने बारे छलफल गर्नेछौं।

यस विमर्शमा तपाईं सबैको उपस्थिति महत्वपूर्ण रहनेछ। सम्पूर्णलाई विनम्र अनुरोध!

कवि Prem Prakash कृत 'रगतको तर्पण' परिचर्चा– धरान !
16/01/2025

कवि Prem Prakash कृत 'रगतको तर्पण' परिचर्चा– धरान !

घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनलयमा आज दिउँसो २:३० बजे !
10/01/2025

घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनलयमा आज दिउँसो २:३० बजे !

उदाहरण समूहको आयोजनामा कवि Ghanshyam अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कवितासङ्ग्रहमाथि चर्चा हुँदैछ ।
03/02/2024

उदाहरण समूहको आयोजनामा कवि Ghanshyam अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कवितासङ्ग्रहमाथि चर्चा हुँदैछ ।

उदाहरण समूह नेपालका अभियान्ता कवि, लेखक घनश्याम अस्तित्व नेपाली समकालिन कविता लेखनका एक परिचित पात्र हुन् । बैचारिक तर म...
31/01/2024

उदाहरण समूह नेपालका अभियान्ता कवि, लेखक घनश्याम अस्तित्व नेपाली समकालिन कविता लेखनका एक परिचित पात्र हुन् । बैचारिक तर मुलायम, गम्भीर तर सरल कविता लेखनका लागि परिचित अस्तित्वको चर्चित कविता संग्रह चिहानमाथि महल बनाइरहेको मान्छे को बहस र वाचन हुँदैछ । उल्लेखित समय, मिति र स्थानमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौँ ।

आजको दिनबाट उदाहरण समूहले दोस्रो दशकको यात्रा सुरू गरेको छ । आजको दिनसम्म आइपुग्दा सहयोग गर्नुहुने सबैलाई धन्यवाद र आगाम...
18/04/2023

आजको दिनबाट उदाहरण समूहले दोस्रो दशकको यात्रा सुरू गरेको छ । आजको दिनसम्म आइपुग्दा सहयोग गर्नुहुने सबैलाई धन्यवाद र आगामी यात्रामा पनि यस्तै सहयोग, प्रेम र सद्भावको अपेक्षा गर्दछौं । धन्यवाद !

07/04/2023

‘भेडीकम्बलको प्वाल’ कथा संग्रहको मंगलबार घोराहीमा बहस गरिएको छ ।

नयाँ यगबोध दैनिकमा प्रकाशित समाचार !
06/04/2023

नयाँ यगबोध दैनिकमा प्रकाशित समाचार !

Address

Dang District

Website

Alerts

Be the first to know and let us send you an email when उदाहरण समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

नथिया माथि बहस

कलाकाे क्षेत्रमा क्रियाशिल स‌स्था उदाहरण समूह नेपालकाे नथिया माथि बहस कार्यक्रम