07/08/2026
श्री प्राथमिक विद्यालय जोगीडाँडा, घोराही उपमहानगरपालिका १८, दाङ।
करिव २०४५ साल तिर स्थापना भएको यस विद्यालयमा यस शैक्षिक शत्रमा जम्मा १५ जना विद्यार्थी भर्ना भएका थिए जस मध्य अहिले दैनिक करिव ५/६ जना विद्यार्थी मात्र विद्यालय आउने गरेका छन् र यस विद्यालयमा अहिले ४ जना शिक्षक-कर्मचारीले पठनपाठन गराईरहनु भएको छ।
भर्ना भएका जति सबै बिद्यार्थी किन नियमित उपस्थित नभएका होलान भन्ने प्रश्नमा विद्यालयका प्रधानाध्यापक भन्नु हुन्छ, “बसाई सराईका कारण यस क्षेत्रमा पछिल्लो समय वस्ति पातलो छ, त्यसमा पनि जमिन बाझो हुदैजादा बदेल, बाँदर जस्ता जंगली जनावरको आतंकले गर्दा यहाँ बचेका परिवारले पनि खेती गरेर खान सकिने अवस्था छैन जसले गर्दा अभिभावकहरु रोजगारीको खोजिमा जादा बच्चाहरु पनि सँगै लिएर जानुहुन्छ त्यसैले पनि विद्यार्थीहरू नियमित हुन नसकेका हुन।"
उपमहानगरपालिका भित्र पर्ने भएतापनि भौगोलिक विकटताका कारण यस क्षेत्र अलि ओझेलमा परेको जस्तो देखिन्छ।
Pic/story: Bikram Khanal