Nepal Revolt

Nepal Revolt विद्रोह विनाशका लागी हैन�, सत्य न्याय र सकारात्मक परीवर्तनका लागी,सोच बदलौं-समाज बदलौं�

10/08/2026

माया त माया हो😘🥲

09/08/2026

मानवता हरायकै हो त??🤔🤔

दाङको तुलसीपुर मा सवार दुर्घटना परि मृत्यु भएकी कल्पना के.सी को परिवार र तुलसीपुर उपमहानगरपालिका बिच सहमति भएपछि परिवारल...
07/08/2026

दाङको तुलसीपुर मा सवार दुर्घटना परि मृत्यु भएकी कल्पना के.सी को परिवार र तुलसीपुर उपमहानगरपालिका बिच सहमति भएपछि परिवारले शव बुझ्ने भएका छन ।

मृतक के.सीको परिवार र तुलसीपुर उपमहानगरपालिका बिच मृतक कल्पना के.सी को सम्झनामा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ११ मा कल्पना के.सी स्मृति प्रतीक्षालय निर्माण गरिदिने, मृतकका परिवारबाट २ जनालाई रोजगारी व्यवस्था गरिदिने, मृतकको परिवारलाई बिमा बाफतको रकम उपलब्ध गराइदिने लगायतका बिषयमा सहमति भएको छ । सहमति पश्चात मृतकका परिवारले शव बुझ्ने श्रोतले जनाएको छ ।

07/08/2026

पर्देशी त फर्किय, तर तिमी पो नफर्कने गरी गयौ र🥲🥲🥲
हार्दीक श्रद्दान्जली

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसी नियुक्त हुनुभएको छ ।नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्र...
06/08/2026

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसी नियुक्त हुनुभएको छ ।

नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उहाँले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।

प्रा. डा. श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन ६ गतेको बैठका मुख्य निर्णयहरुः१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका...
22/07/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन ६ गतेको बैठका मुख्य निर्णयहरुः

१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने ।
२. श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारीलाई तोक्ने ।
३. गुठी संस्थानको प्रशासक पदमा श्री शैलेशराज कुँवरलाई नियुक्त गर्ने ।
४. २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने ।
५. अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति, र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच मिति २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने । सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखितहरु आजैका मितिदिेखि अवैध घोषणा गर्ने।
६. गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने ।
७. आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने ।

France & England are playing tonight for the 3rd place in FIFA World Cup. 🇫🇷&🏴󠁧󠁢󠁥󠁮󠁧󠁿
18/07/2026

France & England are playing tonight for the 3rd place in FIFA World Cup. 🇫🇷&🏴󠁧󠁢󠁥󠁮󠁧󠁿

दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीतको चौतर्फी विरोध र आलोचना भएपछि गीत युट्युब र अन्य सामाजिक सञ्जालबाट हटाउँदै दु...
18/07/2026

दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीतको चौतर्फी विरोध र आलोचना भएपछि गीत युट्युब र अन्य सामाजिक सञ्जालबाट हटाउँदै दुबैजनाले दर्शकसँग माफी मागेका छन्।
श्रोत: सामाजिक संजाल
Durgesh Thapa Priyanka Karki

17/07/2026

कागजमा भएको बिकास आखीर जमीनमा कहिले देखीन्छ??

तुलसीपुरमा एक होटलमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनीराम भ...
17/07/2026

तुलसीपुरमा एक होटलमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनीराम भण्डारी (डिआर) पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी भण्डारीविरुद्ध मंगलबार राति रजौरास्थित एक होटलमा कार्यरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएको हो।

प्रहरीका अनुसार घटना मंगलबार राति करिब १० बजेतिर भएको थियो। पीडित बालिकाले प्रतिकार गर्दै चिच्याएपछि घटना बाहिर आएको र त्यसपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।प्रहरीलाई खबर गरिएको थाहा पाएपछि भण्डारी बा.प्र.०१–०३३ च ३९९३ नम्बरको गाडी लिएर फरार हुने प्रयास गरेका थिए। फरार हुने क्रममा रजौरानजिकै उनको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि भण्डारी कार त्यहीँ छाडेर फरार भएका थिए। प्रहरीले खोजी अभियान सञ्चालन गरी बुधबार दिउँसो बिजौरी क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ।

Address

Tulsipur-5
Dang
22412

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Revolt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share