Rapti Lumbini Serophero

Rapti Lumbini Serophero we provide news and detail information on different activities in and around lumbini province

*कपडा बैंक* गरिब-दुखी, असाय र विभिन्न प्राकृतिक प्रकोप तथा विपत्ति बाट प्रभावित पिडित लाई राहत-सहयोग गर्ने उद्देस्यले रा...
26/06/2024

*कपडा बैंक*
गरिब-दुखी, असाय र विभिन्न प्राकृतिक प्रकोप तथा विपत्ति बाट प्रभावित पिडित लाई राहत-सहयोग गर्ने उद्देस्यले राप्ती गाउँ पालिका वडा नम्बर-१ पाखापनी मा मिति २०८१ असार १ गते कपडा बैंक को स्थापना भएको छ ! राष्ट्रीय स्वतन्त्र पार्टी राप्ती को र्यापीड एक्सन टिम (Rat) को संयोजन मा स्थापना भएको कपडा बैंकको संयोजक राजु पौडेल हुनुहुन्छ, हाललाई उहाँको आफ्नै हाइवे टच होटल लाई कार्यालय मानेर संचालन भएको कपडा बैंक मा कपडा डोनेसन गर्ने को संख्या दैनिक जसो बढ्दै गैरहेको छ!
आज मिति २०८१/०३/१२ गतेको दिन राप्ति गाउँपालिका वडा न.२ का श्री शिव बहादुर राना मगर ( वडा र्याट संयोजक) लगाएत रितु रायमाझी जिसी र विष्णा रिजाललाई पनी धेरै धन्यवाद दिन चाहान्छौ ।
साथै यहाँहर संग पनि आफुलाई छोटा, साँगुरा, मन नपरेका कपडाहरू छनभने यस कपडा बैङ्क मा ल्याई जम्मा गर्न सक्नुहुनेछ ।

सम्पर्क :- 9857877766

राप्ती गाउँ पालिका वडा नम्बर १ अन्तर्गत "२९ नम्बर ससत्र प्रहरी बल ज्वालामाई गण" भालुवाङ्ग, देउखुरी-दाङ्ग द्वारा बर्षौ दे...
16/03/2024

राप्ती गाउँ पालिका वडा नम्बर १ अन्तर्गत "२९ नम्बर ससत्र प्रहरी बल ज्वालामाई गण" भालुवाङ्ग, देउखुरी-दाङ्ग द्वारा बर्षौ देखि नियन्त्रण गरिएको किसान को जग्गा फिर्ता दे भन्दै संघर्षका कार्यक्रम अन्तर्गत आज मिति २०८०-१२-०३ गतेका दिन पाखापानी चौपारी देखि भालुबाङ्ग को पुल्चोक बजार सम्म पेलेकार्ड सहित र्याली सम्पन्न भएको छ, र्यालीले बजार परिक्रमा गरी कृष्ण सेन इच्छुक सालिक मा पुगेर कोण शभा पनि सम्पन्न भएको छ!
यस क्षेत्र वासी किसान हरुले बर्षौ देखि तिरो तिर्दै आइरहेको आफ्नो व्यक्तिगत जग्गा, आफैले भोगचलन गर्न पाउन पर्छ भन्दै चरणबद्द आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने कुराको जानकारी संघर्ष समिति का अध्यक्ष बिमल कुमार घिमिरेले जानकारी गराउनु भएको छ!

जय भोले, जय सिवसंखर - आउदो महा शिवरात्री को अवसर पारी आयोजना भएको सास्कृती कार्यक्रमा सबैलाई भब्य, सब्य का साथ सफल पारीद...
05/03/2024

जय भोले, जय सिवसंखर - आउदो महा शिवरात्री को अवसर पारी आयोजना भएको सास्कृती कार्यक्रमा सबैलाई भब्य, सब्य का साथ सफल पारीदिनुहुन सबैलाई विनम्र अनुरोधका साथ शुभकामना🕉️🕉️🕉️🕉️

01/02/2024

आज मिति २०८०-१०-१८ गतेका दिन गत पौष २८ गते राप्ती गाउँपालिका वडा नम्बर-३ नयाँ बस्ती निवासी जयमाला घर्ती मगरको आगलागी बाट घर गोठ जलेर नस्ट भएको र माघ को कठ्याङग्रिदाे जाडो र खाद्यान्न अभावले पिरोलिएको जानकारी पाएको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँ पालिका RAT संयाेजक राजु पाैडेल काे नेतृत्व मा निम्नानुसार राहत संकलन गरि पिडित जयमाला घर्ती लाई राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती का सभापति दाेर्ण जिसि ले हस्तान्तरण गर्नु भएको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती का प्रशिक्षण विभाग प्रमुख राज कुमार आचार्यले सेरोफेरो लाई जानकारी गराउनु भएको छ!
राहत सामाग्रीहरु:-
*************
१. बलाङकेट - २ थान
२. डसना - १ थान
३. सिरानी - १ थान
३. चामल - १ कट्टा
४. खाने तेल - १ बाेटल
५. नुन - २ पाेका
६. बेसार - १ पाेका मात्र ।
राहत सहयोगी मनहरु:-
""""""""""""""""""""""""""""
१. राज कुमार आचार्य - रु. ६५०
२. दाेर्ण जिसि - रु.६००
३. राजु पाैडेल - रु.५५०
४. माेहन आचार्य - रु.५००
५. सुर्य सुवेदी - रु. ५००
५. सुभाष भुसाल - रु. ५००
६. सन्तोष भुसाल - रु. ५००
७. तेजेन्द्र सिं ठकुरि -रु.५५०
८. शिव राना - रु.५५०
९. कमला खत्री - रु ५००
१०. बाबुराम थापा - रु ५००
११. बिक्रम पाण्डे - रु ५००
१२. जगत अधिकारी - रु ४०० बराबर जिन्सि ( तेल, नुन, बेसार)

22/01/2024

लुम्बिनी प्रदेश, राप्ती गाउँ पालिकाकाे कार्यालयमा, पालिका अध्यक्ष प्रकाश बिष्ट ज्यु समक्ष राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँ पालिका राज कुमार आचार्य जनसरोकारका बिषय उल्लेखित ध्यानाकर्षण पत्र प्रस्तुत गर्नुभएको छ!
रास्वपा राप्ती का सभापति दाेर्ण जिसिले ध्यानाकर्षण पत्र पालिका अध्यक्ष प्रकाश बिष्ट लाई बुझाउनुभएको थियो ! कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेता सुर्य सुबेदी, राजु पौडेल लगायतको उपस्थिति थियो ! अध्यक्ष बिष्टले प्रस्तुत ध्यानाकर्षण प्रस्ताव लाई कार्यपालिका बैठकमा प्रस्तुत गर्ने र अत्यावश्यक बुदा लाई थपघट गर्ने मौखिक सहमति गर्दै यो प्रस्ताव लाई महत्त्वपूर्ण रूपमा लिनुभएको छ!! रास्वपाले आगामी दिनहरूमा जनसरोकारका मुद्दाहरूमा क्रमशः र निरन्तर आवाज उठाउदै आउने कुरा रास्वपाका राज कुमार आचार्यले हामीलाई जानकारी गराउनु भएको छ!

आज माघ ०६ गते सनिवार को दिन राष्ट्रिय स्वतन्त्र पार्टी  लुम्बिनी प्रदेश दाङ क्षेत्र नम्बर १ को आयोजनामा अनुसासन र संगठन ...
20/01/2024

आज माघ ०६ गते सनिवार को दिन राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश दाङ क्षेत्र नम्बर १ को आयोजनामा अनुसासन र संगठन बिस्तार सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम पार्टी प्रदेश कार्यालय लमहीमाब सम्पन्न भएको छ!
कार्यक्रमको संचालन क्षेत्रीय सभापति मोहन आचर्यले गर्नुभएको थियोे ! राप्ती, गढवा, लमही र राजपुर पालिका सभापति,सदस्य र बिभागिय प्रमुख, वडा सभापति ज्युहरुको सकृय सहभागिता मा आएका प्रश्न, गुनासो, सुझाव र समसामयिक राजनैतिक विषयमा प्रमुख अतिथिको आसन बाट केन्द्रिय सदस्य तथा प्रदेश सभापति देवराज पाठकले सम्बाेधन गर्नुभएको थियोे भने बिशिस्ट अतिथिको आसन बाट प्रदेश प्रशिक्षण बिभाग प्रमुख सुशील अधिकारीले अनुसासन र पार्टी सदस्य तथा पदाधिकारीको कर्तव्य को बारेमा प्रकाश पार्नुभएको थियोे !

12/01/2024

भालुवाङ बस दुर्घटना अपडेटः
***---*****------*******
दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।
शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घाइतेहरुको नाम
१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट!
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम!
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट!
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल!
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट!
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट!
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस!
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट!
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट!
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट!
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट!
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट!
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय! कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर!
१४. समिर नेपाली, चालक!
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट!
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट!
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम!
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट!
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको !

12/01/2024

भालुवाङ २७ पुस । भालुवाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजे तिर दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिएका छन् । घटना स्थलबाट जेसिवीको सहायताले ७ जनाको शव निकालिएको छ । यस अघि ५ जनाको शव निकाली सकिएको थियो ।

अहिले २३ जना घाइतेहरुको भालुवाङ प्रस्तावित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् । बसमा करिब ३०÷३५ जना यात्रु सवार रहेको हुन सक्ने प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् । अहिले पनि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

माघी पर्वको अवसरमा देउखुरीकै प्रमुख मध्येको १ धर्मिक तथा पर्यटकीय स्थल हर्से डाँडा मन्दिरमा कालिका सामुदायिक बन उपभोक्ता...
10/01/2024

माघी पर्वको अवसरमा देउखुरीकै प्रमुख मध्येको १ धर्मिक तथा पर्यटकीय स्थल हर्से डाँडा मन्दिरमा कालिका सामुदायिक बन उपभोक्ता समिति तथा उपभोक्ता सहित निर्णय अनुसार पौष २९ र माघ १ गते मेला आयोजना गरेको छ, भक्तजन र पर्यटकजन लाई अग्रिम स्वागत तथा निमन्त्रणा गर्दै तयारीमा लागेको कुरा मेला ब्याबस्थापन समितिका सदस्य राज कुमार आचार्य ले जानकारी दिनुभएको छ!

10/01/2024

रवि लाई जनताको माया !!! खबरदार, जनताको आशा र बिश्वास को केन्द्र रहिरहे रवि!

माहाप्रभु बचत तथा ऋण सहकारी संस्था को सेवा केन्द्र राप्ती-२ लालमटिया मा राष्ट्रिय स्वतन्त्र पार्टी को राप्ती गाउँपालिका ...
10/01/2024

माहाप्रभु बचत तथा ऋण सहकारी संस्था को सेवा केन्द्र राप्ती-२ लालमटिया मा राष्ट्रिय स्वतन्त्र पार्टी को राप्ती गाउँपालिका स्तरीय अनुगमन समितिले अनुगमन गर्दै ज्ञापनपत्र बुझाएको छ!

09/01/2024

श्री प्रमुख प्रसासकिय अधिकृत ज्यु,
राप्ती गाउँपालिकाकाे कार्यालय मसुरिया,देउखुरी-दाङ,लुम्बिनी प्रदेश!
विषय:- प्रङ्गारिक मल र जैविक बिषादि प्रयोग र ब्याबस्थापन!
उपरोक्त विषयमा हाम्रो देश कृषिप्रधान देश हो, यहाँ का अधिकांश जनता कृषि पेशामा निर्भर छन! प्राकृतिक रूपमा संसारमै सुन्दर देश लाई हामीले जान अन्जानमा प्रदुषित बनाउदै गइरहेका छौं! यस्तो हुनुमा हामी गम्भीर नहुनु,गैरजिम्मेवार बन्नु र ध्यान नजानुकाे कारणले हाे। प्राकृतिक वातावरणको संरक्षण गर्नु हामी सबै (स्थानीय सरकार र जनता) को दायित्व र कर्तव्य हो! त्यसैले यो विषयमा म गम्भीर बने र स्थानीय निकाय र यहाँका जनता सबैलाई गम्भीर बन्न आग्रह गर्दछु!
बोट बिरुवा को लागि माटाे अनि मानिस र पशुपन्छिको लागि आहार बिना जिबन र जगत को परिकल्पना असम्भव प्राय छ! माटाे र आहार को गुणस्तर वृद्धि गर्न मल र बिषादि काे प्रयोग र ब्याबस्थापन को ठुलो महत्त्व हुन्छ! मल र बिषादि खासगरी दुई किसिमका हुन्छन् , मल:- प्रङगारिक र रासायनिक , बिषादि:- जैविक र रासायनिक।
रासायनिक मल र बिषादि काे प्रयोग बढदै जादा मानव समाज र जलवायु परिवर्तन मा नकारात्मक प्रभाव बढदै गइरहेको छ, मानव समाजको अस्तित्व नै जोखिम तर्फ उन्मुख छ! रासायनिक मल र बिषादिको अधिक प्रयोग ले माटाेकाे उर्बरासक्तीमा क्षयिकरण हुदै कालान्तरमा माटाेलाई मृत बनाउने निस्चित छ। मानिसको स्वास्थयमा दिनानुदिन गम्भीर असर गर्दै गइरहेको छ! हाम्रो स्थानीय सरकार, संघ-संस्था, यहाँका किसान तथा उपभोक्ता ले यो विषयलाई नजरअन्दाज गर्न नमिल्ने मेरो ठहर हो! रासायनिक मल र बिषादिकाे प्रयोग न्यूनीकरण गर्न यहाँ कार्यरत प्राइभेट क्षेत्र, संघ-संस्था र स्थानीय निकायले समन्वय गरि सेवा र कार्यक्रममा रासायनिक मल र बिषादि काे प्रयोग लाई क्रमशः रोकावट गर्दै प्रङ्गारिक मल र जैविक बिषादि काे उपलब्धता र प्रयोगलाई जोड दिन आबस्यक भएको हुँदा प्राइभेट क्षेत्र बाट नेतृत्व गर्न म अर्थात् मेरो फर्म "राप्ती एकीकृत कृषि तथा पसुपंछि जन्य सप्लायर्स" तयार छ, म/मेरो फर्म लाई स्वीकृती दिई आबस्यक सहयोग गरियोस् ! मैले/मेरो फर्मले यस क्षेत्रमा विशेषगरी राप्ती गाउँ पालिकामा प्रङगारिक मल र जैविक बिषादि लाई उचित मुल्यमा उपलब्धता र निरन्तरता गराउन चाहान्छु! राप्ती गाउँ पालिका देशकै नमूना बनोस् , शुभकामना सहित विनम्र अनुरोध छ!
निवेदक

राप्ती एकीकृत कृषि तथा पसुपंछि जन्य सप्लायर्स राप्ती -१ देउखुरी दाङ, लुम्बिनी प्रदेश !
प्रो:-राज कुमार आचार्य
मिति :- २०८० पौष २४

Address

Rapti 1 Dang
Dang
00977

Telephone

+9779857877766

Website

Alerts

Be the first to know and let us send you an email when Rapti Lumbini Serophero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rapti Lumbini Serophero:

Share