Palika Khabar

Palika Khabar Dhading

26/02/2026
धुनिबेशीमा नेकपाको घरदैलो अभियान तीव्रपाण्डेसँगै शालिकराम जम्कटेलको सहभागिताधादिङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ ...
26/02/2026

धुनिबेशीमा नेकपाको घरदैलो अभियान तीव्र
पाण्डेसँगै शालिकराम जम्कटेलको सहभागिता
धादिङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले धुनिबेशी नगरपालिका वडा नं. ७ अन्तर्गत लिखु, मजुवा र तोप्लाङ क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलोका क्रममा पाण्डेले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्राथमिकता रहेको बताउनुभयो। उहाँले धादिङको समग्र विकासका लागि नीतिगत सुधार र सुशासन आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा शालिकराम जम्कटेलको पनि विशेष सहभागिता रहेको थियो। उहाँले स्थानीय मतदातासँग संवाद गर्दै आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो। जम्कटेलले धादिङको दिगो विकासका लागि अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मतदाताहरूले आफ्ना समस्या र अपेक्षाहरू उम्मेदवारसमक्ष राख्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

घरदैलो कार्यक्रमको क्रममा धुनिवेशी नगरपालिका ८ , कोइरालेटारमा जेन्जी उमेर समुहको युवा पुस्ताले सोध्नु भएको प्रश्नको जवाफ...
26/02/2026

घरदैलो कार्यक्रमको क्रममा धुनिवेशी नगरपालिका ८ , कोइरालेटारमा जेन्जी उमेर समुहको युवा पुस्ताले सोध्नु भएको प्रश्नको जवाफ दिनु हुँदै नेकपाका उम्रामेदवार राजेन्द्र प्रसाद पाण्डे ।

घरदैलो कार्यक्रम अन्तरगत धुनिवेशी ४ मा राजेन्द्र प्रसाद पाण्डे
25/02/2026

घरदैलो कार्यक्रम अन्तरगत धुनिवेशी ४ मा राजेन्द्र प्रसाद पाण्डे

नमस्कार, सवैजनाले यो समाचार आ आफ्नो मिडियाहरुमा प्रकाशन प्रशारण गरौँ ।धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्...
25/02/2026

नमस्कार, सवैजनाले यो समाचार आ आफ्नो मिडियाहरुमा प्रकाशन प्रशारण गरौँ ।
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी

धादिङ – प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बुधबार धुनीबेशी नगरपालिका – १, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै संजेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता ९निष्क्रिय० भएको घोषणा गरेका हुन् । साथै उम्मेदवार पाण्डे र संजेलबीच आपसी सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

कार्यक्रममा बोल्दै संजेलले भने 'राजेन्द्र प्रसाद पाण्डे धादिङको विकासप्रेमी नेता मात्र नभई सिंगो देशकै एक अभिभावक हुनुहुन्छ । धादिङको सर्वाङ्गीण विकासका लागि उहाँको विजय अपरिहार्य रहेकाले मैले उम्मेदवारी निष्क्रिय पारी उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ।'

यसअघि मंगलबार साँझ नै सामाजिक सञ्जालमार्फत पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका संजेलले आजको हस्ताक्षरसँगै चुनावी मैदानमा पाण्डेलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् ।

संजेलको यो समर्थनले धादिङ क्षेत्र नं.१ मा पाण्डेको पक्षमा चुनावी माहोल बलियो बनेको विश्लेषण गरिएको छ ।

धुनिवेशी नगरपालिकाका विभिन्न वडाहरुमा मतदाता भेट्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार राजेन्द्रप्रसाद पाण्डे ।
25/02/2026

धुनिवेशी नगरपालिकाका विभिन्न वडाहरुमा मतदाता भेट्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार राजेन्द्रप्रसाद पाण्डे ।

Address

Gajuri-1
Dhading
010

Alerts

Be the first to know and let us send you an email when Palika Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palika Khabar:

Share