Palpa Bensi

Palpa Bensi Like the page for local,national and international news and notice.

जिल्ला हस्पिटल धादिङबाट डाइलायसिस सेवा सुरु माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, स्वास्थ मन्त्री निमा लामा, प्रद...
06/08/2022

जिल्ला हस्पिटल धादिङबाट डाइलायसिस सेवा सुरु माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, स्वास्थ मन्त्री निमा लामा, प्रदेश संसद डा रामकुमार अधिकारी र नीलकण्ठ नगर प्रमुख भिम ढुंगानाको उपस्तिथिमा सुरु भएको छ । केही दिनमा ICU सेवा समेत सुरु हुनेछ ।

अखिल नेपाल धादिङ्गद्वारा SEE उत्तिण विद्यार्थीलाई सम्मान प्रदान गरेको छ ।।Photo:Royal Foto Records
06/08/2022

अखिल नेपाल धादिङ्गद्वारा SEE उत्तिण विद्यार्थीलाई सम्मान प्रदान गरेको छ ।।

Photo:Royal Foto Records

आज काठमाडौंमा युएस बंगला विमान दुर्घटना भएको ४ वर्ष पूरा भएको छ । ५१ जनाको ज्यान गएको थियो जसमा अधिकांश मेडिकल विद्यार्थ...
12/03/2022

आज काठमाडौंमा युएस बंगला विमान दुर्घटना भएको ४ वर्ष पूरा भएको छ । ५१ जनाको ज्यान गएको थियो जसमा अधिकांश मेडिकल विद्यार्थी थिए । तिनीहरूको परिवारलाई सबैबाट थप बल र समर्थन प्राप्त होस्।

24/02/2022

पल शाहले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने व्यक्ती हरुको नाम सहित प्रमाण बाहिर ल्याएका छन्। पल शाहले आफ्नो साथी दुर्गेश थापा,ठुल्दाई सरोज ओलि,भाई कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढंगमा समिक्षाको प्रयोग गरेर आफुलाइ फसाएको स्पस्टिकरण प्रमाण सहित फेसबुकमा अपलोड गरेका छन्।यति चाहिँ प्रष्ट भइयो पललाई नजिक कै आफ्ना भनिनेले प्रहार गरेका रैछन्।

बैतडीमा अब खोप कार्डविना सरकारी सेवा लिन नपाइने३० पुष २०७८, शुक्रबारबैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिन...
14/01/2022

बैतडीमा अब खोप कार्डविना सरकारी सेवा लिन नपाइने
३० पुष २०७८, शुक्रबार

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।

गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पु¥याउन खोप कार्ड अनिवार्य गरिएको हो ।” कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।

सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह गरिएको छ । घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायमलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।

यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताउनुभयो ।

यसैबीच नयाँ भेरियन्ट फैलनसक्ने भन्दै भारतसितको सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्यरुपमा कोरोना परीक्षण गरिँदैछ । झुलाघाट नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गइसकेको छ ।

भारतमा थपिए २ लाख ६४ हजार बढी संक्रमित, ३१५ जनाको मृत्यु३० पुष २०७८, शुक्रबारनयाँदिल्ली । छिमेकी राष्ट्र भारतमा पछिल्लो ...
14/01/2022

भारतमा थपिए २ लाख ६४ हजार बढी संक्रमित, ३१५ जनाको मृत्यु
३० पुष २०७८, शुक्रबार

नयाँदिल्ली । छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ ।

सोही अवधिमा थप ३१५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

हाल यहाँ पाँच हजार ७५३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या बाह्र लाख ७२ हजार ७३ रहेका छन् । गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय सङ्क्रमित थपिएका छन् ।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण३० पुष २०७८, शुक्रबारकाठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रम...
14/01/2022

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
३० पुष २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबकाे लगातार तेस्रो जीत, कर्णाली पराजित३० पुष २०७८, शुक्रबारकाठमाडाैँ । नेपाल पुलिस क...
14/01/2022

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबकाे लगातार तेस्रो जीत, कर्णाली पराजित
३० पुष २०७८, शुक्रबार

काठमाडाैँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो । जीतसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ ।

कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । यसअघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्धको खेलमा पराजय भोगेको थियो भने प्रदेश नं १ लाई पराजित गारेको थियो ।

आजको खेलमा पुलिस क्लबले दिएको २४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ४७ बल खेल्दै ६ चौका र ३ छक्का हाने । बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले दुई–दुई तथा पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुल्सन झाले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको योगदान दिए । उनले ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ६२, दिलीप नाथले ३१, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई–दुई विकेट लिए ।

भैरहवाको बुद्धचोकमा भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालककको मृत्युभैरहवा । रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा ट्रकले...
14/01/2022

भैरहवाको बुद्धचोकमा भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालककको मृत्यु

भैरहवा । रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ओमसतिया गाउँपालिका–१ खुन्साका ४१ वर्षीया जीबराज बस्यालको मृत्यु भएको हो ।

तीब्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिनुका साथै ट्रकले केही दूरी परसम्म घिसारेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब २ सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताए ।

बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ ।

ट्रकको सिसा फुटेको छ । घटनास्थलमा आएको प्रहरीले ट्रकमा थप क्षति हुनबाट जोगाएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी३० पुष २०७८, शुक्रबारकाठमाडौँ । निर्वाचन आयोगले बोलाएको सर्व दलीय बैठक शुरु भएको छ । आ...
14/01/2022

निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी
३० पुष २०७८, शुक्रबार

काठमाडौँ । निर्वाचन आयोगले बोलाएको सर्व दलीय बैठक शुरु भएको छ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन र वैशाखमा प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचन तयारीबारे आयोगले प्रमुख दलहरूसँग छलफलका लागि बैठक बोलाएको हो ।

जारी बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरुका प्रतिनिधि सहभागी रहेको जनाइएको छ । स्रोतका अनुसार एमालेबाट उपमहासचिव विष्णु रिमाल, कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रबाट लीलामणि पोखरेललगायत नेताहरु छलफलमा सहभागी छन् ।

स्थानीय तहका जननिर्वाचित पदाधिकारीहरुको कार्यकाल यसै वर्षको अन्तिममा सकिन लागेको छ । समयमै स्थानीय तहको निर्वाचन गर्न भनी आयोगले आगामी २०७९ सालको वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ । यस प्रस्तावमा राजनीतिक दलहरु सहमत हुने नहुनेबारे छलफलबाट निक्र्यौल गरिने जनाइएको छ ।

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो३० पुष २०७८, शुक्रबारकालीकोट । कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक...
14/01/2022

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो
३० पुष २०७८, शुक्रबार

कालीकोट । कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो ।

कालीकोटमा आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

जिल्लामा कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए । “पछिल्लो चरणमा कोभिड–१९ बाट सङ्क्रमितमध्ये छ महिला र सात पुरुष रहेका छन्”, उनले भने, “विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहर भयावहरुपमा लिएको छ ।”

कोभिड–१९ का सङ्क्रमित विभिन्न होमआइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिए । जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

हालसम्म कालीकोटमा कूल जनसङ्ख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसङ्ख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएको निमिक्त प्रमुख महतले जानकारी दिए ।

Address

Dhading

Telephone

+9779841063263

Website

Alerts

Be the first to know and let us send you an email when Palpa Bensi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palpa Bensi:

Share