Horizon Khabar

Horizon Khabar सत्य, निष्पक्ष र ताजा समाचारको सम्बाह ! (सुचना, समाचार र बिज्ञापनको लागि)
Call/Watsapp:9851238738
Mail: [email protected]
Webside: www.horizonkhabar.com

आज बुधबार उद्धार गरिएको व्यक्तिहरूको विवरण !
02/09/2026

आज बुधबार उद्धार गरिएको व्यक्तिहरूको विवरण !

बाढीपहिरो प्रभावितको आवश्यकताबारे बुझ्न तीन जिल्लामा डिस्कभरी वर्ल्ड ट्रेकिङ !धादिङ । विपद् तथा विभिन्न अवसरमा सहयोग गर्...
02/09/2026

बाढीपहिरो प्रभावितको आवश्यकताबारे बुझ्न तीन जिल्लामा डिस्कभरी वर्ल्ड ट्रेकिङ !
धादिङ । विपद् तथा विभिन्न अवसरमा सहयोग गर्दै आएको डिस्कभरी वर्ल्ड ट्रेकिङको टोलीले नुवाकोट, धादिङ र रसुवाका विभिन्न प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

बाढीपहिरोपछि प्रभावित क्षेत्रको वास्तविक अवस्था र स्थानीयको आवश्यकताबारे जानकारी लिन टोलीले विभिन्न स्थानमा पुगेर स्थलगत निरीक्षण गरेको हो।

यसपटक पनि सहयोगका लागि अघि बढेको कम्पनीले तत्काल के–कस्ता सामग्री तथा सहयोग आवश्यक छ भन्ने विषयमा फिल्डमै पुगेर जानकारी संकलन गरिरहेको जनाएको छ। आवश्यकता पहिचान गरेपछि सोहीअनुसार सहयोग हस्तान्तरण गरिने बताइएको छ।

कम्पनीले विगतमा पनि विपद् लगायत विभिन्न अवसरमा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।

यसपटकको सहयोग पनि प्रभावित क्षेत्रको वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा उपलब्ध गराउने तयारी गरिएको छ। सहयोग हस्तान्तरणका क्रममा सम्बन्धित सञ्चारकर्मी तथा स्थानीय पक्षलाई समेत सहभागी गराइने जनाइएको छ।

धादिङका मुस्लिम समुदायद्वारा बाढीपीडितका लागि १ लाख ३४ हजार सहयोग प्रदान !धादिङ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा...
02/09/2026

धादिङका मुस्लिम समुदायद्वारा बाढीपीडितका लागि १ लाख ३४ हजार सहयोग प्रदान !
धादिङ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि धादिङ मुस्लिम समुदायले १ लाख ३४ हजार २०१ रुपैयाँ सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नीलकण्ठ नगरपालिका–३ स्थित मुस्लिम समुदायको आह्वानमा उक्त रकम संकलन गरिएको हो।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिएको जनाइएको छ।

विपद्को कठिन समयमा गरिएको यो सहयोगले सामाजिक एकता, सद्भाव र मानवीय सेवाको भावना बलियो बनाएको छ। समुदायले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ।

माथिल्लो त्रिशूली–१ मा ५५७ जना अझै बेपत्ता, ११५ जना सुरुङभित्र फसेको आशंका !काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते...
02/09/2026

माथिल्लो त्रिशूली–१ मा ५५७ जना अझै बेपत्ता, ११५ जना सुरुङभित्र फसेको आशंका !
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना अझै सम्पर्कविहीन रहेका छन्।

आयोजनामा बाढी आउँदा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेकोमा हालसम्म ८७६ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ। बाँकी ५५७ जना सम्पर्कमा नआएका हुन्।

बेपत्ता हुनेमा पावर चाइनाका ३८५, एन्ड्रिज हाइड्रोका ९४, डुसानका ५६, प्रवर्द्धक कम्पनीका १५ र जेड कन्सल्टका ७ जना रहेका छन्। तीमध्ये करिब ११५ जना हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुङभित्रै फसेको आशंका गरिएको छ।

आमाछोदिङ्मो गाउँपालिका–१ हाकु तथा उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको आयोजनाको बाँध, कार्यालय तथा आवासीय संरचना बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

विकट भूगोल, निरन्तर पहिरोको जोखिम, सुरुङभित्रको प्राविधिक जटिलता र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरक्षा निकाय तथा प्राविधिक टोलीको समन्वयमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

02/09/2026

ग्यालेक्सी युथ क्लब कपिलवस्तु द्वारा बाढीपीडितलाई २० लाखको राहत, सबैलाई सहयोगमा जुट्न आग्रह !

अपर त्रिशूली–१ को सुरुङमा फसेकाको उद्धारमा सात दिन बित्दा पनि प्रगति न्यून !रसुवा । अपर त्रिशूली–१(२१६) जलविद्युत् आयोजन...
02/09/2026

अपर त्रिशूली–१ को सुरुङमा फसेकाको उद्धारमा सात दिन बित्दा पनि प्रगति न्यून !
रसुवा । अपर त्रिशूली–१(२१६) जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारमा सात दिन बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन। सुरुङभित्र रहेका श्रमिकहरूको अवस्थाबारे जीवित रहेको संकेत प्राप्त भएको भनिए पनि उद्धार टोलीले उनीहरूसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्न अझै संघर्ष गरिरहेको छ।

बाढी तथा पहिरोका कारण आयोजनास्थलमा ठूलो क्षति पुगेपछि सुरुङभित्र फसेका श्रमिकलाई बाहिर निकाल्न उद्धार कार्य अघि बढाइएको हो। तर आवश्यक उपकरण तथा पहुँचमार्गको अभावका कारण उद्धारमा ढिलाइ भइरहेको छ।

उद्धारका लागि एक्स्काभेटरलगायतका केही उपकरण प्रयोग भइरहेको भए पनि आवश्यक क्षमतामा उपकरण परिचालन हुन नसकेको र कामको गति निकै सुस्त रहेको बताइएको छ। सात दिनसम्म पनि सुरुङभित्र प्रवेश गर्ने बाटो निर्माणको काम पूरा हुन नसक्दा फसेका श्रमिकका परिवारमा चिन्ता थपिएको छ।

सुरुङभित्र फसेका श्रमिकहरूमा मङ्गले तामाङ, ऊप्रेङ तामाङ, सोमार तामाङ, सुकु लामा तामाङ र बुद्धि तामाङ लगायत रहेको जनाइएको छ।

उनीहरूका परिवारजन अझै पनि आफ्ना आफन्त सकुशल उद्धार हुने आशामा छन्। लामो समयसम्म उद्धार हुन नसक्दा परिवारजनमा निराशा र आक्रोश बढ्दै गएको छ।

सम्बन्धित निकायले उद्धारका लागि आवश्यक सबै उपकरण, जनशक्ति र प्राविधिक स्रोत तत्काल परिचालन गरी कामलाई तीव्रता दिनुपर्ने माग भइरहेको छ। सुरुङभित्र रहेका श्रमिकको अवस्था अझै स्पष्ट हुन नसकेको अवस्थामा उद्धारमा हुने प्रत्येक ढिलाइ महत्वपूर्ण बन्न सक्ने भएकाले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ।

उनीहरूमध्ये कसैको अवस्थाबारे जानकारी प्राप्त भएमा ९८६३०२६१५४ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

01/09/2026

खनियाबास गाउँपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही २५ हजार राहत दिने, फसेकालाई यातायातको व्यवस्था समेत गर्ने ।

नुवाकोटमा बाढीपीडितसम्म तुइनबाटै राहत र औषधि पुर्‍याउन सुरु ! [तस्वीरहरू: अनलाइनखबर]
01/09/2026

नुवाकोटमा बाढीपीडितसम्म तुइनबाटै राहत र औषधि पुर्‍याउन सुरु ! [तस्वीरहरू: अनलाइनखबर]

विपद्को सातौँ दिन पनि टनेलमा फसेकाको उद्धार प्रयास जारी !रसुवा । भोटेकोसी बाढी आएको सातौँ दिनसम्म पनि विभिन्न जलविद्युत्...
01/09/2026

विपद्को सातौँ दिन पनि टनेलमा फसेकाको उद्धार प्रयास जारी !
रसुवा । भोटेकोसी बाढी आएको सातौँ दिनसम्म पनि विभिन्न जलविद्युत् आयोजनाका टनेलमा फसेका कामदार तथा कर्मचारीको खोज तथा उद्धार कार्य जारी रहेको छ।

नेपाली सेनाका अनुसार मंगलबार बिहान ११ बजेसम्म हवाई माध्यमबाट २३ जनाको उद्धार गरिएको छ। बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका टनेलमा ठूलो संख्यामा कामदार तथा कर्मचारी फसेको बताइएको छ।

सेनाले चिलिमे हाइड्रोको टनेलमा करिब ५० मिटर, लाङटाङ हाइड्रोमा करिब १५० मिटर र अपर त्रिशूली–१ को टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको जनाएको छ।

त्रिशूली–३ ‘ए’ आयोजनामा टनेल हेड फेला पारेर कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ भने टनेलभित्र जमेको पानी निकाल्ने प्रयास जारी छ। वैकल्पिक मार्ग खोल्ने तथा रक ब्रेकर प्रयोग गरी टनेलमा प्रवेश गर्ने बाटो बनाउने काम पनि भइरहेको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ मा प्रवेशद्वार पत्ता लगाई एक्साभेटर प्रयोग गरेर खन्ने काम भइरहेको सेनाले जनाएको छ।

बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न हाइड्रोपावर क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो। प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापन, सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम भइरहेका छन्।

सेनाले प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्तीसमेत बढाएको जनाएको छ। साथै प्रभावित क्षेत्रका विभिन्न स्थानमा संक्रमण रोकथाम तथा कीटाणुमुक्त गर्ने काम पनि भइरहेको छ।

धादिङ गंगाजमुनाका गुरुङ रसुवाको हाइड्रोबाट सम्पर्क विहीन, खोजीको अपिल !रसुवा । धादिङको गङ्गाजमुना गाउँपालिका–३, चिम्चोक ...
01/09/2026

धादिङ गंगाजमुनाका गुरुङ रसुवाको हाइड्रोबाट सम्पर्क विहीन, खोजीको अपिल !
रसुवा । धादिङको गङ्गाजमुना गाउँपालिका–३, चिम्चोक ठेगाना भएका मेघबहादुर गुरुङ अपर त्रिशूली–१ मैलुङ हाइड्रोमा कार्यरत रहँदा बाढीपछि सम्पर्कविहीन भएका छन्। उनको खोजी तथा उद्धारका लागि परिवारले अपिल गरेको छ।

परिवारका अनुसार बाढी आएपछि गुरुङसँग सम्पर्क हुन सकेको छैन। उनी हाल कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।

गुरुङलाई कसैले देखे वा भेटेमा तत्काल परिवारलाई जानकारी गराइदिन आग्रह गरिएको छ।

सम्पर्क नम्बर :
📞 जन्तरी गुरुङ : ९८४१०६७३६१
📞 बिन्दु घिसिङ : ९८१११०२२०६

परिवारले मेघबहादुरको सकुशल उद्धारका लागि खोजी कार्यमा सहयोग गरिदिन तथा कुनै जानकारी प्राप्त भएमा माथिका नम्बरमा सम्पर्क गरिदिन सबैमा हार्दिक अनुरोध गरेको छ।

मेघबहादुर गुरुङको सकुशल उद्धारका लागि परिवारले सबैसँग सहयोगको अपिल गरेको छ।

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Horizon Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Horizon Khabar:

Shortcuts

Share