Horizon Khabar

Horizon Khabar सत्य, निष्पक्ष र ताजा समाचारको सम्बाह ! (सुचना, समाचार र बिज्ञापनको लागि)
Call/Watsapp:9851238738
Mail: [email protected]
Webside: www.horizonkhabar.com
(1)

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव !चितवनको मुग्लिन बजारमा आजदेखि सुन्तला महोत्सव आयोजना हुँदैछ ।  चितवन उद्योग संघ इच्छाक...
26/12/2025

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव !
चितवनको मुग्लिन बजारमा आजदेखि सुन्तला महोत्सव आयोजना हुँदैछ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुन लागेको हो । महोत्सव पुस १५ गतेसम्म चल्ने छ ।

https://horizonkhabar.com/2025/12/22529/
26/12/2025

https://horizonkhabar.com/2025/12/22529/

अन्तर्राष्ट्रिय खबर । भारतीय सेनाका जवानहरूले पाँच वर्षपछि पुनः सामाजिक सञ्जाल प्रयोग गर्न पाउने भएका छन्। सन् ....

अपाङ्गता मैत्री यातायात सेवाका लागि धादिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।१५ दिनभित्र प्रतिबद्धता कार्यान्वयन गरिनेधादि...
25/12/2025

अपाङ्गता मैत्री यातायात सेवाका लागि धादिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
१५ दिनभित्र प्रतिबद्धता कार्यान्वयन गरिने
धादिङवेशी । अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित, सहज र सम्मानजनक यात्रा सुनिश्चित गर्ने उद्देश्यले धादिङमा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता पुनर्स्थापन समाज धादिङको आयोजना तथा सामाजिक विकास कार्यालय, गजुरीको सहयोगमा ‘समावेशी अपाङ्गता सचेतना तथा सशक्तीकरण’ कार्यक्रमअन्तर्गत यातायात व्यवसायीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो।
समाजका अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङका जिल्ला प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रसासकिय अधिकृत रामणी मिश्र, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, निलकण्ठ नगरपालिकाकी प्रतिनिधि उर्मिला थपलिया तथा यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रियाका क्रममा सार्वजनिक यातायात प्रयोग गर्दा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्या र सास्तीबारे गम्भीर छलफल गरिएको थियो। कार्यक्रममा ग्रामीण बस व्यवसायीका महासचिव प्रमोद पोखरेलले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार अबदेखि बसको टिकटको पछाडि अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा र अधिकारसम्बन्धी जानकारीमूलक सन्देश अनिवार्य रूपमा छापिनेछ। साथै, चालक तथा सह–चालकहरूलाई अपाङ्गता भएका व्यक्तिहरूसँग गरिने व्यवहार र सम्मानजनक भाषा प्रयोगबारे विशेष तालिम प्रदान गरिनेछ। यी सबै प्रतिबद्धता आगामी १५ दिनभित्र कार्यान्वयनमा ल्याइने जनाइएको छ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाकी प्रतिनिधि उर्मिला थपलिया, जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरीका प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणका लागि आवश्यक नियमन, सहजीकरण र अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
“अपाङ्गताको पहिचान, रोकथाम र न्यूनीकरण हाम्रो अभियान” भन्ने मूल नारासहित सम्पन्न उक्त कार्यक्रमले धादिङ जिल्लाको सार्वजनिक यातायात सेवालाई थप मर्यादित, सुरक्षित र समावेशी बनाउने अपेक्षा गरिएको छ।

नेकपा धादिङ क्षेत्र नं. २ ले प्रतिनिधिसभा, समानुपातिक र राष्ट्रिय सभा तर्फ २६ जनाको नाम सिफारिस !धादिङ । नेकपा (माओवादी ...
25/12/2025

नेकपा धादिङ क्षेत्र नं. २ ले प्रतिनिधिसभा, समानुपातिक र राष्ट्रिय सभा तर्फ २६ जनाको नाम सिफारिस !
धादिङ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ले आगामी निर्वाचनका लागि उम्मेदवार आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।
क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा तर्फ गरी कुल २६ जनाको नाम सिफारिस गरेको हो। बैठक इन्दिरा ढुङ्गानाको अध्यक्षता तथा नेकपा केन्द्रीय नेता राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ रामबहादुर भण्डारी, पुष्प विक्रम मल्ल, अञ्जन थापा ‘कुमार’, नवराज गौली, अनिल रिजाल, जगतबहादुर सिंखडा, सरला धमला र शिशिर तामाङको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ इन्दिरा ढुङ्गाना, सरला धमला, लीलामणि न्यौपानेसहित १५ जनाको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ विष्णु पुकार श्रेष्ठ, गुरु प्रसाद बुर्लाकोटी, मोहनबहादुर कार्की र रामप्रसाद सापकोटा (कमल) को नाम सिफारिस गरिएको छ।
क्षेत्रीय समितिले पार्टीको मापदण्ड, समावेशिता र राजनीतिक योगदानका आधारमा नाम सिफारिस गरिएको जनाएको छ।

25/12/2025

‘क्रिसमस’ संसार भर किन र कसरी मनाइन्छ ?
|| फादर: सन्त बहादुर गुरुङ ||

25/12/2025

गाइको गोठमा येशू ख्रीष्टको जन्म भएको हो ।

धादिङ सहित बिस्वभर आज ‘क्रिसमस डे’ भब्य रुपमा मनाइएको छ ।
25/12/2025

धादिङ सहित बिस्वभर आज ‘क्रिसमस डे’ भब्य रुपमा मनाइएको छ ।

प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, धादिङको राजनीतिमा नयाँ तरंग ।धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका–७ न...
25/12/2025

प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, धादिङको राजनीतिमा नयाँ तरंग ।
धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका–७ निवासी प्राध्यापक डा. देवी प्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।

रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टीका उप–सभापति डोल प्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका केन्द्रीय नेताहरूले डा. अधिकारीलाई औपचारिक रूपमा स्वागत गर्नुभएको हो। कार्यक्रममा रास्वपाका संगठन विभागका उप–प्रमुख बोधनारायण श्रेष्ठ र केन्द्रीय प्रशिक्षण विभागका सदस्य कृष्णमान शाक्य समेतको उपस्थिति रहेको थियो।

साहित्य, लेखन तथा बौद्धिक बहसमा प्रखर व्यक्तित्वका रूपमा परिचित डा. अधिकारीको रास्वपामा प्रवेशसँगै धादिङको राजनीतिक वृत्तमा नयाँ हलचल देखिएको छ। यसअघि बोधनारायण श्रेष्ठ र कृष्णमान शाक्यको पार्टी प्रवेशसँगै रास्वपाको संगठन र गरिमा थप सुदृढ बन्दै गएको थियो।

डा. अधिकारीको प्रवेशपछि उहाँलाई भावी नीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवारका रूपमा अघि सार्न सकिने चर्चा सुरु भएको छ। उहाँ निकट स्रोतका अनुसार पार्टीले दिने जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट सोचका साथ उहाँ रास्वपामा आबद्ध हुनुभएको हो।

रास्वपाका केन्द्रीय नेताहरूका अनुसार डा. अधिकारीको क्षमता, अनुभव र बौद्धिक योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले उहाँलाई उचित र सम्मानजनक जिम्मेवारी दिने तयारी गरेको छ। डा. देवी प्रसाद अधिकारीको आगमनसँगै रास्वपाले धादिङमा आफ्नो बौद्धिक तथा वैचारिक आधार थप मजबुत बनाउने विश्वास गरिएको छ।

https://horizonkhabar.com/2025/12/22525/
25/12/2025

https://horizonkhabar.com/2025/12/22525/

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीह...

24/12/2025

लापाको सिन्दिन न्हे (पोखरी)को पौराणिक इतिहास !
|| रुवीभ्याली ५ लापा धादिङ ||

https://horizonkhabar.com/2025/12/22522/
24/12/2025

https://horizonkhabar.com/2025/12/22522/

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र ठूला राजनीति....

https://horizonkhabar.com/2025/12/22520/
24/12/2025

https://horizonkhabar.com/2025/12/22520/

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारबाट लिइँदै आएको वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क सरकारले खारेज गर...

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Horizon Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Horizon Khabar:

Share