Youth For Change

Youth For Change We're here to provide News & update .

We will also try to promote our local area ❤
We're based on Dhading district but you can also send your local area's photo/Video via message.

Match Tied.. what a match.. Super Over now!Nandan Yadav!!
16/06/2025

Match Tied.. what a match.. Super Over now!
Nandan Yadav!!

Gyanendra Shahi लेख्छन् , "ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओबादी साथिहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजिनामा र ...
13/06/2025

Gyanendra Shahi लेख्छन् , "ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओबादी साथिहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजिनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडी हटेबापत ज्यान मा'र्ने ब्याक्ति ह'त्या गर्ने प्रकरणमा पुर्बसभामुख अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा.....बिडम्बनाका साथ भन्नुपर्छ संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो ।।"

गुठि बिधेयकको बिरुद्धमा आवाज उठाउँदा निहत्था नेवारहरुले निर्मम कुटाई खाएको देखे पछि हाम्रो बाजेले एउटा इतिहाँस भन्नु भयो...
13/06/2025

गुठि बिधेयकको बिरुद्धमा आवाज उठाउँदा निहत्था नेवारहरुले निर्मम कुटाई खाएको देखे पछि हाम्रो बाजेले एउटा इतिहाँस भन्नु भयो :
कृतिपुर राज्य माथि मध्यरातमा जात्राको समयमा आक्रमण गरे पछी नेवारमा हाहाकार मच्चियो, निष्पट्ट अँध्यारो भित्र रुवाबासी भयो । यो अवस्था देखे पछि बडामहाराज पृथ्वीनारायण शाह अगाडी आएर भन्नु भयो : “अब तिमीहरुको सुरक्षा गोर्खाले सेनाले गर्नेछ, बिना डर त्रास आफ्नो जात्रा यथावत चलाउनु ।” कोलाहल-हाहाकार शान्त भयो, ढुक्क साथ जात्रा अगाडी बढ्यो ।
बडामहाराज पृथ्वीनारायण शाहको सन्तान दरसन्तानले पनि नेवारको सम्पूर्ण संस्कृति ज्युँको त्यूँ राखे । कुमारी प्रथा, गाई जात्रा, कृष्ण जन्माष्टमी, मछिन्द्रनाथको जात्रा बिस्केट जात्रा देखि अनेक परम्परा राजसँस्थाले संरक्षण गर्यो । नेवार आफ्नै परम्परामा रमाई रहे ।
राजा र राजसँस्था रहँदा सम्म राजदरबारको सचिव देखि अन्य कर्मचारी सुसारे बगैचे समेत नेवार नै थिए । उपत्यकामा नेवार धनि थिए, आफ्नै खेतको अन्नपातले खान पुग्थ्यो । प्रशस्त जग्गाजमिन थियो, उपत्यका भर हरियाली खेत थियो, पहेंलपुर लहलह धानको बाला झुल्दथे । जताततै यिनैको खेत थियो । उपत्यकाको अधिकांश सरकारी देखि प्राइभेट रोजगारमा ठुला साना ओहदामा नेवार नै थिए । पश्चिमा क्रिश्चियनले लगानी गरेर पालेका यिनै नेवारका ज्वाईं बाहुनहरु यिनको सत्रु भएर निस्के । राजा फाल्न पर्छ भनेर यिनका ज्वाईंले यिनलाई उचाले । “राजतन्त्र – मुर्दाबाद” गर्दै नेवारले काठमाडौँ सडक कब्जा गरे अनेक तामझाम गरेर राजा, राजसँस्था फाले ।
राजा र राजसँस्था सँगै आज नेवारको सम्पत्ति खेत जग्गा जमिन पनि गयो, २/४ लाख प्रति आनामा बिक्रि गरे । नेवारको घर ओरिपरी घरैघर बने यिनको कोठामा आज घाम मात्रै होइन हावा समेत छिर्दैन । यिनका खेतमा पुरै घरैघर छन । आज यिनको गुठिमा धावा बोलियो । आज यिनीसँग सम्पत्ति त छैन नै भोलि यिनको संस्कृति पनि नहुने पक्का छ । यिनले पुजा गर्ने देउताको थान बिस्थापित हुने क्रम बढ्दो र यिनको घर ओरिपरी गल्लि-गल्लीमा चर्च ठडिने क्रम बढ्दो छ यति हुँदा पनि यिनले चाल पाएका छैनन् । किन रुन्छ्स मङ्गले आफनै ढङ्गले.......)
*
म बाजेको भनाई प्रति पुरै सहमत भएँ ।
Durgesh Ghale ज्यूको लेख साभार।।

न्यायाधीशलाई कालोमोसो 😯अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिएको विरोधस्वरूप उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थार...
12/06/2025

न्यायाधीशलाई कालोमोसो 😯

अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिएको विरोधस्वरूप उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई काठमाडौंमा नेकपा बहुमतका कार्यकर्ताहरूले कालोमोसो प्रहार गरेका छन्। घ'टनामा संलग्न दुई जनालाई प्रहरीले प'क्राउ गरेको छ।

घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो ? भन्दै रास्वपा सांसद सुमना श्रेष्ठ भन्छिन् - "भिजिट...
12/06/2025

घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो ? भन्दै रास्वपा सांसद सुमना श्रेष्ठ भन्छिन् - "भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो?

देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो?

सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ ।

कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन ।
पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ ।

हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जीकाठमाडौंस्थित साइबर ब्यूरोले पत्रकार दिलभुषण पाठकविरुद्ध अदालतबाट पक्राउ...
11/06/2025

वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

काठमाडौंस्थित साइबर ब्यूरोले पत्रकार दिलभुषण पाठकविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई लिएर हिल्टन होटल सम्बन्धी समाचार प्रकाशित भएको विषयमा जयवीरले साइबर क्राइमको उजुरी दिएपछि ब्यूरोले पुर्जी लिएको हो।
ब्यूरो स्रोतका अनुसार जयवीरको दबाबपछि अदालतबाट चुपचाप पुर्जी लिइएको र त्यसपछि मात्रै जानकारी दिने निर्देशन दिइएको थियो। हाल प्रहरीले पत्रकार पाठकको खोजी गरिरहेको छ।

अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै : मालदार अड्डाका रूपमा चिनिने विमानस्थलबाट अर्बौँ रुपैया...
10/06/2025

अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै :

मालदार अड्डाका रूपमा चिनिने विमानस्थलबाट अर्बौँ रुपैयाँ उठाएको कुराले गृहमन्त्री लेखक पनि बदनाम भएका छन् । दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेको खुलेको थियो । नेपाली कांग्रेस गृहमन्त्रीलाई राजिनामा दिन लगाउने र तान्ने गरि छानबिन समिति बनाउने पक्षमै छैन । रास्वपाले राजनीतिक प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्नुपर्ने पनि प्रस्ताव गरेको छ । यस प्रस्तावमा पनि कांग्रेस मान्न तयार देखिएन । माओवादी र समाजवादी लचक हुँदा पनि रास्वपाले राजीनामाको अडान नछाडेपछि प्रधानमन्त्री ओलीसमेत दबाबमा परेका छन् । यस्तोमा गृहमन्त्री लेखकलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीसहितले एकसाथ घेराबन्दी गरेका छन् । तीनै दल सुरूमा गृहमन्त्री लेखको राजीनामा चाहन्थे । संसद्मा नारा पनि त्यही लागेको थियो । तर पूर्वसभामुख अग्नि सापकोटा व्यक्ति ह'त्यामा मुछिएको प्रकरणमा सर्वोच्च अदालतको आदेश र देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहालको भेटले कुरा फेरिएको छ । सापकोटा माथिको सर्वोच्च अदालतको आदेश र उनलाई जोगाउने प्रयाससँगै देउवा-प्रचण्ड भेटपछि, माओवादी अब गृहमन्त्रीको राजीनामाभन्दा ‘छानबिन समिति’ को सुरक्षात्मक विकल्पमा झरेको देखिन्छ। माओवादी नेतृत्व अब प्रत्यक्ष आक्षेप खेपिरहेका पात्रलाई पदमा राखेर छानबिन गर्न चाहन्छ-जसको निष्पक्षता, प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न उठ्छ।

यो नैतिक विचलन हो। जब माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘छानबिन गरौं’ भन्दै दोषी देखिएमा कारबाही गरिने भनिरहेका छन्, त्यहीबेला उनी स्वयं अग्नि सापकोटालाई जोगाउन सकृय देखिन्छन्। विडम्बना, एकातिर अग्नि सापकोटा जस्ता व्यक्ति ह'त्यामा मुछिएको प्रकरणमा माओवादी मौन छन्, अर्कोतर्फ गम्भीर आर्थिक अनियमितता गरेका आरोपित गृहमन्त्रीलाई बचाउने प्रयासमा जुटिरहेका छन्। यस्तो दोहोरो व्यवहारले माओवादीको राजनीतिक नैतिकता, पारदर्शिता र जनमुखी शासनप्रति आस्था माथि गम्भीर प्रश्न उठाएको छ। अन्ततः, यो मुद्दाले राजनीतिक शक्तिहरू कसरी आपराधिक आरोप लागेकालाई संरक्षण दिन सक्षम छन् भन्ने कुराको ज्वलन्त उदाहरण दिएको छ। जबसम्म व्यक्तिगत स्वार्थ, सत्ता समिकरण र कर्तव्यविमुखताको यो संस्कृति कायम रहन्छ, तबसम्म नेपाली जनताको विश्वास राजनीति र शासनप्रणालीप्रति कहिल्यै पुनर्स्थापित हुन सक्दैन।

गृहमन्त्रीमाथिको आरोप कुनै सामान्य कुरा होइन। यो सिङ्गो शासन संयन्त्रको भ्रष्टीकरणको गम्भीर लक्षण हो। माओवादी, कांग्रेस वा अन्य दल जसले यस्ता आरोपितलाई जोगाउन भूमिका खेलेका छन्, उनीहरू सबै भ्रष्टाचारको संरक्षणकर्ता मानिनुपर्नेछन्।

राजीनामाको विकल्पमा ‘छानबिन’ भन्ने प्रस्ताव, वास्तवमा दोषीलाई समय किन्न दिने रणनीति हो-न्यायको लाचार अनुहार।

भुटानी शरणार्थी प्रकरणमा माननीय सुनिल शर्माको दाबी: "भुटानी शरणार्थी प्रकरणमा पुनः अनुसन्धान हुनु अत्यन्तै जरुरी छ। वास्...
09/06/2025

भुटानी शरणार्थी प्रकरणमा माननीय सुनिल शर्माको दाबी: "भुटानी शरणार्थी प्रकरणमा पुनः अनुसन्धान हुनु अत्यन्तै जरुरी छ। वास्तवमा, सबैभन्दा बढी पैसा खाने मान्छेहरू आजको मितिमा पनि राज्य सञ्चालनका प्रमुख ठाउँहरूमा छन्। तपाईं अख्तियारभित्र छानबिन गर्नुहोस्। यदि आज उपल्लो तहका मान्छेहरू परेनन् भने, मेरो नाम सुनिल शर्मा हैन। तपाईं राज्य सञ्चालनका उच्च तहमा बसेका व्यक्तिहरूलाई छानबिन गर्नुहोस्, यदि ती मान्छेहरू परेनन् भने मलाई भन्नुहोस्।

अख्तियार, प्रधानमन्त्रीको कार्यालय, पूर्वप्रधानमन्त्रीहरूको कार्यालय तथा उनीहरूका परिवारका सदस्यहरूदेखि लिएर, धेरै व्यक्ति जेल जान सक्ने सम्भावना उच्च छ। यही कारणले भुटानी शरणार्थी सम्बन्धी फाइललाई गुपचुप पारिएको छ।

केही भरियाहरूलाई मात्रै जेलमा राखिएको छ, तर वास्तविक पैसा खानेहरू र त्यसका डिजाइनरहरू अझै पनि बाहिरै छन्।
यसको न्याय अब ढिला चाँडो भगवानकै हातमा छ-उपचार त उहाँले नै गर्नु हुनेछ।"

आफ्नै हात जग्गनाथ, नागरिकको करले पार्टीका घर :तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन संघीय सहरी विकास मन्त्रालयले २ करोड...
09/06/2025

आफ्नै हात जग्गनाथ, नागरिकको करले पार्टीका घर :

तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन संघीय सहरी विकास मन्त्रालयले २ करोड बजेट छुट्याएको प्रकरण चलिरहेका बेला दोलखामा पनि कांग्रेस जिल्ला पार्टी कार्यालय भवन सरकारी बजेटमै ठेक्का लागेर सिलान्यास भएको छ । ४ करोड बजेट विनियोजन भएकोमा २ करोड १४ लाखमा ठेक्का लागेको हो ।

Former Home Minister Rabi Lamichhane's speech in Parliament is getting viral again in social media after recent Patanjal...
08/06/2025

Former Home Minister Rabi Lamichhane's speech in Parliament is getting viral again in social media after recent Patanjali Land case. He had said," पतञ्जली आयुर्वेदको फाइल खोलेको जानकारी सदनलाई गराउन चाहन्छु ... अन्य बन्द फाइलहरू पनि खुल्ने तयारीमा छन्।"

रास्वपाका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा सार्ने तयारी गरिएको थियो। तर, क...
07/06/2025

रास्वपाका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा सार्ने तयारी गरिएको थियो। तर, कारागार व्यवस्थापन विभागले त्यसमा रोक लगाएको बताइएको छ। एक नेताका अनुसार, लामिछानेलाई आफूले रोजेको कारागारमा बस्न पाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि सार्ने प्रक्रिया रोकिएको हो, जसका कारण रास्वपाले गृह मन्त्रालयकै निर्देशनमा यस्तो भएको हो कि भन्ने आशंका गरेको छ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध जीवनभर चुनाव लड्ने अठोट लिएर ५ पटक स्वतन्त्र उम्मेदवारी दिएका डडेलधुराक...
06/06/2025

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध जीवनभर चुनाव लड्ने अठोट लिएर ५ पटक स्वतन्त्र उम्मेदवारी दिएका डडेलधुराका कर्णसिंह रावल (मम्याल बाजे) को निधन भएको छ। मालपोत कार्यालयमा तीन दशक सेवा गरेर अवकाश पाएका रावलले २०४८ सालको संसदीय निर्वाचनमा देउवालाई सघाएका थिए । तर, निर्वाचनपछि देउवाले आफ्नो सरुवा गरिदिएको बताउँदै बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहने बताएका थिए ।

Address

Dhading

Telephone

+12344567890

Website

https://youthforchangee.wordpress.com/2024/10/13/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%

Alerts

Be the first to know and let us send you an email when Youth For Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share