Aashish Media Network

Aashish Media Network A Complete Media House

04/12/2025
04/12/2025
04/12/2025
04/12/2025
04/12/2025
04/12/2025
04/12/2025

धुनिबेशी नगरपालिका वडा नम्बर ६ को उपभोक्ता समिती गठन सम्बन्धी सार्वजनिक सुचना

शिबु पाण्डेको नाममा ❤️___________________________एक दिन मैले सिबुसँग क्याफेमा लगभग तीन घण्टा बिताएँ। त्यो समय मेरो लागि ...
12/11/2025

शिबु पाण्डेको नाममा ❤️
___________________________
एक दिन मैले सिबुसँग क्याफेमा लगभग तीन घण्टा बिताएँ। त्यो समय मेरो लागि अत्यन्त भावनात्मक रह्यो। सिबुले आफ्नो कथा खोलेर मलाई सुनाउँदा उनि धुरुधुरु रोए । भाउजु ! म त जन्मँदा मान्छे जस्तो पनि थियिन नि , मान्छेहरू डराउँथे मलाई देखेर। मैले मेरो बाल्यकालका फोटोहरू हेर्न नसकेर म आफैले ती सबै तस्बिरहरू जम्मा गरे र जलाईदिए। यि वाक्यहरु बोल्दा उन्का आखा बाट आशु बरबर झरिरयो । केहि बेर सम्मालिएर उनले फेरि थपे “ भाउजु म सानो हुदा मलाई ट्रकले हान्यो , टाउकोमा चोट लाग्यो त्यसैले अहिले पनि धेरै कुरा याद गर्न सक्दिन। घरमा सबै गोरो , अग्लो छन् खै म मात्र किन यस्तो जन्मे होला है । अझै पनि, कान्ति हस्पिटलमा मेरो शरीरको फोटो ठुलो बनाएर टासेका छन् , शायद देखाउनको लागि होला कि कुनै रोग कति सम्म भयानक हुन सक्छ भनेर । म सुनिरहे ….
सबै कुरा बिर्सेर अगाडि बढे viral भएपछि पहिलो चोटि कमेन्ट पढ्दा फेरि म साच्चै नराम्रो रहेछु भन्ने थाहा भयो अनि ढोका थुनेर चिच्याएर रोए भाउजु। सायद मलाई भन्दा धेरै त मेरो बुवा मम्मिलाई दुख्यो होला । तपाईहरू कमेन्टमा उसलाई जनावरसँग तुलना गर्नुहुन्छ, उसको अनुहारमाथि हाँस्नुहुन्छ, अनेक शब्दहरू लेख्नुहुन्छ ,तर पनि ऊ सबैलाई हाँसाउने गर्छ, किनभने ऊ पीडा जान्दछ , दुखको दुख ऊ जान्दछ । कसैको पीडामा मनोरञ्जन खोज्नेहरूलाई सोध्न मन छ शिबुको जत्ति पीडा तपाईको जीवनमा आयो भने के तपाई टिक्न सक्नुहुन्न? सिबुले त हाँसो बाँड्छ, तपाईंहरू त घृणाको बिष बाँड्दै हिड्नुहुन्छ ।
उसको भिन्नतालाई अपमान गर्दा, तपाई पक्कै महान् बन्नुहुन्न । राम्रो मान्छेले त अरूलाई सम्मान दिन्छ, संवेदनशील हुन्छ, र फरक मानिसलाई पनि माया गर्छ। हिजो उसको जन्मदिन थियो, उसलाई यो बर्ष दिन सकिने सबैभन्दा ठूलो उपहार भनेको नकारात्मक कमेन्ट नगरिदिनु हो। सिबु साँच्चिकै राम्रो, सच्चा, र संवेदनशील व्यक्ति हो। उसलाई हाँस्न दिनुहोस्, उसको रमाईले गितमा हास्नु , रमाउनु तर अपशब्द र गालिले उसको आत्मसम्मान, अतीत र पीडामा थप चोट पुर्याउनु बन्द गर्नुहोस्।
- Dipa Simkhada

12/11/2025

यो नागरिकपाटी डटकमको आधिकारिक पेज हो।

Address

Dhading
Dhading

Alerts

Be the first to know and let us send you an email when Aashish Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aashish Media Network:

Share

Complete Media

विकासका लागि पत्रकारिता