19/09/2025
राष्ट्रिय शिक्षा दिवस तथा संविधान दिवस–२०८२ को अवसरमा बेनीघाट रोराङ गाउँपालिकाका उत्कृष्ट कर्मचारीहरू सम्मानित हुनुभएको छ ।
यस अवसरमा गाउँ शिक्षा अधिकारी श्री बोधराज पाठक, जिन्सी शाखा प्रमुख श्री सुमन अधिकारी तथा प्रशासन शाखा प्रमुख श्री परशुराम घिमिरेलाई उत्कृष्ट कार्य सम्पादन एवं सेवाप्रति समर्पण गरेको उच्च मूल्यांकन गर्दै गाउँपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाले यस्ता सम्मानले कर्मचारीहरूलाई अझ जिम्मेवार, उत्तरदायी र निष्ठापूर्वक कार्य गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।