Radio Dhading 106 MHZ

Radio Dhading 106 MHZ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ १०६ मेगाहर्ज

27/08/2026

वेलुका सम्म पृथ्वीराजमार्ग खुल्छ, धादिङबशी जानको लागि वैकल्पिक मार्ग प्रयोग गर्नुहोस् - धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)

रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जना...
27/08/2026

रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

खनियाबास गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्नखनियाबास गाउँपालिकामा स्थानीय स...
25/08/2026

खनियाबास गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न

खनियाबास गाउँपालिकामा स्थानीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
भदौ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा सहकारीको आधारभूत शिक्षा, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, लेखा प्रणाली, सहकारी संस्थाको प्रभावकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलगायतका विषयमा प्रशिक्षण, अभ्यास तथा अन्तरक्रिया गरिएको थियो।
तालिमको सहजीकरण प्रशिक्षक सचिन भट्टराईले गर्नुभएको थियो। तालिममा सहभागीहरूले सहकारी संस्थाको व्यवस्थापन, वित्तीय अनुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहसँग सम्बन्धित विषयमा व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका थिए।
तालिमको कार्यक्रममा खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ तथा प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत,आड्रा नेपालका परियोजना अधिकृत माधव जंग महतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा अध्यक्ष तामाङले सहकारी संस्थालाई दिगो, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारी तथा कर्मचारीहरूको ज्ञान, सीप र वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता महत्वपूर्ण रहेको बताउनु भएको थियो। उहाँले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै सहकारी संस्थाको संस्थागत विकाससँगै सदस्यको हितमा प्रभावकारी सेवा प्रवाह गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो।
तालिममा खनियाबास गाउँपालिकाभित्रका तीनवटा स्थानीय कृषि सहकारी संस्थाका पदाधिकारी तथा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,फिल्ड संयोजक प्रतीक अवस्थी,प्रशासन तथा बित्त अधिकृत सुवास अर्याल लगायत परियोजनामा कार्यरत कर्मचारी गरी जम्मा २३ जनाको सहभागिता रहेको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता बुद्धिमान विकले जानकारी दिनुभयो।
तालिमको समापनसँगै सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्नो सहकारी संस्थाको दैनिक कार्यसम्पादनमा प्रयोग गर्दै संस्थागत सुशासन, वित्तीय पारदर्शिता, अनुशासन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिम मार्फत सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको संस्थागत, वित्तीय तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि हुनुका साथै सहकारी संस्थाको दिगोपन, पारदर्शिता र प्रभावकारी सञ्चालनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम प्रयास नेपाल धादिङको आयोजना तथा आड्रा नेपालको सहयोगमा सञ्चालित ‘उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो।

25/08/2026

समुदायको लागि समुदायको आवाज
रेडियो धादिङ १०६. मेगार्हज
२०८२ भाद्र ०९ गते मङ्गलबारः
रेडीयो कार्यक्रमः सुरक्षित पानि

Radio Dhading 106 MHZ

23/08/2026

खनियाबास गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सुरु

23/08/2026

समुदायको लागि समुदायको आवाज
रेडियो धादिङ १०६. मेगार्हज
२०८३ भाद्र ०७ गते आईतबारः
साझँ ६ः४५ बजेको खबरः
वाचकः Rekh Race Gurung
Radio Dhading 106 MHZ

गंगाजमुना गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्नउत्तरी धादिङको गंगाजमुना गाउँप...
23/08/2026

गंगाजमुना गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा स्थानीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।

भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको तालिममा सहकारीको आधारभूत शिक्षा, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, लेखा प्रणाली, सहकारी संस्थाको प्रभावकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलगायतका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो। तालिमको सहजीकरण प्रशिक्षक सचिन भट्टराईले गर्नुभएको थियो। उहाँले सहकारी संस्थालाई दिगो, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारी तथा कर्मचारीको ज्ञान, सीप र वित्तीय व्यवस्थापन क्षमता महत्वपूर्ण हुने बताउनु भयो।

तालिम उद्घाटन तथा विभिन्न सत्रमा गंगाजमुना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख गोकर्ण अधिकारी, आड्रा नेपालका परियोजना अधिकृत माधव जंग महत तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, तालिमको समापन कार्यक्रममा गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदिप ढुङ्गाना लगायत गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिममा गंगाजमुना गाउँपालिकाभित्रका तीन वटा स्थानीय कृषि सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी गरी जम्मा २४ जनाको सहभागिता रहेको प्रयास नेपाल धादिङको प्रशासन तथा लजिष्टिक सहायक राम माया तामाङले जानकारी दिनु भयो । सहभागीहरूले तालिमका क्रममा सिकेका ज्ञान, सीप तथा व्यवस्थापन सम्बन्धी अभ्यासलाई आ–आफ्ना सहकारी संस्थाको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्थानीय तहमा सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्यको हितलाई केन्द्रमा राखेर सहकारी सञ्चालन गर्न तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम प्रयास नेपाल धादिङको आयोजना तथा आड्रा नेपालको सहयोगमा सञ्चालित उद्यमशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत सञ्चालन गरिएको हो।

21/08/2026

समुदायको लागि समुदायको आवाज
रेडियो धादिङ १०६. मेगार्हज
२०८३ भाद्र ०६ गते शनिबारः
कार्यक्रमःआतमिक यात्रा
प्रस्तोताः Santa Gurung
Radio Dhading 106 MHZ

21/08/2026

समुदायको लागि समुदायको आवाज
रेडियो धादिङ १०६. मेगार्हज
२०८३ भाद्र ०५ गते शुक्रबारः
विहान ६ः४५ बजेको खबरः
वाचकः Rekh Race Gurung

Radio Dhading 106 MHZ

20/08/2026

धादिङको गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न बागमती प्रदेश सरकारले सहमति प्रदान

Address

Nilkantha Municipality
Dhading
45100

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Radio Dhading 106 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category