Promote Dhading Tourism

Promote Dhading Tourism Hamro Dhading Ramro Dhading
Promote Dhading Tourism, Nepal
Nilkantha-03, Dhading Besi Dhading Ap Production House

धादिङ रुवीभ्यालीको विषयमा धेरैजनाले जिज्ञासा राख्नुभएकाले थोरै जानकारी दिने प्रयास गरेका छौँ ! via : Dhading Photography...
12/11/2020

धादिङ रुवीभ्यालीको विषयमा धेरैजनाले जिज्ञासा राख्नुभएकाले थोरै जानकारी दिने प्रयास गरेका छौँ ! via : Dhading Photography Hub
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
रुवीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । बहुमुल्य रुवीढुङ्गा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र तिप्लिङ गाविसलाइ समेटेर ‘रुवीभ्याली’ नाम राखेर गाउँपालिका बनाइएको हो ।
रुवीभ्यालीको सवैभन्दा आकर्षक ठाउँ हो ‘पाङसाङ पास’ । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको यो पाङसाङ पासबाट मनोरम हिमश्रृंखलाहरु, सुन्दर पहाडी प्राकृतिक छटाहरु अवलोकन गर्न सकिन्छ ।
१ वर्ष अघिसम्म यहाँ मोटरवाटो पुगेको थिएन । अहिले नुवाकोट, बेत्रावती, मैलुङ, स्याफ्रुवेशी, सोमदाङ (गणेश हिमालको फेदी) हुदै पाङसाङ पास सम्म सडकमार्ग मार्फत पुग्न सकिन्छ । पाङसाङ पास ब्यस्त शहरी भीडभाडबाट मन शान्त पार्नको लागि One Night Stay गर्नको लागि एकदमै उपयुक्त र रमणीय ठाउँ हो ।
सोमदाङमा सानो हिमाली बजार पनि रहेकाले पाङसाङ पास जानेले त्यहाँबाट सवैखाले खानेकुराहरु किनेर लैजान सकिन्छ । यहीबाट गणेश हिमालको फेदीमा रहेको जस्ता खानी जाने बाटो छुट्टिन्छ ।
पृथ्वी राजमार्गको गल्छी बजारबाट करिव एक सय किलोमिटर (बेत्रावती सम्म पक्की, त्यसपछि कच्ची) सडक यात्रा गरेपछि पाङसाङ पास पुग्न सकिन्छ । रसुवाको सदरमुकाम धुन्चे भएर जान्छु भन्नेहरुको लागि २५–३० किलोमिटर दुरी बढी पर्न जान्छ ।
अहिले त्यहाँ धेरै होमस्टेहरु नभएकाले बस्न खानको लागि केही समस्या हुन सक्छ तर आफ्नो लागि आवश्यक पर्ने लजिस्टिक सामानहरु टेन्ट-स्लिपिङ ब्याग लिएर जाँदा धेरै राम्रो । पाङसाङ पासमा अहिले तिप्लिङका निरज तामाङले होम स्टे चलाएका छन् । उनको सम्पर्क नम्वर ९८४०३१७४७५ हो । पाङसाङ पास घुम्न जान मन हुनेले उहाँसित सम्पर्क गरेर जाँदा राम्रो ।
मंसिर १५–२० बाट पाङसाङ पास वरपर हिउँ पर्न थाल्छ । पाङसाङ घुम्नको लागि सवैभन्दा उपयुक्त समय भनेको चैत-बैशाख महिनामा हो । यस बेला पाङसाङ क्षेत्रमा विभिन्न प्रजातिका फुलहरु र भेडीगोठ को सुगन्ध पनि थपिन्छ । हिउँमा हिड्न मन हुनेहरुको लागि माघको अन्तिम तिर जाँदा उपयुक्त हुन्छ । पौष माघमा निरन्तर हिउँ परिरहने हुनाले अलि समस्या हुन सक्छ ।
पाङसाङ पासबाट करिव २ देखि ३ घण्टाको पैदल यात्रा पछि अर्को भ्यु टावर पुग्न सकिन्छ जहाँबाट लाङटाङ हिमाल, गणेश हिमाल जस्ता हिमालहरुको मनोरम दृृश्य देख्न सकिन्छ ।
धादिङवेशीबाट पनि एक दिन गाडीमा र अर्को दिन पैदल यात्रा गरेर पाङसाङ पास पुग्न सकिन्छ । पाङसाङ पास हुँदै झरेपछि रुवीभ्याली गाउँपालिकाको गाउँ बस्तीहरुमा पुगिन्छ । जहाँ उत्तरी धादिङको ग्रामिण जीवनशैली, तामाङ सँस्कृति र परम्परा अवलोकन गर्न सकिन्छ ।
यहाँका प्रायजसो गाउँ बस्ती एकदमै बाक्लो रहेको छ । हरेक गाउँहरुमा १ सय देखि ६ सय ५० वटासम्म घरहरु रहेका छन् । हरेक गाउँहरुमा भर्खरै होमस्टेहरु सचालनमा आउन थालेका छन् । लापा, तिप्लिङ, सेर्तुङ, बोराङ, जस्ता गाउँहरु धेरै घरधुरी रहेको गाउँहरु हुन् ।
रुवीभ्यालीको बस्ती बस्तीमा घुम्न चाहनेहरुले ७ देखि ८ दिनको प्याकेज बनाएर पदैल यात्रा गर्दा धेरै उत्तम हुन्छ ।
Note : फोटोहरु पाङसाङ पास आसपासका क्षेत्रमा विभिन्न सिजनमा खिचिएका हुन । साथै रुवीभ्यालीको मानवबस्तीहरुका केही प्रतिनिधि तस्विर पनि छ । अहिले पोष्ट गरिएका धेरेजसो फोटोहरु सामाजिक संजालबाट संकलन गरिएका छन् । यस क्षेत्रको बारेमा हामीलाइ उपलब्ध भएसम्मका जानकारी तथा फोटोहरु आगामी दिनहरुमा पोष्ट गर्दै जानेछौँ ।

22/08/2020
28/06/2020

Dudh Haleko Chiya☕☕ is Love❤❤❤

Song For All Chiya Lovers ☕☕☕
19/06/2020

Song For All Chiya Lovers ☕☕☕

Special Thanks To Bjay Babu O Positive MasaanGhat Pariwaar Sunil C. Shrestha Voiceover By Roshan Khadka Lyrics/Beats/Verse Pradeep Bhatta I recorded this son...

07/06/2020

Original Reaction Video of Pawan Khatiwada (Myakuri) : https://youtu.be/LSVQNbsmmNo Thank You Bjay Babu O Positive Raj Shrestha Benson & Max Double Dose Epis...

01/06/2020

I challenged Craig from Scotland to read some popular Nepali Folk songs. It was fun!!! Previous Episode of Double Dose!! Double Dose Episode 1 : https://yout...

Address

Nilkantha/3
Dhading
45100

Website

Alerts

Be the first to know and let us send you an email when Promote Dhading Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Promote Dhading Tourism:

Share