09/11/2025
जिवन भनेको कहिल्यै पनि सजिलो यात्रा होइन। यहाँ हरेक मान्छेले आफ्नो भाग्य लेख्न संघर्ष गर्नै पर्छ। जसरी सुन तातो आगोमा पग्लिएर सुनको रूप धारण गर्छ, त्यसरी नै मान्छे पनि दुःख र सङ्घर्षबाट गुज्रिएर बलियो बन्ने गर्छ। सङ्घर्षले हामीलाई निडर, आत्मनिर्भर र आत्मविश्वासी बनाउँछ।
यहाँ एक खुट्टाले बाँच्ने मान्छेको तस्बिर आफैंमा एउटा गहिरो सन्देश हो। उनले आफ्नो कमजोरीलाई कहिल्यै हारको कारण बनाएनन्, बरु त्यसलाई प्रेरणाको स्रोत बनाए। उनी आफैंमा एउटा कहानी हुन्—साहस, दृढता र आत्मबलको। यस्तो मानिसले हामीलाई सिकाउँछ कि जब मनमा विश्वास र लक्ष्य हुन्छ, तब शारीरिक कमजोरीले कहिल्यै रोक्दैन।
जीवनमा समस्या आउँछ, तर त्यही समस्या हाम्रो सफलता तर्फको पहिलो ढोका हो। जसले संघर्ष गर्छ, उसले कहिल्यै हार मान्दैन। त्यसैले हामी सबैले जीवनमा चाहे जुनसुकै परिस्थिति किन नहोस्, आफ्नो आत्मबललाई कहिल्यै हराउन दिनु हुँदैन। संघर्ष नै सफलता र आत्मसन्तुष्टिको साँचो मार्ग हो।