Khagendraa Karkii

Khagendraa Karkii Let’s be honest, aware, and patriotic citizens.Let’s raise our voices against bad practices and wrongdoings.

Let’s always stand in support of the good and the righteous.

बालेन सहासंग रा स्व पा अछाम का युबाहरु
12/01/2026

बालेन सहासंग रा स्व पा अछाम का युबाहरु

स्वर्गीय प्रशान्त को अन्तिम बिदाइ मा Durga प्रसाई सर पनी उपस्थित।
12/01/2026

स्वर्गीय प्रशान्त को अन्तिम बिदाइ मा Durga प्रसाई सर पनी उपस्थित।

दार्जिलिङ शोकमा डुब्यो : राष्ट्रिय सम्मानका साथ प्रशान्त तामाङको अन्तिम बिदाइदार्जिलिङ । गायक तथा अभिनेता प्रशान्त तामाङ...
12/01/2026

दार्जिलिङ शोकमा डुब्यो : राष्ट्रिय सम्मानका साथ प्रशान्त तामाङको अन्तिम बिदाइ

दार्जिलिङ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनपछि सम्पूर्ण दार्जिलिङ शोकमा डुबेको छ। इन्डियन आइडल–३ का विजेता तामाङको शवयात्रा आज दार्जिलिङमा भावुक वातावरणबीच सम्पन्न भयो। राष्ट्रिय सम्मानका साथ आजै उनको अन्त्येष्टि गरिएको छ।

दिल्लीमा निधन भएका तामाङको पार्थिव शरीर नयाँ दिल्लीबाट बागडोगरा हुँदै दार्जिलिङ ल्याइएको थियो। बागडोगरा विमानस्थलदेखि नै हजारौँ प्रशंसक, शुभेच्छुक, कलाकार, सामाजिक अभियन्ता र सर्वसाधारणले फूलमाला अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिएका थिए। त्यसपछि पार्थिव शरीरलाई दार्जिलिङको चौरस्ता क्षेत्रमा राखी सार्वजनिक श्रद्धाञ्जली दिइएको थियो।

शवयात्राका क्रममा सबैभन्दा हृदयविदारक क्षण तब आयो, जब उनकी तीन वर्षीया छोरीले बाबुको पार्थिव शरीरमा फूल चढाइन्। त्यो दृश्यले उपस्थित जो–कोहीको आँखा रसाउन बाध्य बनायो। परिवारजन, आफन्त, सहकर्मी र प्रशंसकहरू भावनामा नियन्त्रण राख्न सकेनन्।

प्रशान्त तामाङलाई अन्तिम बिदाइ दिन दार्जिलिङ मात्र होइन, सिक्किम, नेपाल र भारतका विभिन्न स्थानबाट मानिसहरू आएका थिए। उनी केवल एक सफल गायक र अभिनेता मात्र होइन, सम्पूर्ण गोरखा/नेपाली भाषी समुदायको सांस्कृतिक पहिचान र गर्वको प्रतीकका रूपमा चिनिन्थे।

एउटा महान कलाकार आदरणीय प्रशान्त तामाङ ज्यु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु।

भारतीय चर्चित गायक प्रशान्त तामाङको निधनबारे अनुसन्धान जारी।भारतीय चर्चित गायक तथा इन्डियन आइडल सिजन–३ का विजेता प्रशान्...
12/01/2026

भारतीय चर्चित गायक प्रशान्त तामाङको निधनबारे अनुसन्धान जारी।

भारतीय चर्चित गायक तथा इन्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङको निधनको विषयमा हाल अनुसन्धान भइरहेको छ। उनी ४३ वर्षका थिए। अचानक निधन भएपछि घटना शंकास्पद ठानिँदै सम्बन्धित निकायले कानुनी प्रक्रिया अघि बढाएको हो।
प्रारम्भिक जानकारीअनुसार तामाङको शव फेला परेपछि प्रहरीले पोष्टमार्टम प्रक्रिया अघि बढाएको छ। हालसम्म प्राप्त विवरणका आधारमा कुनै बाह्य हिंसा, कुटपिट वा अपराधिक गतिविधिको स्पष्ट प्रमाण नदेखिएको प्रहरीले जनाएको छ। तथापि, मृत्युको यकिन कारण पुष्टि गर्न पोष्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले यसलाई कुदरती निधन हुनसक्ने संकेत गरे पनि, अन्तिम निष्कर्ष पोष्टमार्टम रिपोर्ट आएपछि मात्र सार्वजनिक गरिनेछ। परिवारजनले पनि अनुसन्धानमा सहयोग गरिरहेका छन्।
दार्जिलिङ निवासी प्रशान्त तामाङले सन् २००७ मा इन्डियन आइडल–३ जितेपछि भारतीय तथा नेपाली संगीत क्षेत्रमा व्यापक लोकप्रियता हासिल गरेका थिए। उनी गायक मात्र होइन, अभिनेता समेत थिए। उनको निधनको खबर फैलिएसँगै भारत र नेपालमा रहेका उनका प्रशंसक, कलाकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत गहिरो शोक व्यक्त गरिरहेका छन्।
अहिलेका लागि मृत्युको वास्तविक कारणबारे कुनै आधिकारिक निष्कर्ष नआएकाले पोष्टमार्टम रिपोर्टपछि थप विवरण सार्वजनिक हुने बताइएको छ।प्रशान्त तामाङकी छोरीको नाम Ariah (एरियाह) Tamang हो। उनी ४ वर्षकी थिइन् जब तामाङको निधन भयो। श्रिमती यपर ईन्डिया कि तयार होस्टेल छिन उनको नाम मार्था एली हो, जसले उनको निधनबारे सार्वजनिक रुपमा प्रतिक्रिया दिएकी छन्। कतिपय स्रोतमा उनको वैधानिक नाम Geeta Thapa (मार्था एली) पनि उल्लेख गरिएको छ, जुन परिवार/मिडियामा दुबै भनेर जनाइएको छ — तर पत्नी नै मार्था एली हुन्।)
यो खबर
newindianexpress.com ले पनी लेखेको छ।

झापा ५ मा के जित्लान त B***n ????केपी शर्मा ओलीसँग झापा-५ मा चुनाव लड्ने बालेन शाहको तयारी भन्ने खबर आएको छ! ओली को जमान...
12/01/2026

झापा ५ मा के जित्लान त B***n ????

केपी शर्मा ओलीसँग झापा-५ मा चुनाव लड्ने बालेन शाहको तयारी भन्ने खबर आएको छ! ओली को जमानत जफत गरि आफु प्रधानमन्त्री बन्ने मुडमा बालेन भनेर हल्ला चलाईएको छ। अहिलेसम्म बालेन शाहले झापा–५ बाट केपी शर्मा ओलीसँग चुनाव लड्ने औपचारिक घोषणा गरेका छैनन्। तर सामाजिक सञ्जाल, युट्युब र केही अनलाइन मिडियामा यस्तो चर्चा चल्नु रणनीतिक हाइप वा राजनीतिक दबाब सिर्जना गर्ने प्रयास पनि हुन सक्छ।

तर सबैले बुझ्न जरुरी छ केपी शर्मा ओली झापा–५ मा कति बलिया छन्? झापा–५ : २०७८ को चुनावी परिणाम (मुख्य) केपी शर्मा ओली (नेकपा एमाले) : ५२,३१९ मत निकटतम प्रतिस्पर्धी (नेपाली कांग्रेस) : करिब ३९ हजारभन्दा कम मत। मतान्तर : १३ हजारभन्दा बढी ओली स्पष्ट मतान्तरसहित विजयी भएका थिए। भनेर झापा–५ एमालेको गढ मानिन्छ। ओलीसँग: पार्टी संगठन बलियो छ, गाऊ गाऊमा कार्यकर्ता नेटवर्क छ, दशकौँको चुनावी अनुभव छ। त्यसैले सामान्य रूपमा हेर्दा ओली कमजोर उम्मेदवार होइनन्। राजाबादी ले बालेन लाई साथ दिने देखिदैन। अर्का चुनौती दुर्गा प्रसाई हुनेछन। दुर्गा समूह हरू ओलीलाई भोट देलान् तर बालेनलाई भोट दिँदैनन्।। बालेनलाई हराउन हर्क साम्पाङका समर्थक पनि कम्मर कसेर लाग्नेछन्। को अर्थ बालेनलाई रासोपाको घन्टीमा मत तान्न दिँदैन अप्ठ्यारो र सकस हुनेछ।।

वर्षौंदेखि सूर्यमा भोट हालेका जनतालाई घन्टीमा भोट हाल्न लगाउनु धेरै जोखिम हुनेछ भने बालेनका लागि फलामको चिउरा चपाए जस्तै गाह्रो हो।। अरु ठाउँमा जित्न सक्छन् तर ओलीको निर्वाचन क्षेत्र झापा ५ मा जोखिम बोल्न खोज्नु बालेनको मूर्खता हो। जिते भने त गिनिज बुकमा लेख्दा पनि हुन्छ। हार्यो भने उनको प्रधानमन्त्री हुने सपना चक्नाचुर त हुने नै छ। उक्त निर्वाचन क्षेत्रमा नभएर काठमाडौँकै क्षेत्र नम्बर २ सबैभन्दा उपयुक्त हुन सक्छ बालेनका लागि।

यद्यपि एमालेभित्र ठूलो असन्तोष भएमा, विपक्षी मत एकीकृत भएर बढेमा, बालेनले स्थानीय मुद्दा, स्थानीय नेतृत्व र संगठन मजबुत बनाएमा, “राष्ट्रिय विकल्प” को रूपमा विश्वसनीय योजना प्रस्तुत गरे भने केही मत बढाउन सकिएला तर उनलाई सिंहदरबार जलाएको गम्भीर आरोप छ, सबै पक्ष जस्तै माओबादि, कांग्रेस, राजाबादि देखी अन्य समुह सबै बालेन को पक्षमा आऊने देखिदैन यदि यि सबै मिलेर एक भयमा भने ओली लाई हराउन सकिन्छ, तर ओलि हराउनु बालेन लाई जिताउन माओबादि कांग्रेसीहरू तयार हुन्नन जस्तो लाग्छ। सबै पक्ष बालेन लाई हराउन चाहान्छन् त्यसमाथि रबी को बिबादित छबी अर्को धक्का लाग्न सक्छ बालेन लाई, टुरिष्ट उम्मेदवार भनेर धेरैले प्रश्न गर्छन।‌ ओलीले झापा ५ मा बिकास पनि धेरै गरेका छन्। सबै दृश्यकोण ले हेर्दा यसर्थ बालेन को संभावना बलियो छैन।। कतै ओलि त होईन बालेन कै जमानत जफत त हुने हैन। गम्भीर आशंका उब्जिएको छ।

11/01/2026

गगन थापा को पक्षमा ६३% देखिएका छन्। यसको अर्थ अबको कांग्रेस गगनले नै चलाउने पक्कापक्की भयको छ। बधाई छ।

11/01/2026

Rip Prashant Tamang
vdo Create:- Artificial intelligence AI

गगन थापाले देखाए पार्टीमा आफ्नो क्रेज ! विशेष महाधिवेशन भृकुटी मण्डपमा जारी । फुट को जोखिम
11/01/2026

गगन थापाले देखाए पार्टीमा आफ्नो क्रेज ! विशेष महाधिवेशन भृकुटी मण्डपमा जारी । फुट को जोखिम

11/01/2026

नेपाली काँग्रेस आज कुनै राजनीतिक दल होइन—यो एउटा राजनीतिक संग्रहालय हो, जहाँ “भविष्यका नेता” भनेर चिनाइएका अनुहारहरू दशकौँदेखि display item जस्तै राखिएका छन्। गगन थापा र विश्वप्रकाश शर्मा त्यही संग्रहालयका सबैभन्दा चम्किला तर प्रयोग नगरिएका वस्तु हुन्—polished, framed, and permanently postponed।
आधुनिक राजनीतिमा विचारभन्दा ठूलो कुरा timing हो। र जसले समय चिन्न सक्दैन, उसलाई इतिहासले नेता होइन—case study of missed opportunity का रूपमा पढाउँछ। गगन र विश्व आज त्यही अध्यायतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।
उनीहरू विद्रोही भनेर चिनिए, तर विद्रोह कहिल्यै गरेनन्। परिवर्तनको भाषा बोले, तर परिवर्तनको मूल्य तिर्ने क्षणमा career management लाई प्राथमिकता दिए। सत्ता संरचनालाई चुनौती दिनुपर्ने बेला उनीहरूले ट्वीट लेखे, स्तम्भ लेखे, भाषण दिए—तर power disturbed कहिल्यै भएन।
पश्चिमी लोकतन्त्रमा यस्तो पात्रलाई “permanent reformist in opposition to action” भनिन्छ—सधैँ सुधारको कुरा गर्ने, तर सुधार सुरु हुने बिन्दुमा सधैँ अनुपस्थित। परिणामतः उनीहरू सिस्टमका खतरा होइनन्, system-friendly illusion मात्र हुन्।
आज नेपाली काँग्रेस जड छ, तर गगन–विश्व त्यस जडताका कैदी होइनन्—उनीहरू त्यसका accomplice by hesitation हुन्। इतिहासले उनीहरूलाई सोध्ने प्रश्न सरल हुनेछ:
When the door was open, why did you knock instead of walking in?
यो राजनीतिक त्रासदी होइन—यो elite hesitation को व्यङ्ग्य हो।
जहाँ साहस नभएका सुधारकहरू अन्ततः यथास्थितिका brand ambassador बन्छन्।
र जब भोलिको नेपालले नेतृत्व खोज्नेछ,
गगन थापा र विश्वप्रकाश शर्मा नामको फुटनोटमा लेखिएको हुनेछ—
“They had the moment. They chose manners.”
Khagendraa Karkii

11/01/2026

Very Bad News for Nepal
A so-called gift of the republic
Gangabahadur Darlan (Pariyar) from Katari, Udayapur, had left home saying he was going to Dubai for employment. However, instead of reaching Dubai, he was found four months later in a helpless/abandoned condition in Delhi, India. After being located in Delhi, he was brought back to Nepal with the initiative of Foreign Employment Rescue Nepal.
Following his rescue, Gangabahadur has been admitted to Teaching Hospital in Kathmandu for medical treatment. According to the hospital, it has been revealed that one toe on his foot is missing. How and when the toe was lost has not yet been clearly determined. His health condition and the incident are currently under further investigation, according to the rescue team.
Contact has been established with Gangabahadur’s family, and efforts are underway to provide the necessary support. 💔😥

अत्यन्तै दुखद खबर:-४३ वर्षको उमेरमा नेपाली गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रख्यात नेपाली गायक तथा अभिनेता प्रशान...
11/01/2026

अत्यन्तै दुखद खबर:-
४३ वर्षको उमेरमा नेपाली गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

प्रख्यात नेपाली गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन्। सन् २००७ मा इन्डियन आइडल सिजन–३ जितेपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका थिए। उक्त जितसँगै उनले सफल सांगीतिक यात्राको सुरुआत गरे र भारत तथा नेपालभर ठूलो प्रशंसक वर्ग बनाउन सफल भए।
हालसम्म उनको मृत्युको कारण Heartache सार्वजनिक गरिएको छ। यस सम्बन्धमा थप विवरण आउन बाँकी छ।
नयाँ जानकारी प्राप्त भएलगत्तै थप विवरण सार्वजनिक गरिनेछ।

आज पृथ्वीनारायण शाहको जन्मदिन।इतिहासको सम्मान गरौँ,तर इतिहासको नाममा अवसरवाद नगरौँ।नारा होइन, नून–भत्ता प्यारोगणतन्त्रला...
11/01/2026

आज पृथ्वीनारायण शाहको जन्मदिन।
इतिहासको सम्मान गरौँ,
तर इतिहासको नाममा अवसरवाद नगरौँ।
नारा होइन, नून–भत्ता प्यारो
गणतन्त्रलाई दिनरात “मुर्दाबाद” भन्नेहरू वर्षका ३६४ दिन त्यही गणतन्त्रले दिएको नून–भत्ता, तलब र पद पचाइरहेका छन्। पुस २७ आएपछि पृथ्वीनारायण शाहको नाममा भावुक नारा, तर भोलिपल्ट संसद् र सरकारमा हाजिर—यो राजनीति होइन, निर्लज्ज अवसरवाद हो।
गणतन्त्र अवैध हो भने त्यसकै संविधानमा सांसद किन?
गणतन्त्र गलत हो भने त्यसकै सरकारमा मन्त्री बन्ने लालसा किन?
ओली–देउबा–प्रचण्डलाई गाली गरेर थाक्दैनन्, तर कुर्सी देख्नासाथ तिनैको काखमा बसेर सत्ता भोग्न तयार हुन्छन्। विरोध कुर्सी नपाउञ्जेलको नाटक मात्रै हो।
सिद्धान्त सत्ता नजिकिँदा हराउने हो भने त्यो सिद्धान्त होइन, बहाना हो।
नारा बदल्न सजिलो छ, तर चरित्र लुकाउन गाह्रो।
गणतन्त्रको सुविधा खाएर गणतन्त्रकै विरोध गर्नु राजनीति होइन—यो खुला ढोंग हो।

Address

Kathmandu
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Khagendraa Karkii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share