Online Dhankuta

Online Dhankuta नया-नया नेपाली समाचारहरु हेर्नको लाग? Page - Online Dhankuta
website - www.ebihani.com
ctiy - dhankuta bazar
(202)

19/10/2025
बिहान–बेलुका कुच्चो बेच्दै जीविका चलाउने दुई व्यापारीलाई आशिका तामाङले बाटोमै भेटिन्। दुवैको हातबाट कुच्चो किन्दै उनले ५...
17/10/2025

बिहान–बेलुका कुच्चो बेच्दै जीविका चलाउने दुई व्यापारीलाई आशिका तामाङले बाटोमै भेटिन्। दुवैको हातबाट कुच्चो किन्दै उनले ५/५ हजार सहयोग गरिन्।
चाडपर्वको बेला सहयोग पाउँदा उनीहरू खुशी हुँदै भने, “तपाईं जस्ता मान्छे यो देशमा धेरै खाँचो छ।”
साँचो समाजसेवा भनेको पैसा होइन, मानवताको भावना जिउँदो राख्ने बानी हो। ❤️
आशिका तामाङ मानवता बोल्ने अनुहार। 🙏❣️

माछा मार्ने क्रममा डुबेर ३ बालिकाको मृत्यु  गाैरादह-९ बैगुन्धुराको झाेडाटाेलमा रहेको झाेलुङ्गे पुल नजिकै किस्नी खोलामा आ...
17/10/2025

माछा मार्ने क्रममा डुबेर ३ बालिकाको मृत्यु

गाैरादह-९ बैगुन्धुराको झाेडाटाेलमा रहेको झाेलुङ्गे पुल नजिकै किस्नी खोलामा आज दिउँसो करिब १ बजि माछा मार्ने क्रममा ३ बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बैगुनधुरा माझि गाउँका स्थानीय अन्जु मगरका दुई छाेरीहरु बर्स ७ कि शुस्मा मगर , बर्स ९ कि स्वीकृति मगर र दमक निवासी राेमनभाेले र निर्मला परियारकी छोरि बर्ष ११ कि राेश्नी दर्जी छन ।

फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर
13/10/2025

फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर

काठमाण्डौ – गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन...

जेनजी आन्दोलनमा सहभागी प्रतिनिधि रक्षा बमले आफ्नो हस्ताक्षर किर्ते गरी नक्कली कागजात सार्वजनिक गरिएको बताएकी छन्। उनले य...
13/10/2025

जेनजी आन्दोलनमा सहभागी प्रतिनिधि रक्षा बमले आफ्नो हस्ताक्षर किर्ते गरी नक्कली कागजात सार्वजनिक गरिएको बताएकी छन्। उनले यसबारे उजुरी दिने तयारी गरेको बताइन्।

सामाजिक सञ्जालमा सार्वजनिक पत्रमा जेनजी प्रतिनिधिहरूले मन्त्रीका रूपमा युवाहरूका नाम सिफारिस गरेको भनिएको छ। तर रक्षा बम र युजन राजभण्डारीले सो पत्रमा रहेका आफ्ना हस्ताक्षर नक्कली भएको दाबी गरेका छन्।

रक्षाले आफू, युजन, प्रदीप ज्ञवाली, मनिष खनाल, यतिश ओझा र आदित्य कर्णलगायतले उजुरी दिने तयारी गरेको बताइन्।

त्यसैबीच प्रवेश दाहालले उक्त बैठकमा आफू सहभागी नभएको र कुनै कागजमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्।

इटहरी - धरान रोडमा आज करिब ४:३५ को समयमा सेउती खोला देखि करिब १ किलोमीटर उत्तर चारकोसे झाडीमा बिग्रेर रोकिरहेको को. १. ख...
12/10/2025

इटहरी - धरान रोडमा आज करिब ४:३५ को समयमा सेउती खोला देखि करिब १ किलोमीटर उत्तर चारकोसे झाडीमा बिग्रेर रोकिरहेको को. १. ख ६५४४ नम्बरको रातो बसलाई पछाडिबाट प्र.-१-०२ ०४७ प ३९३ स्कुटरलाई पनि पेल्दै आएको को. १ ख ७७८६ नम्बरको ट्रकले ठक्कर दिदा ट्रक चालक गम्भीर घाइते भएको र अन्य बस चालक र सह-चालक तथा स्कुटर चालक सामान्य घाइते भई वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन लगिएको छ। चालक र सहचालकहरुको पहिचान अज्ञात रहेको छ।

Credit: Obaidullah Fahad, Computer Engineer

12/10/2025

झापामा बाढीको कहर : चार करोड बराबरको क्षति थप समाचार कमेन्टमा

आज २०८२ साल असोज २२ गते बुधबारको राशिफल
12/10/2025

आज २०८२ साल असोज २२ गते बुधबारको राशिफल

मेष : दिन राम्रो छ। पुराना इच्छा र संकल्प पूरा हुनेछन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षीबाट सहयोग मिल्न.....

सुनसरीको इनरुवा-९ मा आधुनिक कृषि यन्त्रबाट धान काट्दै  किसान । यस  यन्त्रको प्रयोगबाट  एक दिनमा पाँच बिघा  जमिनमा लगाइएक...
10/10/2025

सुनसरीको इनरुवा-९ मा आधुनिक कृषि यन्त्रबाट धान काट्दै किसान । यस यन्त्रको प्रयोगबाट एक दिनमा पाँच बिघा जमिनमा लगाइएको धान काट्न सकिने किसान बताउँछन् तस्बिरः नवीन गड्तौला

बिदेशमै बिते लोकेन्द्र लेटाङ २४ असोज । वैदेशिक रोजगारीको सिलसिलामा करीब आठ महिना अघि कतार पुगेका मोरङको लेटाङ–७ वारङी मल...
10/10/2025

बिदेशमै बिते लोकेन्द्र

लेटाङ २४ असोज । वैदेशिक रोजगारीको सिलसिलामा करीब आठ महिना अघि कतार पुगेका मोरङको लेटाङ–७ वारङी मलिबासे निवासी २२ वर्षीय लोकेन्द्र सम्वाहाम्फे लिम्बूको दुःखद् निधन भएको छ।

कतार पुगेपछि उहाँमा मुटु सम्बन्धी समस्या देखा परेको र लगातार उपचार भइरहे पनि स्वास्थ्यमा सुधार नआएपछि अन्ततः गत अक्टोबर २ तारिखका दिन दोहास्थित हमद अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।

९ अक्टोबरका दिन उहाँको पार्थिव शरीर नेपाल पठाइएको र आज बेलुका लेटाङ–३ त्रिसुली लाइनस्थित साइँला काकाको घरमा आइपुग्ने बताएको छ। स्थानिय श्री लक्ष्मी माविका प्रअ पुर्ण बहादुर लिम्बूका अनुसार अन्त्येष्टि असोज २६ गते आइतवार विहान १० बजे लेटाङ-६ सुकेचौरीमा गरिने बताइएको छ।

उहाँको २ वर्षीया छोरी र श्रीमती रहेका छन्।
युवावस्थामै परदेशमा मुटु रोगका कारण भएको यो असामयिक निधनले परिवार, नातागोता र सम्पूर्ण वाराङीवासीलाई गहिरो पीडा पुगेको छ।

स्व. लोकेन्द्र सम्वाहाम्फे लिम्बूको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।।

BP Highway: रोशी खोलामा आएको बाढीले बिपि राजमार्गको बाटो बगाएको छ! More details to follow...
05/10/2025

BP Highway: रोशी खोलामा आएको बाढीले बिपि राजमार्गको बाटो बगाएको छ! More details to follow...

Breaking: All 56 Gates of Koshi Barrage are opened due to high red alert. 🙏🏼
05/10/2025

Breaking: All 56 Gates of Koshi Barrage are opened due to high red alert. 🙏🏼

Address

Dhankuta Bazar

Alerts

Be the first to know and let us send you an email when Online Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Dhankuta:

Share