15/05/2024
स्कुल को पहिलो दिन :
अभिभावक : सर मेरो बच्चा कमजोर छ homework दिनुहोला ,उसलाई सम्झाइ बुझाइ पढाउ दिनु होला भनेको नमानेसी भन्नू होला है त |
सर : हुन्छ सर
दोस्रो दिन :
सर : बाबू हिजो दिएको होमवर्क गरेउ ?
विधार्थी : सर छैन ,भुलिहाले
सर : भोलि गरेर आउ है त
विधार्थी : हुन्छ सर
तेस्रो दिन :
सर : बाबू अस्ति देको होमवर्क गरेउ
विधार्थी: छैन सर भुली हाले आज नि
सर: ओहो फटा आज नि गरेनौं (अलि हकार्छन ,अलि उसको पिठ्युँ मा थप थपाउदै सर )
उ घर जान्छ
विधार्थी: बाबा ममि आज सर ले मलाई फटा भनेर हकार्नु भयो ,कुट्नु भयो सबै को अघि होमवर्क गरिनस भन्यो मेरो हात मा दुख्दैछ |
अभिभावक : ह के भन्छ यो किन कुट्यो त्यो सर ले रुक भोलि म स्कुल जान्छु |
पाचौं दिन :
अभिभावक : उहाँ सर कहाँ हुनुहुन्छ ? उहाँ ले मेरो छोरालाई कुट्यो रे हकार्नु भयो रे ,सबैको अगाडि होमवर्क गरिनस भन्नू भयो रे , बोलाइदिनुस न उहाँ लाई
सर : हजुर भन्नुस न
अभिभावक : (चर्को आवाज ले ) तपाईं ले मेरो छोरालाई हकार्नु भयो रे , कुट्नु भयो रे मेरो छोराको हात दुख्दैछ ,आज सम्म मैले मेरो छोरालाई छोएको छैन ,हानेको छैन हकारेको छैन तपाईं को हो हकार्ने ?
सर: तपाईं ले मेरो छोराको ख्याल गरिदिनु भन्नू भएको थियो त , तपाईं ले मेरो छोरालाई होमवर्क दिनुहोला भन्नू भएको थियो त , तपाईंले हकार्नु होला ,सम्झाइदिनु होला भन्नू भएको थियो त |
अभिभावक : हो भनेको हो यसरी थोडी न भनेको हो मैले मेरो बच्चा लाई भोलि केही भएसी
सर : हजुर मैले केही गरेको छैन तपाईंको छोराले होमवर्क नगरेको आज दुई दिन भैसक्यो हकारेको हो कुटेको छैन | तपाईं कुरै नबुझी बोल्नु हुन्छ ,तपाईं ले तपाईंको छोराको कपि किताब सबै चेक गर्नु भयो आज दुई दिन हुदा सम्म ? होमवर्क के दिएको छ सोध्नु भयो ?
अभिभावक :( अलि cool हुदै) त्यो त छैन
सर : अनि आफैं सम्झाइदिनुहोला ,हकार्नु होला भन्नू हुन्छ हामीले थोरै थम्थम्याउदा पनि तपाईं को छोरालाई कुटेको भयो ,चोटपटक लाग्यो है || घरमा नि हेर्ने गर्नुस होमवर्क गरेको छ कि छैन पढेको पढेन तपाईंको बाबुले होमवर्क नगरेको दुई दिन भैसको
अभिभावक : ओहो हुन्छ सर 😂तर यसरी न हकार्नु होला है त सर मेरो छोरा लाई (घर तिर लाग्नु हुन्छ )