Jhilko Khabar

Jhilko Khabar सबै खबर सबै सँग!! www.jhilkokhabar.com
(1)

25/10/2025
25/10/2025
हार्दिक श्रद्धाञ्जलि !पुर्ख्यौली घर अछाम कुइका भइ हाल कैलाली बसोबास गर्दै आउनु भएका नारद बजगाईकि २ वटी छोरी र लोकराज उपा...
24/10/2025

हार्दिक श्रद्धाञ्जलि !
पुर्ख्यौली घर अछाम कुइका भइ हाल कैलाली बसोबास गर्दै आउनु भएका नारद बजगाईकि २ वटी छोरी र लोकराज उपाध्याय कि एउटा छोरी गरि ३ जना नानीहरुको पथरिया नजिकै नहरमा डुबेर मृ'त्यु भएको खबरले साह्रै स्तब्ध बनायो😥

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।यो पोस्ट पूरा प...
24/10/2025

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो।
आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।

यो पोस्ट पूरा पढिसकेपछि प्रतिक्रिया दिन भने नबिर्सनु होला। यो लेखेको यथार्थ घटना हो।

खै किन लेख्दै छु- सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन। रिसको आवेगमा परिवार नफुटोस।

गोप्य नै रहोस् मेरो नाम उमेर बसाई। मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै थियोे। मैले आफ्नै रोजाइमा बिबाह गरे,मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन। अलिकति जिद्दी उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने तर मनमा नराम्रो चाहिँ थिएन।

झण्डै तीन बर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो एक बर्षको छोरा थियोे।

बिहे पछि सुरु सुरुमा सबैकुरा राम्रै चलिराको थियोे। तर म एकदम भावुक किसिमको थिए, अलिक रिसालु पनि थिए। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी भिनाज, दाजु भाउजू, भाइ बुहारी आमाबुबा सबै मेरो पक्षमा उभिन्थे। किनकि मैले ज्वाइँले ममाथि गरेको व्यबहार सुनाउथे तर मैले गरेको गल्ती चाहिँ लुकाउथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन, र मलाई सहारा दिन्छन्- अनि मेरो गल्ती केही छैन सबै त्यसैको गल्ती हो, भनेर मैले पनि सोच्ने गर्थे।

एकदिन कुरै कुरामा हाम्रो झगडा भयो- कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ, र उसले मलाई एक झापड मेरो गालामा हान्यो- त्यो एक झापडले मेरो जीवन लाई बदल्छ।

रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफुले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको हप्काको कुटेको कुरा सुनाए, देखाए। त्यसबेला सबै मेरो माइती पक्षले (अब त्यस्तो राक्षस सँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने) मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरे। प्रहरीले उसलाई भगायो, उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे।

म राति ओछ्यानमा सुतेर सोच्ने गर्छु, के उ साँच्चै नै नराम्रो मान्छे थ्यो त?

केही दिनपछि धैर्य गर्न सकिन भन्दै उसले माफी माग्यो।

मैले मुद्दा फिर्ता लिए, तर म उसँग उसको घरमा गइन। केही दिन पछि दुई परिवार मिलेर बस्नु अब नयाँ तरिकाले जीवन यापन गर्नु परिवारले भने। म पनि सहमत भए।

पहिलो केही महिना राम्रैसँग बित्यो। तर अचानक फेरि झगडा भयो- र म मेरो आमाबुबाको घरमा आए।

केही दिन पछि मेरो श्रीमान बिरामी छन भनेको कुरा सुने। माइतीघरका सबैले स्वास्नी फर्केर आउछे भनेर नाटक गरेको हो भने। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस् त्यसपछि उनिहरुको साथमा जान्छु भन्ने मनमा सोचे।

तर कोहि आएनन्। बरु घरमा एउटा पत्र आउँछ- सम्बन्धविच्छेद पत्र।

पत्र हातमा परेपछि मन मुटुमा दनदनी आगोले पोले जस्तो भयो, अनि सोचे, यो आट उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिन्, माइतीपक्षले "कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो" भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मेरो मुटुमा १००० किलोको ढुंगाको वजनले थिचे जस्तो महसुस हुँदै थियोे, सास फेर्न गाह्रो भएको थियोे। त्यसबेला एक सब्द पनि नसोची सबै कुरा स्वीकार गरे।

बच्चा मसँग आयो, आर्थिक सुरक्षा- र उसको हातबाट म स्वतन्त्र भए।

आज साढे तीन बर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे- तर म?
मेरो जिन्दगी जहाँ छ त्यही रोकियो- यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन् तर हामी डिभोर्सी सँग रात कटाउन घुमाउन साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन्।

आज म सोच्ने गर्छु- एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैंको लागि सकियो।

उसले मलाई एकपटक एक झापड हान्यो- तर मैले उसलाई सहनै नसक्ने शब्द भने, मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दु:ख दिए। आज मैले बुझ्दै छु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकुल हुनु, मायामा कमि हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन।

सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ- भनेर जसले सोचिरहेका छन। स्वतन्त्र होइन यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो।
जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ।

🌸 दिदीबहिनीहरु आफ्नो श्रीमानसँग झगडा गर्नु, तर रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस सायद त्यसले तपाईंको पुरै जिन्दगी नै बद्लिन्छ। अर्को कुरा माइतीले पनि आफ्नो बिहे गरेर गाकी छोरीलाई चाडपर्वमा बाहेक अरुबेला बोलाउने चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो आफुले गरेकोछ्, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैं सोच्ने गर्नु।।

💮 कृपया आगामी दिनहरुमा पनि यस्ता-यस्तै पोस्टहरु पढ्नको लागि हामीलाई Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏

17/10/2025

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले घरधनीसहित ११ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित रुद्र प्रसाद खनालको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विपिन जोशीको शव आजै बुझाउने हमासको भनाइ!!
13/10/2025

विपिन जोशीको शव आजै बुझाउने हमासको भनाइ!!

13/10/2025
13/10/2025
12/10/2025

Bangalore को indo_nepal √DR BR AMBEDKAR SPORTS COMPLEX मा धमका मचिदै।

इलाममा पहिरोमा परेर मृ #त्यु हुनेको संख्या २१ पुगेको छ। अबिरल वर्षापश्चात शनिबार राति गएको पहिरोमा परी इलाममा एकै परिवार...
08/10/2025

इलाममा पहिरोमा परेर मृ #त्यु हुनेको संख्या २१ पुगेको छ।
अबिरल वर्षापश्चात शनिबार राति गएको पहिरोमा परी इलाममा एकै परिवारको ६ जनासहित २१ जनाको मृत्यु भएको हो।
सुत्केरी र घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ।

श्रीमतीको लागि ठूलो घर, महंगा गहनाहरु, किनमेल गर्न पैसा र रेस्टुरेन्टमा लगेर ख्वाउँदा सायद तपाईं बसेको समाजले तपाइँलाई "...
29/09/2025

श्रीमतीको लागि ठूलो घर, महंगा गहनाहरु, किनमेल गर्न पैसा र रेस्टुरेन्टमा लगेर ख्वाउँदा सायद तपाईं बसेको समाजले तपाइँलाई "असल श्रीमान"को रुपमा चिन्नेछन। तर के साँच्चै नै तपाईंको श्रीमतीको मनमा शान्ति छ त..?
महिलाले बास्तवमा के चाहन्छन् तपाइँलाई थाहा छ? उनीहरुलाई लाखौं बैंक ब्यालेन्स चाहिएको हुँदैन। उनीहरुले हरेक महिनामा एक दुइ जोर कपडाहरु वा महंगो पर्फ्युमहरु चाहँदैनन्। उनीहरुले तपाईंको समय मात्रै चाहन्छन।
एकपटक सोच्नुहोस त्🤔..
तपाईंले अन्तिम पटक कहिले श्रीमतीको छेउमा बसेर उनको सुखदुःख वा गुनासो सुन्नु भएको थियोे?
श्रीमती चुपचाप एकोहोरो टोलाएर बसेको देख्दा, उनको आँखामा हेरेर "तँलाई के भयो? भनेर तपाईंले कहिले भन्नू भाको थियोे?
अफिसको ब्यस्तता छोडेर श्रीमतीको हात समाएर कहिले डुल्न निस्क्नुभाको थियोे?
पैसाले श्रीमतीलाई खुशी बनाउन सकिन्छ तर त्यो खुशी क्षणिक हुन्छ। आज नयाँ गहना, भोलि रेस्टुरेन्टमा खाना, केही दिनपछि सबै बानी बस्दै जान्छ। तर जुन श्रीमानले समय दिन्छ, ध्यान दिएर सुन्छ, बुझ्छ- उसको प्रेम उसको श्रीमतीले सधैं सम्झिरहन्छिन।
सत्य कुरा यही हो-
श्रीमतीको लागि सबैभन्दा महंगो उपहार श्रीमानको समय हो।किनकि समय भनेको ध्यान दिनु हो, समय दिनु भनेको माया हो, समय भनेको सम्मान दिनु हो।
सायद पैसाले अरुको नजरमा इज्जत पाइन्छ होला। तर श्रीमतीको नजरमा इज्जत पाउन मात्रै समय दिनुपर्छ।
याद गर्नुहोस्-
तपाईंको पैसाले तपाईंको श्रीमतीलाई बिलासिता दिन्छ, तर उनलाई तपाईंको समयले जोगाउने गर्छ।
एक दिन उमेर बढ्दै जाँदा तपाईंसँग पैसा हुन्छ, नाम हुन्छ- साथमा श्रीमती नभए सबै रित्तो हुन्छ।
त्यसैले ढिलो हुनुभन्दा पहिले बुझ्नुहोस असल श्रीमान बन्नु पर्दैन, श्रीमतीको लागि समय मात्रै दिए पुग्छ।।
💮 कृपया आगामी दिनहरुमा पनि यस्ता-यस्तै पोस्टहरु पढ्नको लागि हामीलाई Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏

भारतको प्रख्यात पत्रीका नवभारत नै तीन छक परेछ । उस्ले उस्कै हेडलाईन मा लेख्छ , नेपाल मा ९० करोड डलर ले सत्ता पलट भयो।   ...
28/09/2025

भारतको प्रख्यात पत्रीका नवभारत नै तीन छक परेछ । उस्ले उस्कै हेडलाईन मा लेख्छ , नेपाल मा ९० करोड डलर ले सत्ता पलट भयो।

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Jhilko Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhilko Khabar:

Share