Everest Daily News

Everest Daily News https://everestdailynews.net is an online media that envisions itself an online news portel and onlin

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार नाक, का...
10/10/2025

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार नाक, कान र घाँटी विभागकी प्रमुख डा. संगीता सिंह भण्डारीलाई निलम्बन गरेको छ।

अख्तियारले डा. भण्डारीमाथि एमआरआई मेसिन खरिदमा अनियमितता गरी घुस बापत आर्थिक लाभ लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगको भनाइअनुसार, उनी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहँदा कम गुणस्तरको एमआरआई मेसिन खरिद गरेर आर्थिक अनियमितता गरेको प्रमाण फेला परेको हो।

बीपी प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सग्रौलाले बताएअनुसार, अख्तियारको पत्र बिहीबार प्राप्त भएपछि शुक्रबारकै बैठकबाट डा. भण्डारीमाथि निलम्बनको निर्णय गरिएको हो। “अख्तियारको निर्देशनअनुसार तत्काल निलम्बनको निर्णय गरिएको हो,” सग्रौलाले भने।

अख्तियारले डा. भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ। सो मुद्दा अब विशेष अदालतमा विचाराधीन हुनेछ।

डा. भण्डारी बीपी कोइराला प्रतिष्ठानको कार्यकारिणी समितिकी सदस्य समेत रहेकी थिइन्। अख्तियारले स्वास्थ्य क्षेत्रका ठूला उपकरण खरिदमा घुस र अनियमितता रोक्न सख्त निगरानी गर्ने नीति अन्तर्गत उनीमाथि कारबाही अघि बढाएको जनाएको छ।

जेन–जी आन्दोलनले उठाएका मागलाई आत्मसात् गर्ने अपेक्षा भइरहँदा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भने आत्मालोचना नगरी ध...
27/09/2025

जेन–जी आन्दोलनले उठाएका मागलाई आत्मसात् गर्ने अपेक्षा भइरहँदा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भने आत्मालोचना नगरी ध'म्की सैलीमा उत्रिएका छन्।

ओलीले भने, “मैले कुनै गल्ती गरेको छैन। जनताले मेरो काममा प्रश्न उठाउने ठाउँ छैन। जे–जे निर्देशन दिएको छु, सबै रेकर्डेड छन्। कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन–सबै बाहिर ल्याउनूस्, म छाेटछाेट छैन।”

उनले वर्तमान सरकार संवैधानिक बाटोबाट नभई तो'डफो'ड र आ'गजनीबाट बनेको आरोप लगाउँदै भने, “यो सरकार जनताको अभिमतबाट बनेको होइन। यसलाई मेरो काम बाहिर ल्याउन चुनौती दिन्छु।”

ओलीले आफ्ना पुराना प्रतिबद्धता दोहोर्याउँदै भने, “म प्रधानमन्त्री हुँदा भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्ने नारा लगाएको थिएँ। त्यो अहिले पनि कायम छ। मैले पनि भ्रष्टाचार गरिनँ, सकेसम्म अरुलाई पनि गर्न दिएनँ। फेरि गर्दिनँ, गर्न पनि दिन्न।”

पासपोर्ट रोक्का गर्ने निर्णयबारे आक्रोशित हुँदै उनले प्रश्न गरे, “पासपोर्ट रोकेर के सोचेको हो? यो हाहुको सरकारले ठानेको हो कि हामी विदेश भाग्छौं? देशलाई जिम्मा लगाएर हामी किन भाग्ने?”

हर्क साम्पाङको कुलमानलाई कडा सन्देश : भ्रष्टहरुलाई कुनै कारवाही तिर नलागी नेपालीबाट सहयोगको अपेक्षा नगर्नुस् !
18/09/2025

हर्क साम्पाङको कुलमानलाई कडा सन्देश : भ्रष्टहरुलाई कुनै कारवाही तिर नलागी नेपालीबाट सहयोगको अपेक्षा नगर्नुस् !

हर्क साम्पाङ लेख्छन्:
16/09/2025

हर्क साम्पाङ लेख्छन्:

  | मन्त्रिपरिषद् बैठकले असोज १ गते शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिने र आन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय झण्डा ओढ...
15/09/2025

| मन्त्रिपरिषद् बैठकले असोज १ गते शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिने र आन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय झण्डा ओढाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

अन्तरिम सरकारका नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो ३ निर्णय गरेका छन् ।🔹राष्ट्रिय शोक मनाउने, नेपालको झण्डा आध...
15/09/2025

अन्तरिम सरकारका नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो ३ निर्णय गरेका छन् ।

🔹राष्ट्रिय शोक मनाउने, नेपालको झण्डा आधा झुकाउने

🔹मृ'तकको परिवारलाई १-१ लाख किरिया खर्च उपलब्ध गराउने

🔹मृ'तकको शव घरसम्म पुर्‍याउन निःशुल्क गाडी, विकट ठाउँमा हेलिकप्टरबाट पठाउने ।

Gen-Z आन्दोलन पश्चात् मेयर बालेन शाह के गर्दैछन् त भन्ने जनचासो रहेको पाइन्छ । निकट स्रोतका अनुसार शाह अस्ती बिहीबारदेखि...
15/09/2025

Gen-Z आन्दोलन पश्चात् मेयर बालेन शाह के गर्दैछन् त भन्ने जनचासो रहेको पाइन्छ ।
निकट स्रोतका अनुसार शाह अस्ती बिहीबारदेखि नै काठमाडौं महानगरपालिकामा गएर आन्दोलनमा भएका क्षतिको विवरण अवलोकन गर्नुका साथै महानगरकै नियमित काममा व्यस्त रहेका छन् ।

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय🙏🙏
15/09/2025

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय🙏🙏

धरानका मेयर हर्क साम्पाङ गृहमन्त्री बन्न माग गर्दै बालुवाटार पुगे पनि प्रधानमन्त्री सुशीला कार्कीले भेट दिइनन्। बिहान ७ ...
14/09/2025

धरानका मेयर हर्क साम्पाङ गृहमन्त्री बन्न माग गर्दै बालुवाटार पुगे पनि प्रधानमन्त्री सुशीला कार्कीले भेट दिइनन्। बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ७ घण्टा प्रतीक्षा गरे पनि साम्पाङलाई समय नदिइएको खुलेको छ। अन्ततः उनी निराश हुँदै खाली हात फर्किएका छन्। 🧐🧐🧐

19/06/2025

Thailand मा नेपाली बसोबास _ Amazing Facts About Thail-Nepali

Nepal Grey List मा परेको छ, यो भनेको कुनै पनि व्याक्ती ब्लाक लिष्टमा परे जस्तै हो, न आफन्त  बैक छरछिमेकले ऋण सरसापट दिन ...
22/02/2025

Nepal Grey List मा परेको छ, यो भनेको कुनै पनि व्याक्ती ब्लाक लिष्टमा परे जस्तै हो, न आफन्त बैक छरछिमेकले ऋण सरसापट दिन पाउछन न त रोक लगाएको समान बाहिर बाट किनेर ल्याउन नै पाउछन ! हिजो India ले नाकाबन्दि लाएका थिए अहिले विश्वले Grey List मा राखेर नाकाबन्दि लाउदैछन , देश एकदमै नाजुक अवस्थामा छ घरजग्गा बिजनेस इम्पोर्ट सम्बन्धि व्यबसाय अब अझै खस्किने अवस्थामा छ, यसबाट बाहिरि शक्तीले Mcc पास गराउ भन्ने इन्डाइरेक्ट भाष्य युज गरे जस्तो देखिन्छ ! सेयर मार्केटमा यस्को असर पर्छ दुइ तरिकाको एस्पेक्टमा एउटा पहिले नाकाबन्दि हुदा जसरी उडेको थियो त्यो हुन सक्छ भने अर्को तरिकाले हेर्दा यदि बैकको खराब कर्जा बढ्दै र बैक अझै अरु पनि डुब्ने सम्भावना आए सेयर मार्केट आफै तल तल फस्ने सम्भावना छ, किनकि सेयर मार्केट माथि जादै प्रोफिट बूकिङ हुने सम्भावना आए भने र २० अर्ब कारोबार डैली हुन थाले भने मात्र चल्नेछ नत्र भने Cash मै बस्नु सबै भन्दा ठुलो लगानिको रिट्रन हुनेछ l

ताप्लेजुङका माबोलाई कालोमोसो दल्ने विरुद्ध पक्राउ पुर्जी धरान /ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्ष...
17/02/2025

ताप्लेजुङका माबोलाई कालोमोसो दल्ने विरुद्ध पक्राउ पुर्जी
धरान /ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने आठजना विरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका हुन्।
उजुरीपश्चात् प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ। प्रहरीले ८ जना विरुद्ध पक्राउ पुर्जीको अनुमति लिए पनि उनीहरूको नाम गोप्य राखेको छ। माबोलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान-९ स्थित पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबलकारको विरोध गर्नेहरूलाई गालीगलौज गरेको भन्दै कालोमोसो दलेर माफी माग्न लगाएका थिए। कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत ८ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बुझिएको छ। प्रहरीले कालोमोसो दल्नेलाई भने पक्राउ गर्न सकेको छैन।
सुनसरीका प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाले कानुनविपरीत काम गर्ने जो कोहीलाई पक्राउ गरी कारबाही गरिने बताए। पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा संलग्न भएका माबोले पाथीभरा मन्दिरमा केबलकार निर्माण हुँदा जिल्लाको विकास हुने बताउँदै आएका छन्।
जनमुक्ति पार्टीका उपमहासचिव थाम्देनले प्रहरीले पहिचान पक्षधर नेता कार्यकर्ताहरूलाई पक्राउ गर्न खोजेर झडपको स्थिति सिर्जना गरेको बताए। उनले तत्काल पाथीभरा मन्दिर क्षेत्रमा केबुलकार निर्माणको काम बन्द नगरिए आन्दोलन सशक्त बनाउने चेतावनी दिए।

Address

Nepal, Dharan
Bijaipur

Alerts

Be the first to know and let us send you an email when Everest Daily News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Daily News:

  • Want your business to be the top-listed Media Company in Bijaipur?

Share