Kwan Chhang

Kwan Chhang यात्रामा कुरेर भेटिएकोले भन्दा जुरेर भेटिएकाले बढी खुसी दिन्छन्।

06/09/2025
आमा हाम्रो घरमा प्राय बिहानको खाजाको रुपमा  बनिने बाक्लो आलु मटरको सुप संग पाक्ने थुक्पा अहिले पनि पकाउनु हुँदा मेरो समझ...
23/08/2025

आमा
हाम्रो घरमा प्राय बिहानको खाजाको रुपमा बनिने बाक्लो आलु मटरको सुप संग पाक्ने थुक्पा अहिले पनि पकाउनु हुँदा मेरो समझना आँउदो होला नि है ? किन न आँउदो होला है ? मलाई त सँधै हरपल आँउछ र बनाएर खान्छु पनि । भाग बटुका कहिले बड्ने कहिले घट्ने, परिवारमा दुई जना त हुनुहुन्न तर भातिज थपिएको छ अनि बिहे गरेर अन्भाई सकेको छोरी चेली आफ्नो घर गृहस्ती देखी अँठोपाँच वर्ष दुई वर्षमा त माइती घर आउन पाउने । आउनु हुँदा भेना भान्जा भान्जी थपिने कती रमाइलो हुने ।
त्यो बेला मेरो काम त्यस्तै काम पनि भनुम अनि जिवन शैली ,काम त्यही त कहिले कता कहिले कता कती बेला, बिहानको सुताई सँगै त कहिले काँही सँगै खान पाउने नभए, अनि एउटा बटुकामा थुक्पा अनि अर्कोमा सुप अलग्गै या भाँडोमा अनि अलिकती प्याँज काटेको अनि धनीया र अकबारे पाउने बेला अकबारे पनि अनि कागतिको एउटा टुक्रा सजिएको खाजा किचनमा हुन्थियो । अहिले भातिजले मेरो बिँडो लिदै होला नि ?
तर थाह छ नि त्यसलाई एक भागले कहाँ पुग्थियो सानो देखी नै । जहिले उसको लागी दुई बटुका जती नै हुनु पर्ने उसलाई नै धेरै राख्थियौ । त्यसलाई त्यसरि हुर्काइ बढाई गर्नु भएको । पसलको भन्दा मुमाको हातको घरको त्यसलाई धेरै मन पर्ने ।
अहिले त्यस्को स्वाद र खानकी फेरियो कि नाँई ? कि मोटाइन्छ भनेर थोरै खान थाल्यो ?
धेरै कुरामा समझनाहरु अल्झेको हुन्छ सम्झेको हुन्छ बाँचेको हुन्छ है ? म त एक्लो भए पनि सम्झनाहरु संग गाँसिएर बनाउदै खान्छु है । सुर्ता नगर्नुहोस बरु तपाईं को चिन्ता लाग्छ । हातहरु गल्दा हुन आमाको माया मुमाको माया कहाँ थाकेको हुन्छ ? थकाई नै मान्दैन होला तर बुढेसकालको शरिरले आराम पनि त खोज्छ । आफ्नो ख्याल गर्नु है ।
अनी हाम्रो बबिता दिदिले बनाउनु भएको थुक्पा मेरो त घरमा बिहानको खाजा घरमा थुक्पा अनि दिँउसो कट्टु पसलामा बबिता दिदिले बनाउनु भएको थुक्पा नै हुन्थियो । कती रुच्ने कती खान सक्ने म यो थुक्पा । कहिले काँही त लग्ने गर्थिए कती मिठो मान्नु हुन्थियो । उहिले नै बन्द भएर अहिले सम्झाना आँउछ नि अनि सोधेकोछु वहाँको तरिका अनि हाल्ने सिक्रेट मसलाहरु । आज केहि त्यो पनि मिसाएको छु ।
सँधै मनमा नै गुथ्ने र मनोवाद गर्ने म आज त्यतिकै शब्दहरु पनि पोखिदिए । 🙏

19/03/2025

I wasn’t that bad, nor were my thoughts and behavior. I always had good intentions, everything was right—
Then why was I tormented?

भेटघाट गर्छौँ, हाँस्छौँ रमाउँछौँ,तर समयसँगै छुटिनु पर्छ कहिलेकाहीँ।साथीभाई आउने-जाने गर्छन्,तर सम्झनाहरू मनमै रहिरहन्छन्...
11/03/2025

भेटघाट गर्छौँ, हाँस्छौँ रमाउँछौँ,
तर समयसँगै छुटिनु पर्छ कहिलेकाहीँ।
साथीभाई आउने-जाने गर्छन्,
तर सम्झनाहरू मनमै रहिरहन्छन्।

फेरि कहिले भेट होला कुन्नी,
फेरि पुराना दिन सम्झी हाँस्ने दिन आउला कुन्नी।
तर माया त त्यही हो, कहिल्यै नसुक्ने,
समय बदलिए पनि, साथ नछोड्ने।

06/11/2024

Watching Bhool Bhulaiyaa 3

Shubha Tihar 2081
05/11/2024

Shubha Tihar 2081

प्यारी सोल्टिनी भाई टिकाको दिन धेरै पछी भेट भो। “बल्ल भेट भो आदङ्बे मन खोली हाँसौन जनाउ आफ्नो संस्कृति यालङ नाँचौन।
03/11/2024

प्यारी सोल्टिनी
भाई टिकाको दिन धेरै पछी भेट भो।
“बल्ल भेट भो आदङ्बे मन खोली हाँसौन जनाउ आफ्नो संस्कृति यालङ नाँचौन।

शुभ भाई टिका २०८१ सम्पूर्ण चेलीहरुमा सुस्वास्थ्य दिर्घायु सम्रिद्धी खुशी उमंगको कामना गर्दछु। 🙏
03/11/2024

शुभ भाई टिका २०८१
सम्पूर्ण चेलीहरुमा सुस्वास्थ्य दिर्घायु सम्रिद्धी खुशी उमंगको कामना गर्दछु। 🙏

02/11/2024

देउसी भैलो साँस्कृतिक कार्यक्रम भन्दै बलिवूदको आईटम गीतमा नाँचेर चै कुन चै साँस्कृतिक कार्यक्रम देखाको होला?

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Kwan Chhang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share