the -raj kirannti

the -raj kirannti Litterateur

16/04/2026

तयारि

Shout out to my newest followers! Excited to have you onboard! Bhim Rai, Khotange Niraj, सुमन राई, राजिब राई, Prabin Cha...
15/02/2025

Shout out to my newest followers! Excited to have you onboard! Bhim Rai, Khotange Niraj, सुमन राई, राजिब राई, Prabin Chamling, Manika Dumi Rai, Kanxa Newar Joshi, Vabuk Purbeli Raja, All Glass Fitting, Pawan Dumi Rai, Mohan Kumar Rai, Santakumar Rai, Bibek Rai, Kishor Rai, Desh Kaji Bantawa

02/02/2025

पृय मान्छे

तिमिहरुले मलाई देख्दा
म कति सुन्दर छु।
म तिमिलाई हेर्छु उस्तै सुन्दर देख्छु
साँच्चै संसार सुन्दर छ।
म नाङ्गाे आँखाले हेर्छु ,
म समाजिक भाव ले हेर्छु
तिमी यूराेपियन आँखिझ्याल
खाेलेर अङ्ग्रेजी चस्माले हेर्छाै ।
म सात देख्छु तिमी नाईन देख्छाै
हेराई उहीँ तर दृष्टिकाेण फरक।
तिम्राे पनि पीडा छ,
मेराेनि पीडा छ
तिमिलाइ पैसाले चिलेकाे छ।
मलाई गरिबिले निलेकाे छ
तिमी पैसा उडायर स्वर्ग खरिद गर्दैछाैा
म अभावले श्वास भर्दै छु
हामी समान छाै
खरिद गर्नु पनि त चाहानाकाे
झाेला भर्नु नै त हाे।
तिमी चाहाना भर्दै छाै।
म आवश्यकता भर्दै छु।
चाहाना पनि त अावश्यकता नै त हाे।
तिमिले पिउने पानी मैले पिउने पानि
उहीँ न हाे फरक तिमी बाेतलकाे पिउछाै
म गाग्रिकाे ,
म अभावका बेदना र पीडा छाति भित्र काेचिरहेछु।
तिमी लगानिका स्राेत खाेजि रहेछाै
प्रकृतिकाे नियम हाे ,धेरै काेचे फुट्छ,
कदाचित मेरा पिडाहरु छातिफुटि
उछ्छिटिदा तिमिलाइ लागेछ भने
तिम्राे मानमर्दनमा कालाे धब्बा लागेछ भने,
मलाई माफ गर है ,
मेराे पृय मान्छे।..............

11/01/2025

आज बल्ल ढुक्क भए एउटाकाम तुर्नु थियाे ,
मरेकासारा सपनाहरु खाल्डाे खनि पुर्नु थियाे।
अभावकाे सपना ,ढुङ्गाकाे बिरुवा एउटै रैछ ,
फुल्ला ,फल्ला भनेर बिनाअर्थ कुर्नु थियाे ।
सूर्य चुम्न खाेजेपछि खरानी भई झरिदाे रहेछ,
याद थियाे याे समय अवश्य एकदिन जुर्नु थियाे।

20/11/2024
16/10/2024

ए!
ब्राह्मण दाइ
हाम्राे एकल जातिय सत्ताधारि,
जाे मै खाउ मै लगाउकाे
मन्त्र जपेर बसेकाे छ नि
उसलाई सम्झाई देउन।
तिमिर म त संगै पालाम गाएकै छाै
साकेला र साेरठि गाएकै छाै,
म नमान्दा नमान्द‌ै तिम्राे देवलिमा
बाेकाकाे मासु खाएकै हाे
तिमिले पनि त मेराृ उधाैलि,उभाैलिमा
फेसबुकमा फाेटाे पाेष्ट नगर्ने सर्तमा
थाेरै (अार्खु,सेजाेङ) खाएकै हाे।
तर ,,तर याे सत्ताले किन राष्ट्र बुझ्दैन राष्ट्रियता किन जान्दैन।
आउ ब्राह्मण दाजु ,,
हामी जसरि बाँचेका छाै, जसरि नाचेका छाै
हाम्राे मिलनलाई किन सत्ताले देख्न सक्तैन।
तिमी मर्दा म मर्ने म मर्दा तिमी मर्ने
हामी लसईकाे कसम ,,
अब पूरा गर्नु छ ,,,
मेराे भाउजू देवि खतिवडा
तपाईकि बुहारि बिष्णु दुमि
सबै मिलेर विभेदकाे बिरुद्धमा उठ्नु पर्छ।
तिमी देवलपमा मार हान्ने तरवार झिक म कट्टि बाेकुला
किनकि मलाई थाहा छ
तिमी विभेद बुझ्दछाै
मेराे हाेईन हाम्राे हाे तिमी जान्द छाै ।

13/09/2024

यस्तालाई भनिन्छ धार्मिक सहिष्णुता।
हाम्राेमा यस्ताे बिचारकाे बिकाश कहिले हाेला?

Address

Khotang Diktel
Diktel
9844831005

Alerts

Be the first to know and let us send you an email when the -raj kirannti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to the -raj kirannti:

Share

Category