17/10/2025
इतिहासकै ठूलो उपाधि जित्यो नेपालले 👏🏆️🇳🇵
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्दै आईसीसीले आयोजना गरेको प्रतियोगितामा नेपालले इतिहासकै सबैभन्दा ठूलो उपाधि जितेको छ ।
तेस्रो पटक विश्वकपमा छनोट हुँदा नेपालले पहिलो पटक आईसीसी टी-२० विश्वकप छनोटको उपाधि जितेको हो । इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित रहदैँ १० अंक बटुल्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो ।