Dolakha's view

Dolakha's view Welcome to Dolakha’s View – your window to the heart of Dolakha! From scenic landscapes to cultural moments, we share it all
(2)

बाढीमा बेपत्ता मैयाँ दाहाल विमलीको कुशको शव बनाई अन्त्येष्टि, परिवारको आशा समाप्तदोलखा । दोलखा जिल्ला मेलुङ गाउँपालिका–१...
02/09/2026

बाढीमा बेपत्ता मैयाँ दाहाल विमलीको कुशको शव बनाई अन्त्येष्टि, परिवारको आशा समाप्त

दोलखा । दोलखा जिल्ला मेलुङ गाउँपालिका–१, पवटी निवासी रमेश विमलीकी श्रीमती मैयाँ दाहाल विमली भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता हुनुभएको थियो।

नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीका रूपमा लाङटाङ राष्ट्रिय निकुञ्ज, स्याप्रुबेसी पोस्टमा सिनियर गेम स्काउट पदमा कार्यरत रहनुभएकी मैयाँ दाहाल विमली मिति २०८३/०५/१० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता हुनुभएको थियो।

बेपत्ता भएलगत्तै उहाँको खोजी कार्य निरन्तर गरिए पनि हालसम्म शव फेला पर्न सकेन। लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर प्राप्त नभएपछि हिन्दू धर्म तथा नेपाली परम्पराअनुसार मिति २०८३/०५/१७ गते कुशको लास बनाई विधिवत् अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।

उहाँ सकुशल घर फर्किनुहुन्छ कि भन्ने परिवारको झिनो आशा पनि अब समाप्त भएको छ। आज उहाँको ८ दिनको पुण्यकार्य भइरहेको छ।

स्वर्गीय मैयाँ दाहाल विमलीप्रति हार्दिक श्रद्धाञ्जली।
उहाँको आत्माले चिरशान्ति पाओस् तथा शोकसन्तप्त परिवारजनमा यस अपूरणीय पीडा सहन सक्ने शक्ति मिलोस्।

🕉️ प्राचीन दोलखामा भैरव–कुमारी जात्रा 🕉️प्राचीन दोलखाको धार्मिक तथा सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको भैरव–कुमारी जा...
02/09/2026

🕉️ प्राचीन दोलखामा भैरव–कुमारी जात्रा 🕉️

प्राचीन दोलखाको धार्मिक तथा सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको भैरव–कुमारी जात्रा परम्परागत उत्साह र श्रद्धाका साथ मनाइँदैछ। 🪔

रातको समयमा सञ्चालन हुने यस जात्राले पुस्तौँदेखि चलिआएको दोलखाको मौलिक संस्कृति, धार्मिक आस्था र नेवारी परम्परालाई जीवन्त राख्दै आएको छ। बाजागाजा, पूजा–आराधना र भक्तजनको सहभागिताले जात्राको रौनक अझ बढेको छ। ❤️

हाम्रो संस्कृति, हाम्रो पहिचान।
प्राचीन दोलखाको गौरव—भैरव–कुमारी जात्रा। 🙏
📸Arjun Photo Studio

#भैरवकुमारीजात्रा #प्राचीनदोलखा #दोलखा #हाम्रोसंस्कृतिहाम्रोपहिचान

02/09/2026

दाेलखा भैरव कुमारी रात्रीकालिन जात्राकाे तेस्राे दिन । भैरव भगवान हराएकाे भनी कुमारी माताबाट खाेजिएकाे अभिनय । भैरवकाे भुमीकामा विरबहादुर शिवभक्ती र कुमारीकाे अभिनयमा राजकुमार शिवभक्ती ।
🎥बाँपिझ्याला डटकम

🙏 भैरव–कुमारी जात्रामा शिवभक्ती परिवारका युवापुस्ताको आकर्षण ❤️प्राचीन शहर भीमेश्वर नगर दोलखाको मौलिक संस्कृति, परम्परा ...
02/09/2026

🙏 भैरव–कुमारी जात्रामा शिवभक्ती परिवारका युवापुस्ताको आकर्षण ❤️

प्राचीन शहर भीमेश्वर नगर दोलखाको मौलिक संस्कृति, परम्परा र आस्थासँग जोडिएको भैरव–कुमारी जात्रामा शिवभक्ती परिवारका युवापुस्ताको उत्साहजनक सहभागिता र आकर्षणले जात्राको रौनक अझ बढाएको छ। 🪔✨

पुरानो पुस्ताबाट हस्तान्तरण हुँदै आएको संस्कृतिलाई नयाँ पुस्ताले आत्मसात् गर्दै संरक्षण र निरन्तरतामा देखाएको चासो वास्तवमै प्रशंसनीय छ। 🙏❤️
संस्कृति हाम्रो पहिचान हो, पुस्तान्तरण यसको संरक्षण
📸बाँपिझ्याला

02/09/2026

ऐतिहासिक दोलखा बजारमा भैरव कुमारी जात्रा

01/09/2026

Singati, Dolakha ❤️

🎥Xivan Khadka

Dolakha Bhimeshwar Temple ❤️
01/09/2026

Dolakha Bhimeshwar Temple ❤️

01/09/2026

१० गते बिहान ८ बजे सम्म सम्पर्क मा भएको को सुविन्द्र नेपाली उमेर २८ को मेरो भाइ रसुवाको टिमुरेबाट हराएको १ हप्ता भयो अझै पनि केहि कतै खबर छैन यदि कसैले देख्नुभयो भने संम्पर्क गर्नुहुन अनुरोध छ
🎥metronepal Part 13

01/09/2026

१० गते बिहान ८ बजे सम्म सम्पर्क मा भएको को सुविन्द्र नेपाली उमेर २८ को मेरो भाइ रसुवाको टिमुरेबाट हराएको १ हप्ता भयो अझै पनि केहि कतै खबर छैन यदि कसैले देख्नुभयो भने संम्पर्क गर्नुहुन अनुरोध छ
🎥metronepal Part 12

01/09/2026

१० गते बिहान ८ बजे सम्म सम्पर्क मा भएको को सुविन्द्र नेपाली उमेर २८ को मेरो भाइ रसुवाको टिमुरेबाट हराएको १ हप्ता भयो अझै पनि केहि कतै खबर छैन यदि कसैले देख्नुभयो भने संम्पर्क गर्नुहुन अनुरोध छ
🎥metronepal Part 11

Address

Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Dolakha's view posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dolakha's view:

Shortcuts

Share