थाङ्मीचागु डटकम/Thangmichagu.com

  • Home
  • Nepal
  • Dolakha
  • थाङ्मीचागु डटकम/Thangmichagu.com

थाङ्मीचागु डटकम/Thangmichagu.com खोज पत्रकारिता

राष्ट्रिय स्वतन्त्र पार्टी, चितवनद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न:मंसिर २८ ,,चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जिल...
14/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टी, चितवनद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न:

मंसिर २८ ,,चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जिल्ला समिति चितवनले आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका समसामयिक विषयहरू, पार्टीको भावी रणनीति र जनसरोकारका मुद्दाहरूमा व्यापक छलफल भएको थियो। सहभागीहरूले आ-आफ्ना विचार तथा सुझावहरू प्रस्तुत गरेका थिए।

जिल्ला समितिका अध्यक्षले कार्यक्रममा उठेका महत्त्वपूर्ण विषयहरूलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अन्तरक्रिया कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराउनुभयो। कार्यक्रमले पार्टीलाई जिल्ला स्तरमा थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

# संवाददाता: माया स्याङतान् तामाङ्
.com

14/12/2025

नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली
पर्व भूमि पूजा २०२५ कार्यक्रमको भिडियो:

#भिडियो सामग्री:माया स्याङतान् तामाङ
.com

नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ गरिमामय रूपमा सम्पन्न
14/12/2025

नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ गरिमामय रूपमा सम्पन्न

नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ गरिमामय रूपमा सम्पन्न थाङमिचागु डटकम संवाददाता क्व...

क्वालालम्पुर, १४ डिसेम्बर २०२५ — नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ सभ्य र भव्य रूपमा सम्पन्न भ...
14/12/2025

क्वालालम्पुर, १४ डिसेम्बर २०२५ — नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ सभ्य र भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्ठी थाङ्मी, प्रमुख अतिथि नेपाल राजदूतावास मलेसियाकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्यसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

14/12/2025

स्थानीय युवाहरुको अनुगमन पछि ठाडी देउलाङ आधारभूत विद्यालयको भवन निर्माण मा व्यापक सुधार । उक्त भवनको पिलरहरु समेत परीक्षण गरिनुपर्ने स्थानीयको माग। ठेकेदारलाई पालिकाको इन्जिनियरको सपोर्ट नभइ रड नहाली कसरी यस्तो गर्न सक्छ ?

दोलख ब्रदरहुड मैत्रीपुर्ण प्रतियोगिताको उपाधि चरिकोट ब्रदर्सले जिते:मंसिर २८ ,, दोलखमा आयोजित दोलख ब्रदरहुड मैत्रीपुर्ण ...
14/12/2025

दोलख ब्रदरहुड मैत्रीपुर्ण प्रतियोगिताको उपाधि चरिकोट ब्रदर्सले जिते:

मंसिर २८ ,, दोलखमा आयोजित दोलख ब्रदरहुड मैत्रीपुर्ण प्रतियोगिताको 7–A SIDE फुटबल प्रतियोगिताको उपाधि चरिकोट ब्रदर्सले हात पारेको छ।

यस फाइनलमा इन्जिनियर्स दोलखा टिमलाई चरिकोट ब्रदर्सले 2–1 ले पराजित गर्दै प्रतियोगिता जितेको हो।

फाइनल खेल निकै रोमाञ्चक रह्यो। पहिलो हाफमा दुवै टिमले आक्रामक खेल प्रस्तुत गर्दा गोल जोहो नहुँदा खेल बराबरीस्थितिमा रोकियो। दोस्रो हाफमा चरिकोट ब्रदर्सले लगातार दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो भने इन्जिनियर्सले एक गोल फर्काए पनि बराबरी गर्न नसक्दा चरिकोट ब्रदर्स विजयी भयो।

#संवाददाता : माया स्याङतान् तामाङ
.com

मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु :मोरङको संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेल...
14/12/2025

मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु :

मोरङको संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई हात्तीले आक्रमण गरेको हो। स्थानीयका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो। घटनास्थलमै उहाँको मृत्यु भएको जनाइएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख निरीक्षक राजिव गिरीले जानकारी दिएका छन् कि हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु भएको पुष्टि भएको छ।

#संवाददाता :माया स्याङतान् तामाङ्
.com

14/12/2025
रास्वपाका उपसभापति स्वर्णिम वाग्ले सहितका नेताहरू दाङको तुलसीपुरमा भ्रमणमा रहेका छ। मंसिर २७,, गते ,,उनले आगामी निर्वाचन...
13/12/2025

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले सहितका नेताहरू दाङको तुलसीपुरमा भ्रमणमा रहेका छ।

मंसिर २७,, गते ,,उनले आगामी निर्वाचनमा रास्वपा देशको पहिलो पार्टी बन्ने दृढ दाबी गरेका छन्।

उनले विगतको अनुभवलाई स्मरण गर्दै बताए कि रास्वपा स्थापना हुने प्रारम्भिक चरणदेखि नै ठूलो जनसमर्थन प्राप्त भएको थियो।

वाग्लेले सांसदको काम देश बनाउने र थिति उनले जनतालाई स्थानीय तहले सानातिना काम गर्ने बुझाउन खोजेको बताए।

उनले भने, "सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो। थिति बसाल्न तपाइँहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ"।

# संवाददाता :माया स्याङतान् तामाङ
.com

काठमाडौंको कालिमाटीमा फलफूल तथा तरकारी बजारमा सुन्तलाको व्यापार सुरु भएको छ।मंसिर २७ गते,, सुन्तलाको सिजन सुरु भएसँगै दे...
13/12/2025

काठमाडौंको कालिमाटीमा फलफूल तथा तरकारी बजारमा सुन्तलाको व्यापार सुरु भएको छ।

मंसिर २७ गते,, सुन्तलाको सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङबाट ल्याइएका सुन्तला यतिबेला कालिमाटीमा बिक्री वितरण भइरहेको छ।

कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढक (५ केजी) को २ सय ५० रुपैयाँदेखि ४ सय र ५५० मा बिक्री भइहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन्। सुन्तलाको मूल्य निर्धारण स्वाद र आकार अनुसार गरिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको थोक मूल्य सार्वजनिक गरेको छ!

# संवाददाता माया स्याङतान् तामाङ्
.com

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि रोहित पौडेलले जितेको छ:मंसिर २७ गते ,,शनिबार कीर...
13/12/2025

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि रोहित पौडेलले जितेको छ:

मंसिर २७ गते ,,शनिबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय खेल मैदानमा भएको फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको हो।

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८५ रनमै अलआउट गर्दै ८६ रनको लक्ष्य ९ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको थियो। कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको थियो।

लुम्बिनी लायन्सका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि टोलीले आक्रामक सुरुवात गरेको थियो। सो ओभरमा लुम्बिनीले २७ रन जोडेको थियो।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको धारिलो बलिङपछि सुदूरपश्चिमको इनिङ्स धराशायी बनेको थियो। सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए।

लुम्बिनी लायन्सले च्याम्पियन बन्ने क्रममा पछिल्ला ६ खेलमा लगातार जित हात पारेको छ। पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा हार बेहोरेको लुम्बिनी एक समय लिग चरणबाटै बाहिरिने खतारामा पुगेको थियो। तर त्यसपछि सानदार पुनरागमन गर्दै टोलीले अन्ततः एनपीएलको उपाधि जित्न सफल भयो ।

# तस्बिर
# संवाददाता: माया स्याङतान् तामाङ्
.com

Address

Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when थाङ्मीचागु डटकम/Thangmichagu.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share