प्रकाश साउद Prakash saud

प्रकाश साउद Prakash saud Name : - Prakash Saud
Address :- Bogatan fudsil -01,Doti
Education :- BSW(in JMC,Dhangadhi )

04/06/2023

( कबिता )
आमा:
म त डरलाग्दा पर्खालहरु भित्र परान छोडेर बाचेको मन्छे,
भो यो जिन्दगिको कुरै नगरौ,
हारेर हराईसकेपछि हस्त रेखा हेरेर केही नहुदो रहेछ!
आमा:
भन्ने हरुले त भन्दाहुन ,तेरो छोरा आपराधि हो,
अब सडेर मर्छ!त अपराधी कि आमा भनेर !
आँखा भरी बसुन्धाराआँसु बगाएर धुक्क धुक्क नरुनु ,
किनकी सत्रु हास्नेछन,
दुनिया नाच्नेछन,
मेरो चिन्ताले हजुरको परान जानेछ,
भय भरको मान जानेछ,
सम्मान जानेछ।
पियारी :
साथी सङ्गिनी भन्दीहुन ,,,
तेरो लोग्ने सैतानको सुरुङ्ग भित्र सडेर मर्नेछ!
हेक्का थाप्नु र भन्नू ,बाच्न बाचेको छ ,
तर जिउदो लास बनेर,, बाचेकि छ!
पियारी:
जिउदो जिवनको जगमा पहिरो गएपछि,
मनको नदिमा सपनाको पहाड खसेपछी ,
आत्माको तलाउमा आसुको आधिआएपछी।।
आमा:
म जिउदै छु ,भनेर के गर्नु,
म बाचेको छु ,भनेर के गर्नु !
बुवा:
यो देशको कानुन कालो छ,
श्ववर सुतेकाछन ,
न्यायाधीश निदायका छन,
म जागराम छु,
म ब्युझै छु।

किनकी मलाई रातभर घरको यादले पोलेको छ,
मर्छु जस्तो लागेको दिन घर सम्झन्छु ,
चुलोमा आगो भुर्भुराएको दिन घर सम्झन्छु,
मध्यरातमा जुरमुराएको दिन घर सम्झन्छु ,
रातभर टोलाएकोक्षण सम्झन्छु।
आमा:
मलाई चाडै घरफर्कन मन छ,
मेरो बुढा बाबालाई स्याहार सुसार गर्ने मन्छ!
आमा :
यदि तपाइले भने जस्तै ,,,
मैले सोचेजस्तै,जेलबाट छुटेर आय भने त,,
म मुसुमुसु हास्दै आउला,,!
तर कानुनका ठेकेदारले जन्म कैद सुनाए भने,,!!
अनि आमा:
बुवा लाई कान्छो छोरो मर्यो भन्दिनु,,
दाईलाई तेरो कान्छो भाई मर्यो भन्दिनु ,
दिदिलाई तेरो कान्छो भाई फर्केर आउदैन भन्दिनु,
आफन्तलाई फन्दामा पर्यो भन्दिनु
म यहाँ प्रत्यकपल दिन गनेर बसेको छु,
सरकारी मान्छे मलाई गनेर बसेको छ,
सुर्य उदाउछ, अस्ताउछ,
म भने कैद काटेर बसेको छु,!
बुवा :
हरेक युग भित्र दरवार हुन्छ,
त्यहा युधिस्ठी पनि हुन्छ,
ह्र्दयधन पनि हुन्छ,
जस्को पक्षेमा पासापल्टियपनी ,
आखिर भबिस्यकै पक्षमा नै पल्टन्छ,।
प्रत्यक युगभित्र महाभारतको तयारिहुन्छ,
त्यहा अर्जुन पनि हुन्छ ,
कर्ण पनि हुन्छ,
यी दुबैको हार जितको निर्णय भबिस्यले गर्छ।।

प्रकाश साउद (कान्छो)
स्थाई ठेगाना:- बोगटान फुड्सिल गा पा ०१
सिमचौर (काटै , पोखर्तोला डोटी

01/05/2023

Address

Doti

Telephone

+9779848409907

Website

Alerts

Be the first to know and let us send you an email when प्रकाश साउद Prakash saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रकाश साउद Prakash saud:

Share