Abishek saud

Abishek saud Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abishek saud, Digital creator, Doti.

02/06/2026

दाजुभाइ हुनु त यस्तो — सम्बन्धको बारेमा चर्चा गर्दा छुटाउने नहुने दुइ नाम हुन्, चन्द्र ढकाल र हेमराज ढकाल । हाम्रो समाजमा देख्दै आएका छौ जब विवाह हुन्छ, दाजुभाईले कमाउन थाल्छन्, तब प्राय: दाजुभाइको सम्बन्ध सुमधुर हुन निकै कठिन हुन्छ, अझ त्यस्तो अवस्थामा जब एउटाको आर्थिक प्रगति अर्कोको भन्दा बढी हुन्छ ।

तर चन्द्र र हेमराज एक उदाहरणीय दाजुभाई हुन् । सायद पारिवारिक संघर्षले पनि दाजुभाईको मित्रता निकै मजबुद बनाइदियो । चन्द्र ढकाल भर्खर एसएलसीको तयारी गर्दै थिए, अकस्मात घरको मुली बुवालाई गुमाउनु पर्यो । यसै त आर्थिक अवस्था कमजोर थियो भाइ हेमराज सहीत दुइ बहिनिको जिम्मेवारी पनि दाइ चन्द्रको काँधमा आयो । यसैले उनि १६ वर्षकै उमेरमा कामको खोजीमा काठमाडौ आए ।

यहाँ आएर जागिर गरे त्यसपछि कार्पेट निर्यात गर्ने कार्गो कम्पनिमा हात हाले । जब भाइ हेमराजले पनि एसएलसी दिए, उनलाई पनि सँगै काम गर्न काठमाडौ बोलाए ताकी दुवै दाजुभाईले मिलेर काम गरेर आमा र बहिनिलाई हेर्न सकिन्थ्यो ।

र त्यहाँबाट यसरी दुइ दाजुभाईले एक अर्कालाई साथ दिंदै अघि बढेको सम्बन्ध आज पर्यन्त जारी छ । उनीहरू जे छन् संयुक्तमा छन् । मिलेर काम गरेका छन् । दाजुभाइ मिल्नाले अझ बढी व्यवसाय विस्तार गर्न सहज भएको छ ।

भनिन्छ नि पैसाको मुख कालो हुन्छ, यसको एउटा उदाहरण भारतको मुकेश र अनिल अम्बानीकै देख्न सकिन्छ । तर यी दाजुभाइले त्यो कालो आफ्नो मनमा आउन कहिल्यै दिएनन । यो मानेमा चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल दाजु भाइ सबैको लागि प्रेरणा र उदाहरणीय बनेका छन् ।

08/09/2025
21/06/2025

दैलेखमा ठूलो मात्रामा पेट्रोलियम (ग्यासोलिन) भण्डार फेला परेको खबर आउँदा पनि जनस्तरमा खासै उत्साह देखिएको छैन। किन ? प्रश्न जायज छ। यसको पछाडि धेरै कारण हुन सक्छन् - केही मनोवैज्ञानिक, केही ऐतिहासिक, केही आर्थिक। हेउँ, सम्भावित कारणहरू :

१. सरकारप्रति विश्वासको संकट

जनतामा गहिरो अविश्वास छ - सरकारले भनेको कुरा अन्ततः पूरा हुँदैन भन्ने धारणा फैलिएको छ। अघिल्लो पटक पनि २०५० को दशकदेखि सुरु भएको तेल अन्वेषणका प्रयासहरू वर्षौंसम्म अलपत्र परे।
👉 "अब त पक्कै केही हुँदैन होला" भन्ने चिन्ता आज पनि जस्ताको तस्तै छ।

२. विगतका अनुभवहरूप्रति वितृष्णा

नेपालमा जे–जे महत्त्वपूर्ण स्रोत फेला पर्छन्, ती "राष्ट्रिय" होइन, ठेक्का–कमिशनको शिकार हुने गर्छन्।
👉 भूकम्पपछिको पुनर्निर्माण होस् वा मेलम्ची खानेपानी परियोजना - भ्रष्टाचार र लापरवाहीले जनतामा गहिरो निराशा जन्माएको छ।

३. विदेशी कम्पनीलाई ठेक्का दिइने डर

जनतामा शंका छ - सरकारले यसपटक पनि कुनै विदेशी कम्पनीलाई अत्यधिक लाभ दिनेगरी सम्झौता गरेर स्रोतहरू "बेच्ने"छ।
👉 "तेल निकाल्ने लाइसेन्स भारत, चीन वा अन्य कुनै शक्तिलाई दिइएला, तर नाफा उनीहरू लाने, हामी हेरेर बस्ने" भन्ने डर आम छ।

४. आर्थिक सम्भाव्यता (Economic Viability) अझै अस्पष्ट

तेल त छ भन्ने भनियो, तर त्यो कति गहिरोमा छ? निकाल्न कति खर्च लाग्छ? लगानी गर्ने स्रोत को?
👉 यस्ता गम्भीर प्रश्नहरूको स्पष्ट उत्तर नआएकाले उत्साहभन्दा बढी संशय भएको हो।

५. सार्वजनिक सहभागिता र पारदर्शिताको अभाव

नेपालमा यस्ता ठूला प्रकृतिका प्रोजेक्टहरू जनतासँग परामर्श नगरी, गोप्य सम्झौतामा गरिन्छन्।
👉 त्यसैले जनताले सोच्ने गर्छन् - "हामीलाई थाहा नदिइ केही चलिराखेको छ, फाइदा हामीलाई हुँदैन।"

६. प्राकृतिक स्रोतप्रतिको विश्वासको क्षय
नेपालले जलस्रोत, खानी, पर्यटक सम्भावनाजस्ता धेरै कुरा पाएको भए पनि, व्यावहारिक प्रयोगमा असफल भएको विगतले गर्दा जनताले अब 'स्रोत' सुनेरै उत्साहित हुने मानसिकता गुमाएका छन्।

हो, यी सबै कारण (विश्वासको अभाव, आर्थिक अस्पष्टता, राजनीतिक विफलता, विदेशी प्रभुत्वको डर, भ्रष्टाचारको सम्भावना) मिलेर नै आज हामी तेल भेटियो भन्ने समाचारमा पनि "वा! राम्रो!" भन्न सक्दैनौं।

तर, अब के गर्ने त?

हामीले सरकारलाई जिम्मेवार बनाउने, पारदर्शिता माग गर्ने र जनस्तरबाटै यस्तो परियोजनामा चासो दिनु आवश्यक छ - ताकि स्रोत होस्, तर लाभ पनि आमजनतालाई होस्।

तेलमाथि सरकारको कब्जा होस्, तर जनताको नजर पनि!

✍️ – विवेकशील नागरिकको प्रश्न

21/06/2025

नेपालमा बहुउपयोगी ड्रोनको विकास । समाचार: techpana.com/2025/151482

21/06/2025

खामेनीकै छोरा मोज्तबा पनि एक धर्मगुरू हुन्। तर सर्वोच्च नेता बन्नका लागि आयातोल्लाहले पठाएको तीन जनाको सूचीमा उ....

25/04/2025

मानसिक स्वास्थ्यबारे सर्बोच्चको ऐतिहासिक फैसला
मानसिक स्वास्थ्यको अवस्था भयावह बनिरहेको बेला न्यायाधीश हरि प्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासबाट सर्बोच्च अदालतले तीनै तहका सरकारले गर्नुपर्ने परिभाषित कामसहितको आदेश जारी गरको हो ।

पूर्ण समाचारका लागि क्लिक गर्नुहोस्: https://www.nepalpress.com/2025/04/25/587272/

आवाज सम्प्रेषण र भिडियो सम्पादनका निमित्त धन्यवाद! Harek News TV
28/03/2025

आवाज सम्प्रेषण र भिडियो सम्पादनका निमित्त धन्यवाद! Harek News TV

27/03/2025

आवाज सम्प्रेषणका लागि धन्यवाद!

पूरा भिडियो कमेन्टमा.

08/03/2025

मनोरोगीले ओकल्ने भनेकै यति न हुन्।
ज्ञा. शाहीको जुत्तामा समेत नसुहाउने अनुहार तपाईंको मिडियामा कसरि म्याच भयो!?...
प्रश्न छ, सुनाई दिनुस्। र विचार (आक्रमण/हतियार 🚫❌ निषेध)ले टेबुल खोज्न आउँछन् भने सम्पर्क गर्नुस् र बोलाउनुस्।

Address

Doti

Website

Alerts

Be the first to know and let us send you an email when Abishek saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share