Radio Nepal Regional Broadcasting Center, Dipayal

  • Home
  • Nepal
  • Doti
  • Radio Nepal Regional Broadcasting Center, Dipayal

Radio Nepal Regional Broadcasting Center, Dipayal Regional Broadcasting Center, Dipayal

27/07/2025

नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्व कार्यसमिति सदस्य तथा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत स्वर्गीय दीर्घ बहादुर खत्रीको असामयिक निधनले नेपाल पत्रकार महासंघ डोटी शाखा स्तब्ध र मर्माहत भएको छ ।

आज चौथो दिन नेपाल पत्रकार महासंघ डोटी शाखाको नेतृत्वमा पत्रकारहरूको टिम निवासमा पुगेर स्वर्गीय खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ । साथै ,शोकको यस घडीमा उहाँकी धर्मपत्नी र छोराछोरी सहित शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी उहाँको निवासमा पुगेर गहिरो समवेदना प्रकट गरेको छ ।

24/07/2025

महासंघका पूर्व जिल्ला कार्यसमिति सदस्य खत्रीको निधन : महासंघ स्तब्ध र मर्माहत

मिति: २०८२/०४/८ गते

नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्व कार्यसमिति सदस्य तथा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत दीर्घ बहादुर खत्रीको यही साउन ८ गते असामयिक निधन भएको दु:खद खबरले नेपाल पत्रकार महासंघ डोटी शाखा स्तब्ध र मर्माहत भएको छ ।

जोरायल गाउँपालिका -४ लक्ष्मीनगर चुचुनढुङ्गा डोटी घर भइ हाल रेडियो नेपाल दिपायलमा कार्यरत ४१ बर्षीय खत्री करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो ‌। उहाँले डाेटेली आवाज, रेडियो शैलेश्वरी एफएममा लगायतमा काम गर्नु भएको थियो ।

उहाँको निधनले डोटेली पत्रकारिता जगतले एक योग्य ,अनुभवी र कुशल ब्यक्ति गुमाएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पुर्‍याउनु भएको योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहनेछ । स्वर्गीय खत्रीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय खत्रीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै ,शाेकको यस घडीमा उहाँकी धर्मपत्नि र छोराछोरी सहित शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी गहिरो समवेदना प्रकट गर्दछौँ ।

Address

Dipayal
Doti
00977

Alerts

Be the first to know and let us send you an email when Radio Nepal Regional Broadcasting Center, Dipayal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share