Fastkhabaronline

Fastkhabaronline समाचार ,सूचना ,संगीत ,मनोरंजन सबै एकै साथ ? फास्टखबर अनलाईन

06/09/2026

नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा “१०औँ नवलपुर जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३” मा बोल्दै गैडाकोट वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले महिला हिंसा विरुद्ध तेक्वान्डोमा सिकेको किकलाई सदुपयोग गर्न आग्रह गर्नुभएको छ।

06/09/2026

श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैडाकोट ६,७ र ९ ले आर्थिक वर्ष ८३/८४ को वार्षिक योजना तर्जुमा गोष्ठी कार्यक्रम गरेको छ।

गैंडाकोट नगरपालिका वडा नम्वर ६, स्थित नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ २...
06/09/2026

गैंडाकोट नगरपालिका वडा नम्वर ६, स्थित नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरेको छ। बाढीबाट प्रभावित भएकाहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सस्थाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।

नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा “१०औँ नवलपुर जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३” गैंडाकोटमा शुरु ...
06/09/2026

नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा “१०औँ नवलपुर जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३” गैंडाकोटमा शुरु भएको छ।

श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैडाकोट ६,७ र ९ ले आर्थिक वर्ष ८३/८४ को वार्षिक योजना तर्जुमा गोष्ठी कार्यक्रम ग...
06/09/2026

श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैडाकोट ६,७ र ९ ले आर्थिक वर्ष ८३/८४ को वार्षिक योजना तर्जुमा गोष्ठी कार्यक्रम गरेको छ।

गैंडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्नगैँडाकोट । नवलपुरको गैँडाकोटमा संस्थागत नीति तथा ...
05/09/2026

गैंडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

गैँडाकोट । नवलपुरको गैँडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी एकदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको असुली तथा अनुगमन विभागअन्तर्गत अनुगमन कार्यालय गैँडाकोटको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिममा गैँडाकोट क्षेत्रका पाँचवटा शाखाका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिममा संस्थाको नीति तथा कार्यक्षेत्र, कर्जा तथा बचत, असुली प्रक्रिया, ग्राहक संरक्षण, सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्र बैंकका निर्देशनलगायतका विषयमा छलफल गरिएको थियो ।

यस्तै, निष्क्रिय समूहलाई सक्रिय बनाउने रणनीति, सङ्कलन प्रणाली तथा कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा समेत सहभागीलाई जानकारी गराइएको थियो । तालिममा समूहगत छलफल, प्रस्तुतीकरण तथा व्यावहारिक अभ्यासमार्फत सहभागीलाई विषयवस्तुमा थप स्पष्ट पार्ने प्रयास गरिएको थियो ।

तालिमको अध्यक्षता संस्थाको आन्तरिक लेखा विभाग प्रमुख दीपक न्यौपानेले गर्नुभएको थियो भने प्रशिक्षण अनुगमन अधिकृत विजयकुमार बोगटीले प्रशिक्षण दिनुभएको थियो ।

आयोजकका अनुसार तालिमले कर्मचारीहरूको संस्थागत नीति तथा अनुपालना सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै कर्जा तथा असुली प्रक्रियालाई प्रभावकारी बनाउन र दैनिक कार्यसम्पादनमा थप सुधार ल्याउन सहयोग पुगेको छ ।

05/09/2026

भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल-चीन सीमा क्षेत्रमा भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेको थियो। निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको झण्डा फहराइएको छ।

गैंडाकोटमा ‘१०औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप हुँदै भदौ २० गैंडाकोट। नवलपुर जिल्ला तेक्वान्दो संघको आयोज...
05/09/2026

गैंडाकोटमा ‘१०औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप हुँदै

भदौ २० गैंडाकोट। नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा “१०औँ नवलपुर जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३” गैंडाकोटमा हुने भएको छ।
महिला तेक्वान्दो खेलाडीहरूलाई हौसला प्रदान गर्न र खेलप्रति रुचि जगाउनको लागि यही भाद्र २१ गते आइतबार बिहान ७:०० बजे देखि गैंडाकोट–२ स्थित मानसरोवर होटल एण्ड ब्याङ्क्वेटमा प्रतियोगिता हुने भएको हो।
नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष भूमिश्वर भुसाल का अनुसार प्रतियोगिता संघको वार्षिक कार्यक्रम अन्तर्गत महिला तेक्वान्दो खेलको विकास, महिला खेलाडीहरूको सहभागिता विस्तार तथा खेलमार्फत महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगितामा नवलपुर जिल्लाभरका विभिन्न डोजाङका महिला खेलाडीहरूले विश्व तेक्वान्दो (WT) का नियमअनुसार १६ वटा तौल समूहमा करिब १५० जनाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा महिला प्रशिक्षक, अफिसियल तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि सम्पूर्ण खेलाडी, अभिभावक, खेलप्रेमी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई प्रतियोगितामा उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले अनुरोध गरेको छ।

05/09/2026

बेत्रावतिमा पुरिएको घरबाट एक महिलालाई सशस्त्र प्रहरी द्वारा सकुशल उद्धार गरिएको छ ।

05/09/2026

चाइनिज नागरिकको आज उद्धार गरिएको छ।

Address

Gaindakot
Gaindakanda

Alerts

Be the first to know and let us send you an email when Fastkhabaronline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fastkhabaronline:

Shortcuts

Share